Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

हिजो धाई आमाको रुपमा सम्भ्रान्तहरुका सन्तान हुर्काउने महिलाहरु अहिले सरोगेटेड् मम अर्थात भाडाका आमा बन्न बाध्य छन्

March 28th, 2010

“जुन दिन बाट मातृसत्ता हट्यो त्यसै दिन देखि महिलाको नीजि जीवन माथि समेत पुरुषको हैकम थेापरियो हाम्रो तहगत समाजमा पुरुष प्रधान र महिला मताहतको अन्यायी प्रकृया शुरु भयो ! त्यसपछि महिला माथि जघन्य अत्याचारको प्रारम्भ भयो!”  प्रसिद्ध दार्शनिक एङ्गेल्सको यो भावनासंगै म आपुना भनाई राख्ने अनुमती चाहन्छ । र अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सतवार्षिक अवसरलाई साक्षि राखी एक जना महिलाको गर्भबाट जन्मिएको पुरुषको रुपमा जेसुकै कारणले भएपनि पुरुषबाट महिलामाथि भएका सबै प्रकारका अत्याचारको लागि म विनम्रतापूर्वक खेद व्यक्त गर्दछु ।

जिफन्ट स्थापना हुँदा नेतृत्व तहमा महिलाको संख्यात्मक उपस्थिति सून्य थियो । त्यसैले हामीले केन्द्रदेखि विभिन्न कमिटीहरुमा महिला उपस्थितिको प्रश्नलाई प्रमुख मान्र्यौ । २१ वर्ष अघि हामीले विभिन्न देशको यूनियन आन्दोलनको ईतिहास अनुभव र अभ्यासलाई नियाल्यौं- कतै यूनियनमा महिला प्रवेस निषेध- त कतै महिलाका मात्रै यूनियन ! कारियाको केडव्लुडव्लुयू डेनमार्कको अभ्यास र केएडी भारतको सेवा आदि आदि ।

हामीले आफैलाई प्रश्न गर्यौ- यी सब केका लागि संख्याका लागि!  संख्या के का लागि बराबर अधिकार मर्यादित काम र सम्मानीत जीवनका लागि !!

त्यसकालागि हामीले धारणा बनायौं- पुरुष/महिला साझेदारी ! यो साझेदारी केका लागि!!

हामीले भन्यौ बराबरीको अर्थ महिला र पुरुष उस्तै उस्तै हुने हैन, महिला महिला जस्तै- पुरुष पुरुष जस्तै नै हुने हो । पुरुषमा निहित भूमिका पुरुषले नै गर्ने तर त्यसमा महिलाको भूमिका सहयोगी हुनुपर्छ! महिलमा निहित भूमिका महिलाले नै गर्ने तर त्यसमा पुरुषको भूमिका सहयोगी हुनुपर्छ । हामीले आपुूले काम गरिरहेको थलोलाई रोजगारदाताको पूंजी निर्माणको ज्यासल ठान्यौं- जहाँ साम- दाम- दण्ड- भेदद्वारा मानिस-मानिस विच सामूहिक शोषण गरिन्छ । वर्गीय रुपमा आर्थिक शोषण र लैङ्गिक हिसावमा सामाजिक उत्पीडन ! समाजमा सिर्जित यही परम्परा र अभ्यासबाट महिला-समूहको हिसावमा पीडित र पुरुष समूहको रुपमा पिडकको भूमिकामा रहेको हामीले निस्कर्ष निकाल्यौं ।

एउटै शव्दमा हामीले यसलाई पितृसत्ता भन्यौ- समाजमा पितृसत्ता छ ! यसो भन्ने महिला हुन की पुरुष दुवै “महिलावादी” भएको निचोड निकाल्यौं ।

“तिमीहरु पुरुष-उनीहरु महिला” भनी कार्यथलोमा महिला-पुरुष श्रमजीवी वर्गमाथि भएको विभाजने उनीहरुमाथि सामुहिक रुपमा हुने आर्थिक शोषणको विरुद्ध लड्न रोक्ने भएकोले नै पितृसत्तालाई हामीले महिला र पुरुषको साझा शत्रु ठान्यौं । र, हामीले स्वीकार्यौं- पुनरउत्पादनको माध्यमद्वारा वर्गीय समाजलाई पूँजीवादले कायम राखे झै पुरुष प्रधान समाजलाई पितृसत्ताले कायम राख्छ ।

घर-परवार-समाज र राष्ट्रमा यही प्रकृतिको शक्ति संरचना कायम रहेकोले हाम्रो समाज विभेदपूर्ण र कुरुप बनिरहेको छ । यो सत्यलाई आत्मसात गरी हामीले वर्षौंदेखि चुपचाप पीडा सहँदै आएका सहकर्मी्र दिदी-बहिनीहरुमा “मैेनताको संस्कृती” तोड्न उद्वेलित गर्ने उद्देश्यले ०४९ सालमा पहिलो पटक केन्द्रीय महिला मजदुर विभाग गठन गर्यौं ।

