bishnu@blog

Jul
22

BN° 015

मेरो संझनामा डरलाग्दो दशैं-तिहार !

२०५६ सालको भाइटिकाको त्यो दिन । म दक्षिण अफि्काबाट सहकर्मी बिन्दा पाण्डेसंगै फर्किदै थिएं । हाम्रो टिकेटिङ्ग सुखले नै गरेको थियो र हामीले उसको बारेमा लामै कुरा गरेका थियौं । जहाजबाट ओर्लनासाथ जिफन्टका तत्कालिन कोषाध्यक्ष  विनोद जी, हामीलाई स्वागत गर्न आउनु भएको थियो । हालखवर के छ भन्ने हाम्रो प्रश्नको उहाँले ‘आज सुख वित्यो पार्थिव शरीर घरमा छ उतै पहिले जाअौ’ भनेर जवाफ दिनु भएको थियो ।

सुख मेरो स्कूले साथी हो । त्रिशूलीको हाइस्कूलमा हामीले संगै पढ्यौ र कलेजको समयमा हाम्रा विषय फरक-फरक भए पनि हामी संगै बस्यौं । मेरो डेरा सुखको पुूपुको घरमा थियो उ भने आपुनै घर हुदाहुँदै पनि हाम्रो डेरा भएकै घरमा हामी संगै बस्थ्यो । हाम्रो यही दोस्तानाका कारण उ मेरो परिवारसंग परिचित थियो र म उसको । म सुखका आफन्तहरुलाई उसले जे सम्बोधन गथ्र्यो त्यही सम्बोधन गर्थें यसरी म सानो छँदा देखि नै आदरणीय धर्मरत्न मेरालागि बुबा हुनु भयो भने सुखको आमा आमा ।

२०६३ सालको दशै नकारात्मक रुपमा मेरो लागि अविस्मरणीय हुन पुग्यो । मलाई धर्मरत्न बा तथा आमाले एक हप्ता अगाडिदेखि नै भेटको लागि बोलाउनु भएको थियो ‘एक चोटी आऊ न सल्लाह पनि छ नियास्रो पनि लागि रहेको छ ‘ मैलै सदा झैं ”हुन्छ” भने तर यस्तो ”हुन्छ” धेरै चोटी भनेर पनि मैले आफ्ननो बोली पुरा गर्न सकेको थिइन । खास गरी सुखको असामयिक निधन पछि ‘मसंगको भेटले कतै सुखको संझना आई उहाँहरुलाई थप पीडा हुने त हैन” भन्ने सोचले गर्दा मलाई उहाँहरुसंग फोनमा कुरा गर्न समेत असाध्यै हिचकिचाहट हुने गरेको थियो । फेरी म आपुनै सुसेधन्दाको कारण हतपत समय निकाल्नै नसक्ने भएकोले पनि पटक-पटक ढाँटेको जस्तो पो हुने हो भन्ने चिन्ता पनि छँदै थियो । त्यसैले यसपटक भने जसरी पनि जानु पर्ला भन्ने निश्चय मैले गरेको थिएं र झण्डै हप्ता दश दिन देखि भेटघाट गर्ने योजनामा थिए ।

आखिर दशैंको नवमीको दिन मैले उहाँहरुलाई भेट्न जाने योजना गरें । पुूलपातीको दिन वचन दिएँ -’ल बुबा म नवमीको दिन १२ वजे तिर आउँछु” उहाँले भन्नुभयो-’तिम्रो घरपनि हेर्ने विचार छ ।” मैले सजिलै भने- हुन्छ नी म आउँछु मौका मिले मेरो घरमा संगै आउँला ।

झण्डै पैने १ वजे म मेरो पिता जीलाई समेत लिएर उहाँहरुलाई भेट्न गएँ । मेरो पिताजी एक किसिमले धर्मरत्न ज्यूको साथी जस्तै हुनुहुन्थ्यो । मैले ठानें यसले राम्रै गर्ला । हामी त्यहाँ पुग्दा बुबा आमा दुबै जना बाटो हेरेर बसी रहनु भएको रहेछ । ूतिमी त नआउने पो भयौ की भन्ठानेकोू आमाले भन्नु भयो । मैले भनें- यसपटक चािहं वचन पूरा गरें ।

हामी बैठक कोठामा बस्यौं- म मेरो पिताजी धर्मरत्न बा आमा र सावित्री जी सावित्री- सुखको श्रीमती । कुरा शुरु भयो- भतिजाले अनावस्यक घर जग्गा किचोला गरेको त्यसमा एउटा माओवादी घुसेर पछि थाहा भयो त्यो माओवादीको नभएर विदुरको एक जना नेकाँ-प्रजातान्त्रिक वालाको केटोले व्लाकमेिलंङ र दादागिरी गरेको रहेछ अनावस्यक रुपमा थर्काउने गरेको आदि । एकछिनको गफगाफ पछि आमा चिया लिन जान्छु भनेर उठ्नु भयो र सावित्री जी आमालाई सघाउन । तर ५ मिनेट जति नवित्दै संगै को किचनबाट ‘लौन आमालाई के भयो’ भन्दै सावित्री आउनु भयो । हामी हतािरंदै दौडियौं- भान्छामा हाम्रो लागि चिया कपमा र खानेकुरा ल्पेटमा ठीक्क पारिएको थियो आमा घुप्लक्क घोप्टो पर्नु भएको थियो । धर्मरत्न बा ले उहाँको शीरलाई काखमा पल्टाउनु भयो । लगभग बेहोस अवस्था मैले ठानें हृदयघात भयो… नचिताएको घटना हुने भयो ।

हामी हतारिदै बाहिरियौं ट्याक्सी॥ खवरखावर गर्दा मुस्किलले १०-१२ मिनेटमा एभरेष्ट नसर्िङ होममा पुग्यौं । सुख पनि हार्ट अट्याकबाटै वितेको र उसलाई पनि शुरुमा यही नसर्िङ होममा ल्याइएको थियो । उ अस्पताल पुग्दा नपुग्दै वितेको थियो ।

घटना २०५६ सालको भाइटिकाको थियो । त्यो दिन म दक्षिण अपि्रुकाबाट सहकर्मी बिन्दा पाण्डेसंगै फर्किदै थिएं । हाम्रो टिकेटिङ्ग सुखले नै गरेको थियो र हामीले उसको बारेमा लामै कुरा गरेका थियौं । जहाजबाट ओर्लनासाथ जिफन्टका तत्कालिन कोषाध्यक्ष कमरेड  विनोद हामीलाई स्वागत गर्न आउनु भएको थियो । हालखवर के छ भन्ने हाम्रो प्रश्नको उहाँले ‘आज सुख वित्यो पार्थिव शरीर घरमा छ उतै पहिले जाअौ’ भनेर जवाफ दिनु भएको थियो ।

आमाको पनि मुटु र उच्च रक्तचापको समस्या छंदै थियो । नसर्िङ होममा पुग्दा डक्टरले ट्याक्सीबाट ओराल्न आनाकानी गरिरहेको मैले पाएं । छिटो गरौं-मैले भने । उनीहरुले इमरजेन्सीमा लगे र पम्पीङ गर्दै स्वास-प्रस्वास गराउन थाले हाम्रो उहाँसंगको सम्बन्ध आदि सोध्न थाले । त्यक्तिकैमा सुखको भााजा-जो पेशामा चिकित्सक पनि हुन् आईपुगे । म धर्मरत्न बा लाई मेरो पिताजी संगै राखेर धैर्य गर्न भन्न थालें ।

आखिरमा हुनेहुनामी भइसकेको थियो आमा वित्नु भयो । उहाँको पार्थिव शरीर संगै हामी घर फर्कियौं । शाक्यहरुको परम्परा अनुरुप उहाँ अन्तिम संस्कारको तयारी शुरु गरियो ।

यो एउटा घटना थियो जसले सायद धर्मरत्न बाुलाई नराम्रो गरी विचलित बनायो । मलाई भने त्यसदिन बा-आमालाई आपुनो घर देखाउन नपाएकोमा असाध्यै पछुतो भयो । त्यस रात मैले मेरी श्रीमती र पिताजीसंग यही कुरा गर्दै शोक मनाएँ । धर्मरत्न बालाई मात्रै भए पनि घर ल्याएरै छोड्ने हैु हामीले सल्लाह गर् यौं ।

यसवीच मुस्किलले ३ चोटी जति मेरो धर्मरत्न बा संग फोनमा कुरा भयो । नचाहँदा नचाहँदै आमा र सुखको आकस्मिक मृत्यु घटनाको चर्चा हुन्थ्यो । मेरो उहाँसंग एउटै प्रश्न हुन्थ्यो-’तपाईको स्वास्थ्य कस्तो छ एकदिन समय मिलाएर मेरो घर हेर्न आउनु पर्छ है ।’

तर दुर्भाग्य हाम्रो लागि त्यो दिन कहिल्यै आएन ।

झण्डै तीन महिना वितेछ त्यो घटनाको । मंसीरको त्यो दिन म आपुनै धुनमा जिफन्टमा कार्यरत थिएँ । मेरो मोवाईलमा ुटिक-टिकु आवाज आयो । फोन नम्बर नोट नगरिएको ललितपुर तिरको थियो । मैले हेल्लोसंगै प्रदिप दाई को स्वर सुनें । ‘विष्णु हो ‘ फेरी अर्को अकल्पनीय समाचार सुन्नु पर् यो-’बा हिजो राती एक्कासी वित्नु भो ।’ म एकछिन अवाक भएं ।

उहांको मेरो घर हेर्ने र मैले उहांलाइ मेरो घर देखाउने दिन अब कहिल्यै नआउने भयो । उहाँसंगका मेरा विभिन्न अनुभुतिहरु अन्तिम चोटी स्मरण गरें ।

सायद २०३० साल हुनुपर्छ म ७ कक्षामा पढ्दै थिएँ । सुखलाई भेट्न जाँदा धर्मरत्न बाुले के देखेर हो कुन्नी बोलाउनु भयो- नेपाली कस्तो छ हिन्दी आउँछ मैले नेपाल ठीकै रहेको र हिन्दी सामान्य बुभुछु भनें । नाम त विसर्िएं त्यो कुनै बुद्ध धर्म सम्बन्धि किताव थियो त्यसको नेपालीमा उल्था गर्न अह्राउनु भयो । मैले उल्था गरेर दिएँ । यो मेरो जीवनमा’ठूला मान्छे’ले दिएको पहिलो जिम्मेवारी थियो । उल्था कस्तो भयो त्यसलाई उहाँले प्रयोग गर्नु यो भएन मलाइ ज्ञान रहेन ।’

“०४३-४४ साल तिर हुनुपर्छ । त्यो वेलासम्म मैले १-२ चोटी लामै जेल बास गरिसकेको थिएँ । उहाँ पनि पुरानो राजनीतिक कार्यकर्ता र तत्कालिन समयमा पनि त्रिशूलीमा राजनीतिक सचेत सम्मानीत व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । म त्यतीबेला तत्कालिन भूमिगत दल नेकपा मालेमा आवद्ध थिएँ र नुवाकोटमा मेरो बाल सखा रामशरण प्याकुरेलसंग मिलेर ‘गेर्खुटार युवा ल्कवू को खोलमा ुजनता जगाउने’ साँस्कृतिक अभियानमा पनि सकि्रए थिएँ । त्यो वर्षको दशैंमा त्रिशूलीमा साँस्कृतिक कार्यक्रम भयो । मैले र रामशरणले गितार भिरेर ‘भुयाङ्- भुयाङू पार्दै ‘मानिस छुत अछुत हुन्छ म मान्दै मान्दिन॥’ बोल को गित गाँयौ । हामी दुबै न त गायक न गितार बाधक नै थियौं तर पनि पछिल्लो समयका चर्चित गायक इश्वर अमात्य जो त्यतिखेर शिकारु ग्ायक थिए संगै एउटै माचमा गायौं । मलाई कुनै भ्रम छैन हाम्रो गायकी बेसुरा थियो र गितारको विट पनि तालमा थिएन । हाम्रो ‘श्रोता’ धर्मरत्न बा’ले खुलेर प्रसंसा गर्दै हामीलाई प्रोत्साहित गर्नु भयो र भन्नु भयो- राम्रो गायौ तर गाउनेले ताल र स्वरलाई ख्याल गर्नुपर्छ । उहाँ आफै पनि संगीतका ज्ञाता हुनुहुन्थ्यो उहाको संकेत हामीले स्पष्ट बुभुयौं ।’

र उहांको जीवनको पछिल्ल्ााे कालमा त म उहाको लागि एउटा राजनीतिक पार्टीको केन्द्रीय नेता नै थिए । त्यसैले म संग राजनीतिक विषयमा नै कुरा गर्नुहुन्थ्यो-धनि गरीबको कुरा कम्युनिस्ट पार्टी र माओवादीका उत्ताउला गतिविधि आदि ।

त्यो दिन शंखमुलको घाटमा जहाँ उहाको अन्तिम संस्कार हुंदै थियो म जिफन्टका मेरा साथीहरु- कवीन्द्र जी उद्धव जी … अंकुरका राजेन्द्र जी संगै थियौं । उहांहरु पनि सायद केही भन्दै हुनुहुन्थ्यो । म भने यस्तै यस्तै सोचि रहेको थिए त्यो परिवार जहां मैले आपुनो जीवनको महत्वपूर्ण समय गुजारें लगभग उस्तै उस्तै प्रकृतिको मृत्यु बहन गरेका तेस्रो सदस्यलाई अन्तिम पटक श्रद्धााजली चढाउँदै ।

२०६४ मंसीर १५ मा लेिखएको

This entry was posted on Saturday, October 24th, 2009 at 1:45 pm and is filed under My Article  in my previous blogsite http://bishnurimal.wordpress.com

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment