हाम्रा नेताहरु, मन्त्रीहरु र हाकिमहरु कुर्सीको पछाडी किन टावेल राख्छन? यो प्रस्न संगै मैले एउटा किस्सा सम्झीए.
घटना ४/५ बर्ष अघिको हो . राष्ट्र बैंकले नेपाल बैंक सुधारका लागि म्यानेजमेन्ट विदेशीलाई ठेक्कामा दियो . नेपाली जुनियरहरुले अंग्रेजी हाकिमलाई खुसि पार्न नया कुर्सि किने र कुर्सीमाथी दामी टावेल हाली दिए . चलनै यस्तै थियो, त्यसैले त्यहि गरे. अमेरिकन हाकिम आयो, दाँया- बाँया हेर्यो . सबै हाकिमका कुर्सि उस्तै, आफ्नो त झन् टावेल अझै चम्किलो !
उसले कुरो बुझेन र आफ्नो सहायकलाइ सोध्यो- “किन तिमेरु बिहान नुहाउदैनौ ? सुइमिंग गर्दैनौ?”
सहायकले हाकिमको कुरो बुझेन र सोध्यो- ‘ह्वाई आर यु आस्किंग दिस सर ?’
हाकिमले सरल उत्तर दियो- “सुन डियर, सुइमिंगमा नजाने भए किन मेरो चिएरमा टावेल राखिदिएको त ?! आइ डन्ट निड टावेल एंड आइ डन्ट स्विम इन अफिस टाएम!”
मलाइ पनि पार्टी वा नेपाली संगठनका कार्यालयहरुमा पदाधिकारी र हाकिमहरुको कुर्सि छोपेर नयाँ ‘गम्छा’ राखेको देख्दा सिकसिको लागेर आउछ . हात धुन र पुछ्न राखेको होला भानु भने ती चिज त बाथरूममा नै राख्नु पर्ने हो! कुर्सीमा तन्ना ओछ्याए जस्तो त नगर्नु पर्ने नी?!
यो ‘कल्चर’ कसले थालेछ र किन? मेरो यो जिज्ञासामा एकजना मित्रले यस्तो कथा सुनाउनु भयो-
“घटना ब्रिटेनले भारतलाइ उपनिवेस बनाएपछी को हो. भारत कब्जापछी एकजना ब्रिटिस अफिसर पुराना रजौटाको अफिसमा पसेछ . अफिसको कुर्सीमा बस्नै लाग्दा उसलाई “डर्टी इन्डियन” को फिलिंग झल्यास सम्झना भएछ . अनि उसले छि: छि: भन्दै आफ्नो धुपौरेलाई हकारेछ-“के हि त गर, मैले बस्न लाएक त बनाओ न यो कुर्सि लाई !!”
उसको चम्चाले कुर्सीमाथि टावेल हाली दिंदै भनेछ – सर, इट इज अल राइट नाउ…’
परम्परा यसरि चल्यो, अंग्रेजले भारतमा रहुन्जेल कुर्सीमा टावेल हालेरै राज गरे रे ! सन् १९४७ मा अंग्रेजले भारत छाडे .
भारतमा भारतीयकै सासन सुरु भयो, तर कुर्सिमाथी गम्छा राख्ने अंग्रेजी चलन हटेन, उनीहरुले यसलाई “हाकिम हुनुको सान” ठाने .
हामी नेपाली त स्वतन्त्र देसका मानिस, हरेक कुरा आफ्नै चलाउन चाहने ! तर यो भारतले अंग्रेजबाट ‘विरासत’मा पाएको वाहियात चलन पंचायती हुन् वा बहुदलीय या अहिलेका गणतन्त्रवादी – सबैले किन जारि राखेका होलान?
अरु त अरु भै गए, मितव्ययको ‘पर्याय’ बन्न खोज्ने डा. भट्टराईले समेत उनको कार्यालयको होस् वा पत्रकार सम्मेलनमा बस्ने कुर्सि, त्यसलाई टावेलले किन छोपेको होला ?!
यसको उत्तर कसले देला मा बिचरालाई !!!
Comments :
Leave a comment
very very good and thoughtful article comrade..You are the only hope among our rotten first generation UML leaders…
Comment by Nishan Karkee — September 11, 2011 @ 5:56 am
I had been going through the same curiosity, however, ‘the towel in the chair’ history was really enlightening. Really enjoyed the post
Comment by Bhoomika — December 8, 2011 @ 7:34 pm