bishnu@blog

Jun
06

BN° 033

प्रत्येक निर्णयहरु वाध्यात्मक हुन्छन् !

“अचम्मको कुरा त भारत स्वतन्त्र भएपनि मेले त्यहाँका मान्छेलाई स्वतन्त्र देखिन“ । अझ स्वतन्त्र देखिनं स्वास्नीमानिसहरु ! लाग्यो, देश स्वतन्त्र हुनुभन्दा धेरै गाह्रो कुरा हो व्यक्ति स्वतन्त्र हुनु ! एउटा महान् क्रान्तिकारीको नेतृत्वमा लामो र ठूलो संघर्षपछि देश स्वतन्त्र हुन्छ । तर, जिन्दगीभरको अन्तरसंघर्षमा स्वयम् त्यो क्रान्तिको नेतृत्व गर्ने व्यक्ति नै आफु स्वतन्त्र हुन सक्तैन । मलाई लाग्छ, गान्धिको नेतृत्वले भारत स्वतन्त्र गरायो । तर, स्वयम् व्यक्ति गान्धि नै स्वतन्त्र नभई स्वतन्त्र भए ।

लाग्यो, मान्छे स्वतन्त्र हुन सक्तैन । उ आफैं जीवनको अस्वतन्त्रता भोग्न मात्र स्वतन्त्र छ ।”

Read More…

Posted in Personal Thoughts | No Comments »

Jun
03

BN° 032

खै, कुन दिनलाई ‘वर्थ डे’मानौं ?!

इस्वी र वि.सं मा तारिख र गते वीच वेला वेलामा लुकामारी भइरहन्छ । यो सालको गतेमा परेको तारिख अर्को साल एक दिन अघि हो की पछि परिदिन्छ । वार समेत ठ्याक्कै मिल्ने कुरा त झन पर कै भयो । त्यसैपनि आमा–बा हिन्दु भएका सन्तानहरुले मनाउने नै हो भने पनि ३ चोटी जन्म दिन मनाउने मौका पाउंछन्– तिथि अनुसार, गते अनुसार र अहिले खगोलिकरण भएकोले तारिख अनुसार ! कुनै कुनै वर्ष गते र तारिख एकै ठाउमा खप्टियो भने पनि तिथि चा“हि उछिटिन्छ, उछिटिन्छ ! यो साल भयो त्यस्तै! मैले सच्याएको मिति अनुरुप धेरैले मलाई मे २९ को लेखा पारेर ‘वीस’ गर्नु भयो । एकजना फेसबुक मित्रले त यस्तो लेख्नु भयो– ‘गणतन्त्र र तपाईको जन्म पर्याय जस्ता रहेछन् । ह्याप्पी वर्थ डे …!’ कसरी भनौं– जसरी जन्म च्वाईस हुंदैन, यो पनि च्वाइस हैन वाइ–कोइन्सिडेन्ट हो ! हेर्नु होला अर्को साल गणतन्त्र दिवस र मेरो जन्म दिन फाटिन्छ– फाटिन्छ ! सरकारले नै भनिसक्यो राष्ट्रिय दिवस, गणतन्त्र दिवस र त्यो– तारिख मा मे २८, गतेमा जेठ १५ !! Read More…

Posted in Personal Thoughts | No Comments »

May
13

BN° 031

“मलाई लाग्छ, देवताहरु पनि तानाशाही भए । जे मन लाग्छ त्यही गर्ने भए । अब देवताविरूद्ध पनि आन्दोलन गर्नुपर्छ । देवताहरु पनि अब परिवर्तन गर्नुपर्छ । प्राणीको भावना नवुझ्ने अहिलेका सबै देवताहरु अवकाश हुनुपर्छ । अहिलेको यमराजको त तुरून्तै मृत्यु हुनुपर्छ । यिनिहरूको कार्यकाल राम्रो भएन । पापीहरूलाई मात्र फलिफाप भयो । तस्कर, कालाबजारिया, भ्रष्टचारीको मात्रै राज भयो, देवताहरु यिनीहरूसंगै बिकेका छन् । मान्छेले राम्राराम्रा मन्दिर बनाईदिएका छन् । थुप्रोका थुप्रो भेटी चढाइदिएका छन् । लाखौं हज़ारौं वर्षदेखि यी देवताहरु सत्तामा बसेका छन् । त्यसैले यिनिहरूमा उन्माद चढेको छ । माया, ममता, करुणा भन्ने यिनिहरूमा केही छैन । अव यी देवताहरुलाई परिवर्तन गर्नुपर्छ । युवा र स्वच्छ छवि भएका देवताहरु खोज्नुपर्छ ।”

 

‘चिना हराएको मान्छे’ को पहिलो १० पेज पढ्दा मलाई पट्यार लाग्यो र ओछयानमा फ्याँकी दिए । भोलीपल्ट  २०९ पेजवाट पढ्न थालें- अलि चाख लाग्यो । त्यसपछि मैले ‘ब्याक-गियर’ लगाएर पढ्न थालें- क्रमश: २०४, २००, १९६ का च्याप्टर! केही घण्टामा मैले २२० पेज सकें र फेरी निरन्तर पढ्दै गएँ । २६९ पेजमा उल्लेखित-“अब मलाई ‘भगवान’ छैनन् भन्ने लागेको छ । यदी रहेछन् भने, हामीलाई रैती मान्ने । उनीहरु जमिन्दार रहेछन्, हामी कमैया । मलाई अव भगवानसंग ठुलो रिस छ ।मैले भगवानसंग वदला लिने कल्पना गरें ” देखिको माथिको अंश मलाई घत परेका हरफ मध्येको हो । फरक प्रसंगमा व्यक्त गरिएका भएपनि यी भावनाहरू, ‘मह-जोडी’का प्रहसनमा प्रस्तुत हुने विविध अर्थ लाग्ने ‘डाईलग’ जस्तै मलाई लाग्यो । १० पेज पढ्दा ‘झ्याऊ’ लागेको पुस्तक पढ्दै जाँदा ठाँउ-ठाँउमा आँसु नै आउने गरी म एक्लै हांसे, भने कतिठाँउमा मन वोझिलो भयो । हरिवंश जति चर्चित छन्, उनको जीवन पनि ‘घटनापुर्ण’ रहेछ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउंमा हरिवंश केही पात्रहरुप्रति अलि बढी प्रभावित भएको जस्तो पनि लाग्यो, केही प्रसंगमा यिनले यो–यो पात्रलाई चर्चा गरेको भए राम्रो हुने थियो भन्ने पनि लाग्यो । Read More…

Posted in Personal Thoughts | No Comments »