“पीडक-पिडित” संगै नबसी एक-अर्कालाई नसुनी रुपान्तरण हुन्न भन्ने प्रसिद्ध शिक्षविद पाउलो प्रेुरीले भनेझैं हामीले नीति बनायौं- अब हरेक महिला सम्बन्धी कार्यक्रममा २५%, पुरुष र जिफन्टका प्रत्येक कार्यक्रममा २५% महिला अनिवार्य हुने छन् ! नीति निर्माण तहमा महिलाको भौतिक उपस्थितीलाई हामीले १ नम्बरमा राख्यौं र उनीहरुको क्षमता वृद्धिमा लगानी गर्नुपर्ने नीति बनायौं ।

हामीले भन्यौं- प्रत्येक महिला वा पुरुष सदस्यले कमिटीमा उपस्थिति जनाउने मात्र हैन सकि्रय सहभागिता जनाउन सक्नुपर्छ । त्यसैले हाम्रो यसपछिको नारा बन्यो- प्रतिनिधित्व मात्र हैन समान सहभागिता! समयक्रममा यसले राम्रै नतिजा देखायो । आज यो सम्मेलनमा तपाईहरुको सामू उभिएर म गर्वका साथ भन्न सक्छु- पुनस्थापित संसदले घोषणा गरे अनुरुप आपुना विभिन्न संरचनामा एक तिहाई महिला अनिवार्य गराउने संस्थाहरु मध्येमा हामी पनि पर्छौ ।

हामी निर्धक्क भन्न सक्छौं पछिल्लो २ दशकमा आम रुपमा महिला र विशेष रुपमा महिला श्रमिकको पक्षमा प्राप्त उपलव्धिमा हाम्रो सामुहिक संघर्षको पनि उल्लेख्य अंश छ ।

हामी जति वेला महिला सहभागिातको मुद्धा उठाउँदै थियौ- हाम्रो श्रम वजार लैङ्गिक समानताको हिसावले कुरुप थियो । एकातिर विकासिल र विकसित देशमा महिलाले गर्ने भनेर चिनिएको नगद हातलाग्ने काम यहाँ पुरुष श्रमिकको हातमा थियो । अर्का तिर अर्थतन्त्रकै हैसियत नपाएको अनौपचारिक क्षेत्रको काम भने महिला कै ठेक्का जस्तो थियो । ज्याला अवसर र सुविधामा तुलना नै गर्न नसकिने किसिमले महिला र पुरुष श्रमिक वीच खाडल थियो । समाजमा समेत छोरा र छोरीका वीचमा शिक्षा- स्वास्थ्य जस्ता आधारभूत विषयमा समेत अघिल्लाको भागमा अवसर र पछिल्लालाई विाचत गरिएको थियो । अंश र वंशको अधिकारमा भेदभावै भेदभाव थियो । राजनीतिमा समेत महिला सहभागिता न्यून थियो ।

अहिले हामीलाई कथा जस्तो लाग्ने यी प्रसङ्ग २०।२२ वर्ष अघिसम्म पनि यथार्थ थिए । म अहिले यो सम्मेलनमा बोलिरहँदा हाम्रो महासंघले स्थापना गरेको केममवीको पहिलो संयोजक बनि योगदान गर्नु हुने स्वस्ती वज्राचार्यलाई भन्यवाद दिन्छु- कमरेड यहाँले हाम्रो आन्दोलनमा लगाउनु भएको गुन भावी पुस्ताले समेत स्मरण गरिरहने छ । वर्तमान रक्षामन्त्री मा। विद्या भण्डारीलाई आभार व्यक्त गर्दछु- जननेता भण्डारीको कायरतापूर्वक हत्याको लगत्तै विचलित परिस्थितिमा समेत तपाईले केममीको विभागीय नेतृत्व सम्हाली दिनु भयो । हामीसंग रहेको महिला टिलाई परिचालन गर्न संयोजकको भुमिका निर्वाह गरिदिनुभयो।

आज यो सम्मेलनको संक्षिप्त जानकारी दिन यहाँ उभिइ रहंदा- समाज कार्यथलो र घरभित्र रहेका हाम्रा अमिल्दा तथा अमानवीय व्यवहारलाई ‘जिफन्टको राज्य’ भित्र परिवर्तन गर्ने उद्देश्यले नै हामीले राष्ट्रिय श्रमिक महिला सम्मेलन गर्दै आएको कुरा स्पष्ट पार्न चाहन्छु । नीति निर्माण र पुनरावलोकन गतिविधि र कार्यक्रममा परिमार्जन तथा समयक्रममा उव्जिएका नयाँ जटिलतालाई सम्बोधन गर्न हामीले आज भन्दा अगाडि ३ वटा यस्तै सम्मेलन गरिसकेका छों । तिनै श्रमिक महिला सम्मेलनले दिएका सुझावको प्रकासमा जिफन्टले आपुनो जेण्डर नीति निर्माण र कार्यान्वयन गर्दे आएको म यहाँ पुनः व्यक्त गर्दछु ।

विगतलाई फर्केर हेर्दा हाम्रा संघर्ष निस्चय नै सहज थिएनन् । शत्रु विरुद्ध धावा बोल्न जति सहज हुन्छ आफै भित्र सन्निहित खरावीका विरुद्ध लड्न धरेै अप्ठारो हुँदो रहेछ । यो नै हाम्रो झण्डै ३ दशक लामॊ संघर्षको सार हो । हाम्रो बुझाइमा सत्ता चाहे त्यो राजनीतिक होस् वा सामुदायिक- त्यसको बागडोर सम्हाल्ने समूह/वर्गले त्यसै छोड्दो रहेनछ । महिला-पुरुष वीचको अधिकार प्राप्तिको समूहगत टक्करलाई पनि यसै सन्दर्भमा बुभुनु पर्छ ।

म जिफन्टको अध्यक्षको हैसियतले स्पष्ट पार्छु- हामीमा परिवर्तन हुन नसकेका र हुन बाँकी रहेका यिनै खरावीले आज पनि हाम्रो समाज र कार्यथलो समतायुक्त बनेको छैन । त्यसैले हामीले समानता र न्यायको हाम्रा संघर्ष जारी छ भनेका हौं ।

त्यसो भए अबको हाम्रो आन्दोलन केके विषयमा केन्द्ीत गर्नु पर्ला त पहिलो कुरा विश्वव्यापीकरण संगै फेरिएको रोजगारीको ढँचा र परिवर्तित सन्दर्भलाई हामीले महसुस गर्नै पर्छ-

❏ महिलाको शरीरमा आज पनि उनहिरुको हक छैन । हिजो धाई आमाको रुपमा सम्भ्रान्तहरुका सन्तान हुर्काउने महिलाहरु अहिले सरोगेटेड् मम अर्थात भाडाका आमा बन्न बाध्य छन् । आपुनो गर्भमा अर्काको वच्चा हुर्काई त्यसमाथिको मायाबाट समेत उनीहरु बिाचत छन् । कार्ल माक्स्रले भनेझैं अलाइनेशन अर्थात बिाचतीकरणको यो नै हाम्रो शताव्दीको नमूना उदाहरण हो । यसै प्रसङ्गमा हामलिे घरेलु िहंसालाई समेत जोड्नु पर्छ र महलिा शरीर तस्करीको घिनलाग्दो अमानवीय अपराधमाथिको संघर्ष जारी राख्नु पर्छ ।

❏ हाम्रा गाऊंघर पुरुष विहिन बन्दैछन् । कमाउन जाने छोरा/श्रीमान/अभिभावकको गृहस्थी रुङ्ग्न बाध्य महिलाहरु अझ ज्यादा गणना नहुने कामको बोझमा दविदै छन् ।

❏ हाम्रो समाजले आपुनो परम्परागत संरचना भत्काउँदै छ । सामुहिक परिवार सहितको बसोबास साना परिवारमा निरन्तर बदलिरहेको छ । यो संस्कारमा जन्मिएका नयाँ पुस्ताका महिलाहरु श्रम वजारमा प्रवेस गरेका छन् । केही परम्परागत नलाग्ने काममा समेत उनीहरुको उपस्थिती देखिन थालेको छ । विद्यमान विभेदलाई छोड्ने हो भने अव नयाँ विषयमा हामीले सोच्नै पर्ने भएको छ- अब काम र जीवनको वीचमा सन्तुलन ल्याउने कसरी?

❏ सून्यको सख्याबाट महिला उपस्थिती ३३ प्रतिशतमा पुगेको छ । यसलाई टिकाउने र बढाउने कसरी विभिन्न संरचनामा पुगेका महिलाहरुको क्षमता बढाउने कसरी कमिटीमा महिला संख्या बढी सदस्यमा महिला संख्या कमि हुँदा ूटाउको ठूलो जीउ लुलोू हुने खतरालाई सम्बोधन गर्न महिलामय भएको श्रमको संसारबाट व्यापक महिलाहरुलाई यूनियन आन्दोलनमा संगठित गर्ने कसरी ?

हाम्रो यो सम्मेलन यीनै विषयहरुमा भोलीसम्म छलफल गर्ने छ । जिफन्टको विद्यमान जेण्डर नीतिलाई परिवर्तित परिस्तिथि सुहाउँदो बनाउन पुनरावलोकन गर्ने छ । बराबर हक मर्यादित काम र सम्मानीत जीवनको नारालाई सार्थक तुल्याउन प्राप्त उपलिव्धीलाई कसरी संस्था गत गर्ने भन्नेमा गम्भीर छलफल गर्ने छ । नयाँ सम्बिधान श्रमजीवी महिला मैत्री कसरी बनाउने भन्नेमा समेत व्यापक छलफल गर्ने छ ।

अध्यक्षको हैसियतमा यो सम्मेलनको भव्य सफलताको कामना सहित उपीसथत सबैमा १०० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना!!!

(सयौं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा जिफन्टद्वारा आयोजित चौथो राष्ट्रिय श्रमिक महिला सम्मेलन उद्घाटनमा दिइएको कि-नोट मन्तव्य)

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.