bishnu@blog

Jun
03

BN° 032

खै, कुन दिनलाई ‘वर्थ डे’मानौं ?!

इस्वी र वि.सं मा तारिख र गते वीच वेला वेलामा लुकामारी भइरहन्छ । यो सालको गतेमा परेको तारिख अर्को साल एक दिन अघि हो की पछि परिदिन्छ । वार समेत ठ्याक्कै मिल्ने कुरा त झन पर कै भयो । त्यसैपनि आमा–बा हिन्दु भएका सन्तानहरुले मनाउने नै हो भने पनि ३ चोटी जन्म दिन मनाउने मौका पाउंछन्– तिथि अनुसार, गते अनुसार र अहिले खगोलिकरण भएकोले तारिख अनुसार ! कुनै कुनै वर्ष गते र तारिख एकै ठाउमा खप्टियो भने पनि तिथि चा“हि उछिटिन्छ, उछिटिन्छ ! यो साल भयो त्यस्तै! मैले सच्याएको मिति अनुरुप धेरैले मलाई मे २९ को लेखा पारेर ‘वीस’ गर्नु भयो । एकजना फेसबुक मित्रले त यस्तो लेख्नु भयो– ‘गणतन्त्र र तपाईको जन्म पर्याय जस्ता रहेछन् । ह्याप्पी वर्थ डे …!’ कसरी भनौं– जसरी जन्म च्वाईस हुंदैन, यो पनि च्वाइस हैन वाइ–कोइन्सिडेन्ट हो ! हेर्नु होला अर्को साल गणतन्त्र दिवस र मेरो जन्म दिन फाटिन्छ– फाटिन्छ ! सरकारले नै भनिसक्यो राष्ट्रिय दिवस, गणतन्त्र दिवस र त्यो– तारिख मा मे २८, गतेमा जेठ १५ !!

आफू जन्मेको दिन आफैंलाई थाहा हुने कुरा भएन, बा–आमाले जे भन्नु हुन्छ त्यही दिनलाई आप्mनो दिन मान्ने हो । हामी जन्मेको जमानामा पनि गा“ऊघरमा ‘वा’ हरु श्रीमती र छोरा–छोरीसंग कमै बोल्थे । मेरो पिताजी स्वभावैले अन्तरमुखि र लजालु हुनुहुन्थ्यो, त्यसैले म कहिले जन्मे मसंग उहा“ले भन्ने कुरै भएन । मेरी आमाले भन्नु हुन्थ्यो– मेरो जन्मबार बुधबार हो । दिन १६, महिना जेठ र साल दुई हजार उन्नाइस !

मेरो मामाघरको हजुरबा जिल्लामा कहलिए कै ज्योतिष–पण्डित हुनुहुन्थ्यो । उहा“को ट्याङ्कामा खै कति वर्ष अघि देखिको हो, जतनसाथ पट्याएको पात्रो चाङ का चाङ हुन्थ्यो । पछि पढ्न जान्ने भएपछि ‘पं. तोयानाथको पात्रो’ लेखेको गाता अझै सम्झन्छु । सबै पात्रो त्यही ब्राण्डका थिए की थिएनन् थाहा छैन, तर मलाई चाँहि अचेलभरी ‘ठण्डा माने कोकाकोला’ भने झैं, पात्रो भने पछि पं. तोयानाथ लेखेकै हुनुपर्ने रहेछ भन्ने पछिसम्म लागि रह्यो । जस्तो की साझा प्रकाशनका कितावको गातामा ‘मु ‘ लेखिएको हुन्छ, वनारसबाट छापिएका धेरै कितावमा पं. वावु माधवप्रसाद शर्मा वाराणसी कैण्ट लेखिएको पाइन्छ ।

तिनै हजुरबाले मेरो नौ कुण्डली भएको चिना बनाईदिनु भएको थियो, (त्यो अहिले पनि कतै होला) त्यसमा भने पक्कै पनि म जन्मेको मिति, तिथि, घडी–पला सबै लेखिएको हुनुपर्छπ तर त्यो चिना फुकाएर हेर्ने फुर्सद होस् कस्लाई?

म जान्ने भएदेखि कहिल्यै जन्म दिन मनाईएन । आस्तिक–हिन्दुहरु सायद तिथिका आधारमा जन्म दिन मनाउंछन्, म त्यो क्याटागोरीको परिन । ‘वर्थ डे’ कल्चरले मेरो हकमा प्रवेश पाएन, हाम्रा सन्तानहरुले मात्रै ‘ह्याप्पी वर्थ डे’ भन्न थालेका हुन् ।

हाम्रो समयमा १६ वर्ष नलागी एसएलसी दिन नपाइने भएकोले, दिन र महिना यथातव राखि त्रिशुली हाईस्कूलका हेडसर शारदामानले मेरो उमेर एक वर्ष बढाई दिनु भयो– त्यसपछि साल भयो उन्नाईसबाट २०१८ । विदेश जाने लेखा शुरु भएपछि पासपोर्ट बनाउने चक्कर शुरु भयो । हामी नेपालीमा साल, महिना र गते लेख्थ्यौं– परराष्ट्र मन्त्रालय ज्ञानी भएर त्यसलाई इस्वी सम्बत्मा आफैं रुपान्तर गरिदिन्थ्यो । यस अनुसार जेठ १६ लाई उसले बनाई दियो ‘मे ३०’ । फेसबुकको जमाना आएपछि दुनियाँले थाहा पाउने गरी जन्म मिति भर्चुअल वालमा पोष्ट गर्न थालियो । पहिले त मैले पनि परराष्ट्रले गरिदिएको रुपान्तर बमोजिम ‘मे ३०’ लाई नै जन्म मिति भनेर ठोकें (अहिले पनि मेरो पासपोर्टमा त्यही नै तारिख छ!)। तर पछि स्मार्ट फोनमा आइओस र एन्ड्रोइड अपरेटिङ सिस्टमको उपहार स्वरुप ‘हाम्रो पात्रो’ नाम गरेको एप्समा आफु जन्मिएको भनिएको ‘गते’लाई ‘तारिख’मा कन्भर्ट गर्दा रमिता देखियो । आमाले भन्नुभएको मिति अनुरुप वार मिलेन, परराष्ट्रले गरेको रुपान्तर अनुरुपको तारिख मिलेन! परेन आपत?!

मलाई उमेर सच्याई कतै जागिर खानु थिएन । जे हो त्यही लेख्नु राम्रो भन्ने मेरो मनले भन्यो । अनि मैले स्मार्ट फोन एप्सबाट २०१९/०२/१६ लाई कन्भर्ट गरें, नतिजा आयो – मेरो जन्म मिति रहेछ, नाइन्टीन सिक्स्टी टु (१९६२) मे ट्वाण्टी नाइन (२९) ट्युज्डे (मंगलवार)!!

तर ‘आमा–बा’भन्दा पनि ठ्याक्क डेट मिलाउन जान्ने कम्प्युटर र स्मार्ट फोनको अन्वेषणले पनि मेरो समस्या पूर्णतः हल भएन । त्यसको मार यो साल प¥यो ।

इस्वी र वि.सं मा तारिख र गते वीच वेला वेलामा लुकामारी भइरहन्छ । यो सालको गतेमा परेको तारिख अर्को साल एक दिन अघि हो की पछि परिदिन्छ । वार समेत ठ्याक्कै मिल्ने कुरा त झन पर कै भयो । त्यसैपनि आमा–बा हिन्दु भएका सन्तानहरुले मनाउने नै हो भने पनि ३ चोटी जन्म दिन मनाउने मौका पाउंछन्– तिथि अनुसार, गते अनुसार र अहिले खगोलिकरण भएकोले तारिख अनुसार ! कुनै कुनै वर्ष गते र तारिख एकै ठाउमा खप्टियो भने पनि तिथि चा“हि उछिटिन्छ, उछिटिन्छ ! यो साल भयो त्यस्तै! मैले सच्याएको मिति अनुरुप धेरैले मलाई मे २९ को लेखा पारेर ‘वीस’ गर्नु भयो । एकजना फेसबुक मित्रले त यस्तो लेख्नु भयो– ‘गणतन्त्र र तपाईको जन्म पर्याय जस्ता रहेछन् । ह्याप्पी वर्थ डे …!’ कसरी भनौं– जसरी जन्म च्वाईस हुंदैन, यो पनि च्वाइस हैन वाइ–कोइन्सिडेन्ट हो ! हेर्नु होला अर्को साल गणतन्त्र दिवस र मेरो जन्म दिन फाटिन्छ– फाटिन्छ ! सरकारले नै भनिसक्यो राष्ट्रिय दिवस, गणतन्त्र दिवस र त्यो– तारिख मा मे २८, गतेमा जेठ १५ !!

र, यी दुवै मेरा दिन हैनन्, ‘जेठ’ भन्ने हो भने १६ हो, ‘मे’ भन्ने हो भने २९!!

त्यसै भएर यो पटक सबै झुक्किए– फेसबुक साथीहरुले मे २९ मा वीस गरे, (परराष्ट्र मन्त्रालय अटेर छ है, त्यसले मे ३० मै अड्डि लिइ रहेको छ) र मेरा छोरा–छोरी, जेठ १६ मा देखा परे !

तर जे भए पनि यो सालको जन्म दिन मेरा लागि भने गजब्ब कै रह्यो । मे २९ का दिन जति बेला फेसबुक फ्रेण्डस्हरु वीस गर्दै मेरो वालमा मेसेज पोष्ट गर्दे हुनुहुन्थ्यो, थाइल्याण्डको राजधानी बैंककमा म संयुक्त राष्ट्रसंघको आर्थिक–सामाजिक संस्था एस्क्याप सहित ६ वटा अन्तर्राष्ट्रिय एजेन्सीहरुले आयोजना गरेको युन जनरल एसेम्ब्लीकोलागि अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धि सुझाव तयार पार्ने एशिया प्रशान्त क्षेत्रीय उच्चस्तरीय सम्बादमा स्रोत व्यक्तिको रुपमा सम्बोधन गर्दै थिएं । लञ्चको समयमा निर्माण श्रमिकहरुको ग्लोवल यूनियन फेडेरेसन– विडव्लुआईका महाससचिव एम्बेटको निमन्त्रणामा क्राउन किचेन रेष्टुरा“मा मित्रहरु डा. राजीव तथा टोस सहित सरप्राइज लञ्चमा सामेल भएं । मैले कल्पना पनि गरेको थिइन, कुनै दिन, कोही विदेशी मित्रले मेरो जन्म दिनको शुभकामना दिन बैंककमा लञ्चको आयोजना गर्नेछन् ! वीस गर्ने छन्, फोटो खिच्ने छन् र त्यसलाई ५ हजार भन्दा ज्यादा साथीहरुले थाहा पाउने गरि ट्याग गर्ने छन् ! मैले सपनामा पनि चिताएको थिइन, त्यो सांझ, डा. गोपाल शिवाकोटी र म बैंककको चल्तीको डिपार्टमेन्टल स्टोर– एमविकेको साधारण ‘म्याक डोनाल्ड’मा रात्री भोजनको गुजार चलाई रहेका वेला उहाँ की जीवन साथी सिर्जनाले वेलायतदेखि फोन गरि मलाई जन्म दिनको वीस गर्नु हुनेछ ! १६ गते त मेरै थियो, फोन र ट्याव्लेटमा आएको प्राविधिक समस्याका वावजुद उज्यालो हुने वित्ति कै मेरो परिवारको तर्फबाट मलाई मिस गर्दै छोरीले वीस गरिन् ! ! म घरमा नहुनुमा मलाई भन्दा मेरी सानी छोरीलाई ज्यादा तोड परेको प्रतित हुन्थ्यो– उनको चलन नै भइसकेको थियो, आप्mनै हातले बनाएको ग्रिटिंग्स कार्ड सहित उज्यलो नहुंदै ओछ्यानमा आएर ह्याप्पी वर्थ डे वावा भन्दै सरप्राईज दिने !!!

केही साथीहरु साह्रै नै भावनात्मक रुपमा प्रस्तुत हुनुभयो– मोहन आचार्य जलदले आवाजमा नै शुभकामना पोष्ट गर्नु भयो, माधव अर्यालले फोटो सहितको कार्ड पठाउनु भयो । पार्टीमा म भन्दा सिनियर कमरेड त्रिलोचन ढकालले नेट–वेष्ड कार्ड सहति वीस गर्नु भयो । यसप्रकारको कार्ड, डा सरिता लगायत थुप्रै साथीहरुले पठाउनु भयो । फेसबुकको भित्तामा ४०० भन्दा धेरै साथीहरुले वीस गर्नु भयो, सर्ट मेसेज र फेसबुक मेसेज पठाउने साथीहरुको संख्या पनि उल्लेखनीय रह्यो । स्वदेशी र विदेशी साथीहरु, कसैले पुराना फोटो पठाएर त कसैले शुरुमा भेट हुंदाको समयको याद आउने संकेत गरेर,  सबैले रचनात्मक ढंगले म प्रति हार्दिकता दर्शाउनु भयो ।

मलाई लाग्छ, जीवनमा कमाउने भनेकै मित्रहरु रहेछ ! ५ हजार माथि फेसबुकमा जोडिनु भएका, केही ट्वीटरमार्फत पोखिनु भएका, केही मोवाइल मार्फत सम्पर्कमा रहनु भएका सबैले मलाई आप्mनै परिवारको सदस्यले जस्तै चासो देखाउनु भयो, वीस गर्नु भयो! मेरो खुशी र दिघार्युको कामना गर्नु भयो !!

आभारी छु, र सबैलाई एकमुष्ट धन्यवाद टक्र्यांउछु ! कम्तिमा पनि यो विष्णु रिमाल ‘खरावै चाँहि हैन’ भन्ने ठानेर न यति माया गर्नु भयो होला ?!

मित्रहरु, तपाईहरुको विश्वासमा आंच आउन नदिन सदा सचेत रहने छु ।

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment