bishnu@blog

मित्र विषमलाल जी,

तपाईको ईमेल पाएं रमाईलो लागेन । तपाईलाई एमाओवादी मन परेरै गएको हो भने हार्दिक शुभकामना छ । पार्टी भनेको सपनाको साझेदारी गर्ने थलो हो । एमालेमा तपाईले आफ्नो सपना मिसाउने त्यस्तो संभावन नदेख्नु भएको भए निर्णय गर्ने पूरा हक तपाईलाई छ ।

 किन पार्टी फेरें भन्नेमा इमेलमा संलग्न गरेका जस्ता  प्रमाण पुर्जाको कुनै अर्थ छैन । मन परेन, छोडी दिएं भने भै हाल्छ । कसैले कसैलाई जवरजस्ती गर्ने कुरै छैन । पार्टी आन्दोलन भनेको स्व-ईच्छाको काम हो !!!

 अन्त्यमा, मैले रामचन्द्र जीलाई नै भनेको एउटा बाक्य दोहर्याउने अनुमती चाहन्छु­- तपाई पनि बेकारमा हतारिनु भो यार! अहिले मैले एमाओवादीको विरुद्ध केही लेखें भने तपाईलाई चित्त दुख्न सक्छ! यत्ति चांहि भनौं- नपछुताउनु होला !!!

 अभिवाददन सहित, तपाई कै पुरानो पार्टीको शुभेच्छुक साथी,

विष्णु रिमाल

आज विहान ई–मेल खोल्दा एमालेका पूर्व सभासद विषमलाल अधिकारी दनुवारले हिजो दिउसो ४:५६ बजे पठाएको ई–मेल पाएपछि मलाई यस्तो जवाफ फर्कान मन लागेर आयो । उनको ईमेलमा एउटा फाईल अट्याच गरिएको थियो तर सन्देश केही थिएन । लजाएको, अप्ठ्यारो माने जसरी उनले सव्जेक्ट लाईनमा लेखेका थिए–hello namaskar aaviwadan, please go through the attachment about me, thank you ।

उनले २/४ दिन अघि मात्रै एमाले छोडी एमाओवादी छिरेको समाचार मैले पढेको थिएं । उनी माओवादी छिर्नु २ दिन जत्ति अघि पार्टी केन्द्रीय कार्यालयमा भेट्दा पार्टी छोडेर सुइकुच्चा ठोक्ने केही संकेत देखाएका थिएनन् ।

तर गत संविधानसभामा जनजाती ककसको विरोध अभियान ताका उनी पनि राम्रै बटारिएका थिए । त्यसमाथि पनि एमाले पार्टीको जनकपुर अञ्चलमा केही इनहेरेन्ट विवाद छंदै थिए । ति विवादमा विषमलाल ठीक पक्षमा थिए की गलत को, त्यो त समय मै पुष्टि होला । तर त्यहांको विवाद र ककसको अभियान दुबैका कारण मानसिक रुपमा यी साथी विचलित छन् भन्ने चाँहि मलाई ज्ञान थियो ।

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment