अत्याचारीहरु मर्दा उसको शासनको अन्त्य हुन्छ; शहीद मरेपछि उसको शासन शुरु हुन्छ ।
“The tyrant dies and his rule is over, the martyr dies and his rule begins.” – सोरेन किर्केगार्ड
आज शहीद दिवस! कसरी सम्झौ हामी नेपाल आमाका ती महान सन्तानलाई? यो प्रश्नले मलाई आज विहानैबाट विथोली रह्यो । दिउसो बाबुराम सरकारको सर्वसत्तावादको विरोध गर्दै आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगें । त्यसपछि पनि खसखस लागि रह्यो । मानिसहरु कसरी शहीदलाई स्मरण गर्दा हुन्? मैले केही कोटेशन खोजें । केही स्वाद लागेकालाई जवरजस्ती नेपाली बनाए । केही चांही यत्ति कै अङ्ग्रेजीमा राखें ।
“Oh Lion in a peculiar guise,
Sharp Roman road to Paradise,
Come eat me up, I’ll pay thy toll
With all my flesh, and keep my soul.”
हाम्रा महान शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेर मन लागेमा लौ हेनुहोस्– Read More…
“उ सुनि हाल्नु भो नी, विसौं शताब्दीकाहरु त्याग गर्थे, हामी २१ औं वालाहरु जे पायो त्यही लुंड्याउँछौं । कम्युनिस्ट नाम गरेको एउटो पार्टी सरकारमा छ, त्यसले वित्यास पारी सक्यो । वामपन्थी नामले के गर्छ, त्यसलाई सरकारबाट नखदेडी उन्नती हुनेवाला छैन!!!”
“मेरो बुबा, मेरो पिता मात्रै हुनुहुन्थ्यो– उहाँ मेरो पहिलो गुरु र मानवीय मूल्यको व्याख्याता पनि हुनुहुन्थ्यो । त्यतीखेरको विषम परिस्थितिमा बर्माबाट खेदिंदा उहाँले परिवारका सबै सदस्यलाई बोकी–बोकी सुरक्षित नेपाल ल्याई पुर्याउनु भयो । हामीलाई हुर्काउनु भयो, हामीलाई अनि उहाँका सबै भाई-बहिनीहरुलाई असल शिक्षा दिनु भयो र आफुभन्दा उच्च पदमा पुग्न सक्ने बनाउनु भयो ।
झण्डै ४ वर्ष अघि उहाँ विरामी हुनुभयो । काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पार्टी– नेकपा (एमाले)का वरिष्ट नेता कमरेड माधव नेपाल भेट्न आउनुभयो, कमरेड माधव त्यतिखेर मुलुकको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । दुर्भाग्यवस म त्यो समय अस्पतालमा थिइन । केही बेरको भलाकुसारी पछि प्रमज्यूले बुबालाई कुरी रहेका मेरा भाईलाई भन्नु भएछ– ‘तपाईको बुबाले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको छ । बिरामी भएको बेला उहाँको उपचारमा कुनै कमी नरहोस्, खर्चको अभावमा उपचार नहुने अवस्था नआओस् । म छु, हाम्रो पार्टी छ– के चाहिन्छ, विना संकोच खवर गर्नुहोला । म व्यवस्था गर्छु …।’ Read More…