bishnu@blog

Sep
20

BN° 026

तपाई हामी सबैलाई थाहा छ, डा भट्ट्राईको टीममा उनि र परिक्षण हुन बाँकी केहि व्यक्ति बाहेक अधिकांस ‘खली खाएका’ गजेटेड भ्रष्ट्राचारीहरु छन । के गर्दा पैसा बन्छ, त्यसको ‘भुगोल, ईतिहास’ यिनिहरुलाइ कन्ठै छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक सवारी साधान ‘मुस्ताङ्ग म्याक्स’ घोषणा गरेपछि शुरु भएको तरङ्ग अझै थामिएको छैन । विभिन्न व्यक्तिले यसलाई फरक फरक तरीकाले टिप्पणी गरे । कसैले यसलाई ‘स्वाङ्ग’ र ‘ढोङ्ग’को रुपमा चर्चा गर्न खोजे भने कोहीले यस्तो टिप्पणी गर्नेहरुको ‘जिव्रो थुतुँला’ जस्तो समेत गरे । निराशाको कालो बादल लागि रहेको वेला सानो भन्दा सानो कामबाट पनि जनतामा आसा जगाउन सकिन्छ भने यसलाई नकारात्मक टिप्पणी गरिरहनु आवस्यक छैन, समर्थन नै गर्नु पर्छ । प्रधानमन्त्री जीको सपथ ग्रहणको दिन ‘मुस्ताङ्ग म्याक्स’संगै सभासदलाई राखेर फोटो खिच्ने सायद म मात्रै थिएँ, यसको कारण जनतालाई स्वाद लागेको कुरामा जनताका प्रतिनिधिहिरुले ‘सेलिव्रेट’ गर्न कञ्जुस्याँई गर्नु हुन्न भन्ने हो ।

तर जे कुरा पनि अति भयो भने खति हुन्छ । प्रधानमन्त्रीका टीमका केही मानिसहरुले यसलाई ‘लोक रिझांई’को ‘तुरुप’ बनाउन खोजे जस्तो महसुस हुँदैछ । Read More…

Posted in Personal Thoughts | No Comments »

Sep
10

BN° 025

हाम्रा नेताहरु, मन्त्रीहरु र हाकिमहरु कुर्सीको पछाडी किन टावेल राख्छन? यो प्रस्न संगै मैले एउटा किस्सा सम्झीए.

घटना ४/५ बर्ष अघिको हो . राष्ट्र बैंकले नेपाल बैंक सुधारका लागि म्यानेजमेन्ट विदेशीलाई ठेक्कामा दियो . नेपाली जुनियरहरुले अंग्रेजी हाकिमलाई खुसि पार्न नया कुर्सि किने र कुर्सीमाथी दामी टावेल हाली दिए . चलनै यस्तै थियो, त्यसैले त्यहि गरे. अमेरिकन हाकिम आयो, दाँया- बाँया हेर्यो . सबै हाकिमका कुर्सि उस्तै, आफ्नो त झन् टावेल अझै चम्किलो !

उसले कुरो बुझेन र आफ्नो सहायकलाइ सोध्यो- “किन तिमेरु बिहान नुहाउदैनौ ? सुइमिंग गर्दैनौ?”

सहायकले हाकिमको कुरो बुझेन र  सोध्यो- ‘ह्वाई आर यु आस्किंग दिस सर ?’

हाकिमले सरल उत्तर दियो- “सुन डियर,  सुइमिंगमा नजाने भए किन मेरो चिएरमा टावेल राखिदिएको त ?! आइ डन्ट निड टावेल एंड आइ डन्ट स्विम इन अफिस टाएम!”

मलाइ पनि पार्टी वा नेपाली संगठनका कार्यालयहरुमा पदाधिकारी र हाकिमहरुको कुर्सि छोपेर नयाँ ‘गम्छा’ राखेको देख्दा सिकसिको लागेर आउछ . हात धुन र पुछ्न राखेको होला भानु भने ती चिज त बाथरूममा नै राख्नु पर्ने हो! कुर्सीमा तन्ना ओछ्याए जस्तो त नगर्नु पर्ने नी?!

यो ‘कल्चर’ कसले थालेछ र किन? मेरो यो जिज्ञासामा एकजना मित्रले यस्तो कथा सुनाउनु  भयो-

“घटना ब्रिटेनले भारतलाइ उपनिवेस बनाएपछी को हो. भारत कब्जापछी एकजना ब्रिटिस अफिसर पुराना रजौटाको अफिसमा पसेछ . अफिसको कुर्सीमा बस्नै लाग्दा उसलाई “डर्टी इन्डियन” को फिलिंग झल्यास सम्झना भएछ . अनि उसले छि: छि: भन्दै आफ्नो धुपौरेलाई हकारेछ-“के हि त गर, मैले बस्न लाएक त बनाओ न यो कुर्सि लाई !!”

उसको चम्चाले कुर्सीमाथि टावेल हाली दिंदै भनेछ – सर, इट इज अल राइट नाउ…’

परम्परा यसरि चल्यो, अंग्रेजले  भारतमा रहुन्जेल कुर्सीमा टावेल हालेरै राज गरे रे ! सन् १९४७ मा अंग्रेजले भारत छाडे .

भारतमा भारतीयकै सासन सुरु भयो, तर कुर्सिमाथी गम्छा राख्ने अंग्रेजी चलन हटेन, उनीहरुले यसलाई “हाकिम हुनुको सान” ठाने . Read More…

Posted in Personal Thoughts | 2 Comments »