July 15th, 2013
सुनिँदै छ, एमाओवादीको हेटौंडा महाधिवेशनले ‘कोर्स’ फेर्यो रे ! थाहा छैन, सही के हो ? उपलब्ध सामग्रीको अध्ययनबाट बाटो फेेरिएकै हो कि जस्तो पनि लागेको छ । तर त्यो, झट्ट हेर्दा एमाले-एमाले लाग्ने, भाषण सुन्दा कतै कमल थापाजस्तो त कतै कृष्ण भट्टचनहरूजस्तो सुनिने ! आक्षेप लगाएको होइन, प्रश्न त छ नि- एमाओवादी नीति र सिद्धान्तमा कहाँ ‘ल्यान्ड’ गरेको हो ? ‘फरक छौं’ भन्ने तपाईंहरूकै भनाइको मान्दा, जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन ! नौलो जनवाद होइन भने तपाईंहरू माओवादी नै होइन, सामाजिक जनवाद होइन भने तपाइर्ंहरू पुरानो नेपाली कांग्रेस पनि होइन ?! त्यसो भए के हो एमाओवाद र कहाँ छ त तपाईंको एमाओवादी ? दलीय मामिलामा तपाईंहरू एमाले र कांग्रेसहरूभन्दा कहाँ भिन्न हुनुहुन्छ ? कमिटी प्रणालीको मामिलामा तपाईंहरूको अवधारणा कुन हो- मास पार्टी ?, क्याडर पार्टी ? वा एमालेकै जस्तो जनआधारित क्याडर-पार्टी ? लेनिनको सर्वहारावर्गको अधिनायकत्व र माओको जनताको जनवादी अधिनायकत्व बीच तपाईंहरू कहाँ हुनुहुन्छ ?
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस् An open letter to prachanda
कमरेड प्रचण्ड,
लम्बिँदो राजनीतिक संक्रमणकालबाट लागिरहेको पट्यारबीच केही दिनदेखि तपाईंलाई एउटा पत्र लेखूँ कि जस्तो लागिरहेको थियो । तर म एमालेको एउटा कार्यकर्ताले किन एमाओवादीका शीर्ष नेतासँग संवाद गरूँ भन्ने द्विविधाले लेखिनँ । पहिलेका कतिपय घटनाक्रम सम्झें, कुनै द्वन्द्वकालका त कुनै शान्ति सम्झौता लगत्तैका । कुनै चर्चा तिलस्मी कथाजस्ता, कुनै सुर्याइँ, चतुर्याइँ र धुत्र्याइँले भरिएका । एक समय त यस्तो पनि थियो, कसैले ‘आज मैले प्रचण्डलाई भेटें’ भन्यो भने त्यसले ‘पूर्वजन्म’ मा हुनैसम्मको पुण्य गरेको रहेछ कि भन्ने भान पर्न-पर्न खोज्थ्यो !
मलाई अझै सम्झना छ, मेरै पार्टीका एकजना नेताले तपाईंसँग लामै कुरा गर्न भ्याउनुभएछ । कुरै कुरामा तपाईंले ‘माओवादीको ‘एक्काइसौं शताब्दीको जनवाद’ के हो र यसले जननेता मदन भण्डारीले विकसित गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) सँग के सम्बन्ध राख्छ’ चर्चा गर्दै भन्नुभएछ- ‘तपाईंहरूले ‘जबज’ लाई ‘गजब’ बनाउनुभयो, हामी एक्काइसौं शताब्दीको जनवादलाई सही अर्थको ‘जबज’ बनाउँछौं ।’ तपाईंले यहाँसम्म भन्नुभएछ- ‘हेर्नुस् कमरेड, नेपालका कम्युनिस्ट समूहहरू गाउँघरमा मकैका गेडा खालमा लडाएर ‘मार्रा-मार्रा’ भन्ने जुवाडेजस्ता भइसके । यी सबैलाई एउटै बनाउनुपर्छ र अन्त्यमा, एमाले-माओवादी एकीकरण गरी कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रियालाई पूर्णता दिनुपर्छ !’
‘उत्साहजनक !’ मेरा पार्टीका नेता वास्तवमै तपाईंसँग प्रभावित भएर आउनुभएको थियो । मदन भण्डारीको अवसानपछि राजनेताको खोजीमा काकाकुल एमालेहरूमा हिंसात्मक आन्दोलनले सिर्जना गरेको तपाईंको व्यक्तित्वको ‘मिथक’ प्रयोगबाट केही गर्न सकिन्छ कि सकिन्न भन्ने बहस त छँदै थियो । तर भ्रमको बादलको एक तह हट्न समय भने लागेन । तपाईंको नेतृत्वले ‘प्रचण्ड पथ’ को प्रयोग मेरो पार्टीमा सुरु गरिहाल्यो । यहाँ स्पष्ट पार्न चाहन्छु, मैले बुझेको प्रचण्डपथ, तपाईंहरूले भन्ने गरेजस्तो ‘धक्का-क्रमभङ्ग-महाविपत्ति र छलाङ’ को लम्बेचौडे व्याख्या हैन, मेरै पार्टीका अर्का नेताले अथ्र्याएजस्तो ‘प्रचण्डपथ’ माने- ‘एकलाई २ बनाउ- कुरा खानेलाई पट्याऊ, बहस गर्नेलाई ढुट्याऊ’ चाहिं हो । त्यतिखेर, तपाईंकै तहबाट ‘एमालेलाई सके निल्ने नसके मिल्ने’ भन्नुको अर्थ यस्तै निक्लन्छ हैन र ?
फेरि पनि चमत्कार नै मान्नुपर्छ, एमाले मात्रै होइन, कांग्रेससहितका कतिपय गैरकम्युनिस्ट दलका ‘शूरवीर’ माथि पनि तपाईंको ‘जादू’ ले काम गरिरह्यो । तपाईंले आजभोलि धेरै ‘मिस’ गर्ने गिरिजाबाबुदेखि मधेस-पहाड र हिमालका नेता/अभिनेतासम्म सबैलाई एकपटक ‘प्रचण्ड चाहिं हो है’ भन्ने ‘फिलिङ’ दिन भ्याउनुभयो । यसमा मेरो विरोध होइन । एउटा राजनीतिक नेतामा यस्ता चतुर्याइँ रहनु अनुपयुक्त होइन होला । मेरो टिप्पणी त तपाईंको बिहान, दिउँसो र बेलुकाको बोलीमा रहेको ‘क्रमभंगता’ मा हो । सुन्दा रमाइलै लाग्यो, एक ठाउँमा मेडियावालाले तपाईंको चर्चा यसरी गरे- ‘प्रचण्डको सिद्धान्तमा मात्रै होइन, व्यवहारमा पनि क्रमभंगता हुन्छ ।’ उनीहरूले तपाईंले भनेको भन्दै ‘कोट’ समेत गरे- ‘जसरी बिहानभन्दा दिउँसो र दिउँसोभन्दा राति फरक छ, त्यसैगरी मेरो बोलीमा पनि निरन्तरताको क्रमभंग हुन्छ !’ वाह कमरेड ! सिद्धान्तको क्या बेजोड व्याख्या !!
एकजना मित्रले भन्नुभयो, माओवादी कहाँ छ ? मैले पछिल्लोचोटि तपाईंले ‘एमाले मुलुकमा कहाँ छ’ भनेर उड्केकामा जवाफ फर्काउन खोजेको होइन ! नेपाली राजनीतिलाई दुई ध्रुवीय बनाउने शक्ति केन्द्रहरूको धृष्टतापूर्ण कपटको फेहरिस्त कुनै समयमा चर्चा गरौंला । यहाँ त मैले केही शृङ्खला कोट्याउन मात्र खोजेको हुँ ।
एमालेले आपmनो पाँचौं महाधिवेशनबाट परिवर्तित परिस्थितिअनुरूप, तपाईंकै बोलीमा भन्नुपर्दा सिद्धान्तलाई संश्लेषण गर्यो । जबज त्यसैको परिणाम हो । माक्र्सवाद व्यवहारमा कसरी लागू हुन्छ भन्ने अन्योलको जवाफ लेनिनले रूसमा कम्युनिस्ट पार्टीको एकदलीय शासन सुरु गरेर दिए । माओले राष्ट्रिय मुक्ति आन्दोलनमा संलग्न सबैलाई चित्त बुझाउने गरी लेनिनको विधिमा केही ‘टि्वस्ट दिए’, र लागू गरे- कम्युनिस्ट पार्टीलाई नेता मान्ने दलहरूसहितको बहुदलीय सहयोगात्मक प्रणाली । १०४ वर्ष लामो जहानियाँ शासन र तीस वर्ष लामो निर्दलीय तानाशाहीविरुद्ध लडेका नेपालीका लागि न त एक दलीय रूसी मोडेल स्वीकार्य हुन्थ्यो, न चिनियाँ मोडेल नै । नेपाली जनभावनाको हेक्का र सिद्धान्तलाई व्यवहारमा जोड्ने खुबी दुवै भएकाले नै मदन भण्डारीले भन्नुभयो- ‘अबको कम्युनिस्ट पार्टी खोपाको देउता होइन, घाम-पानी झेलेको जनताले पत्याएको क्रान्तिकारीको सहमतिमा बनेको लोकतान्त्रिक संविधान मान्ने वामपन्थी वा गैरवामन्थी, सबैबीचको समान प्रतिस्र्धामा श्रेष्ठता हासिल गर्नेले शासन गर्ने पद्धति अपनाउने पार्टी हुने छ !’ एमालेले निष्कर्ष निकाल्यो- ‘माक्र्सवाद समाज परिवर्तनको ‘विज्ञान’ हो । रूस, चीन, क्युवा, भियतनाम आदि देशमा अपनाइएका विधि तीती देशमा भएको माक्र्सवाद उनीहरूको प्रयोग हो । संक्षेपमा, लेनिनवाद माक्र्सवादको रूसी संस्करण मात्रै हो भने माओविचारधारा माक्र्सवादको चिनियाँ संस्करण’!
जबजले ती देशका प्रयोगलाई संश्लेषण गर्यो । लेनिनले रूसमा सर्वहारा वर्गको अधिनायकत्व लागू गरे, चीनमा माओले यसलाई जनताको जनवादी अधिनायकत्वका रूपमा सुधारे, जबजले यसलाई ‘राज्यसत्ता-प्रयोग’ को रूपमा अथ्र्यायो । राजसत्ता भनेको लोकतन्त्र र अधिनायकत्वरूपी दुई धार भएको तरबार हो, जस्तो कि हरेक लोकतान्त्रिक शासनमा हुन्छ- जनतालाई लोकतन्त्र, जनविरोधी- राष्ट्रविरोधीमाथि अधिनायकत्व ! जबजले प्रश्न गर्यो- ‘आफैंले बनाएको राज्यसत्तामा यी दुवै चिज भएपछि किन छुट्टै अधिनायकत्व चाहियो ?’ संगठनको सन्दर्भमा, उत्तर कोरियाली पार्टीले ‘बिफोर आर्मी (सेना पहिला)’ भन्दै ‘सैन्य पार्टी’ बनायो र नेताको वंशलाई उत्तराधिकार सुम्पियो । रूस/चीन आदिले कम्युनिस्ट पार्टी, गैरकम्युनिस्टहरूको जस्तो ‘मास पार्टी’ हैन ‘क्याडर पार्टी’ हुनुपर्छ भने । ‘जबज’ ले यसमा नयाँ आयाम थप्यो- जनताको अभिमतबाट शासन गर्ने नयाँ जमानाको कम्युनिस्ट पार्टी- ‘मास बेस्ड (जनआधारित) क्याडर पार्टी’ हुनेछ ! नेतृत्वको सवालमा मास पार्टीभित्रका पेटी कन्ट्रयाक्टरहरूले ‘हारहुर गरेर नेतृत्व हत्याउने’ विधि वा परम्परागत क्याडर पार्टीमा पार्टी विधानमाथिजस्ता देखिने नेताको आशीर्वादबाट नेता छान्ने पद्धति दुवै होइन- पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नै नेता हुने विधि अघि सार्यो । आदि ।
सुनिँदै छ, एमाओवादीको हेटौंडा महाधिवेशनले ‘कोर्स’ फेर्यो रे ! थाहा छैन, सही के हो ? उपलब्ध सामग्रीको अध्ययनबाट बाटो फेेरिएकै हो कि जस्तो पनि लागेको छ । तर त्यो, झट्ट हेर्दा एमाले-एमाले लाग्ने, भाषण सुन्दा कतै कमल थापाजस्तो त कतै कृष्ण भट्टचनहरूजस्तो सुनिने ! आक्षेप लगाएको होइन, प्रश्न त छ नि- एमाओवादी नीति र सिद्धान्तमा कहाँ ‘ल्यान्ड’ गरेको हो ? ‘फरक छौं’ भन्ने तपाईंहरूकै भनाइको मान्दा, जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन ! नौलो जनवाद होइन भने तपाईंहरू माओवादी नै होइन, सामाजिक जनवाद होइन भने तपाइर्ंहरू पुरानो नेपाली कांग्रेस पनि होइन ?! त्यसो भए के हो एमाओवाद र कहाँ छ त तपाईंको एमाओवादी ? दलीय मामिलामा तपाईंहरू एमाले र कांग्रेसहरूभन्दा कहाँ भिन्न हुनुहुन्छ ? कमिटी प्रणालीको मामिलामा तपाईंहरूको अवधारणा कुन हो- मास पार्टी ?, क्याडर पार्टी ? वा एमालेकै जस्तो जनआधारित क्याडर-पार्टी ? लेनिनको सर्वहारावर्गको अधिनायकत्व र माओको जनताको जनवादी अधिनायकत्व बीच तपाईंहरू कहाँ हुनुहुन्छ ?
नेपालमा दलहरू या त कांगे्रस टुक्रिएर बने या नेकपा ! त्यसैले कतिलाई लागेको छ- दलहरूको मानक जम्माजम्मी २ वटा छ, ठण्डा माने कोकाकोला भनेजस्तो ! प्रजातन्त्र माने लथालिङ्ग, लथालिङ्ग माने कांग्रेस त लामै समयदेखि चल्दै आएको हो । पछि भन्न थाले कम्युनिस्ट माने मारमुङ्ग्री, मारमुङ्ग्री माने माओवादी ! चरम दक्षिणपन्थी र विचारशून्य दलहरूलाई छोडेर नेपालका दलहरू ‘सुदूर-वाम, मध्य-वाम, मध्य-दक्षिण’ गरी तीन खेमामा झन्डै हाराहारीको प्रतिशतमा छन् । ड्यास भनिने नेकपा-माओवादीभन्दा एमाओवादी भिन्न छ र ड्यास माओवादीले ‘सुदूर-वामपन्थी स्पेस’ ओगटेको मान्ने हो भने कमरेडहरूको पार्टी कुन स्थानमा छ ? मध्य-वाम, या मध्य- दक्षिण ? मध्य-वाम तपाईंको दाबी हो भने एमाओवादी एमालेको ‘डोमिन’ मा अलप हुँदै छ, तथ्यले त यही भन्छ । त्यसो भए एमाओवादी कहाँ छ ?
शीर्ष नेता हुनुको नाताले म तपाईंलाई सम्मान गर्छु । तर एउटा दलको कार्यकर्ता हुनुका नाताले म तपाईंलाई गुरु होइन प्रतिस्पर्धी मान्छु । दलहरूबीचको प्रतिस्पर्धामा संगठनको तुलनामा व्यक्ति गौण हुन्छ भन्ने कुरा त गत निर्वाचनमा मेरो पार्टीका तत्कालीन महासचिवविरुद्ध उठेका तपाईंका कार्यकर्ताको विजयले नै पुष्टि गरेको छ । त्यसैले अर्को दल र तिनका नेताका बारेमा मैले चिन्ता लिइरहनुपर्ने होइन । तर राजनेता दलहरूबाटै जन्मिने हुँदा, आजका दिनमा अव्यावहारिकजस्तो लाग्ने भए पनि प्रत्येक दलले अग्ला राजनेता दिऊन् भन्ने आकांक्षी नागरिकका हैसियतले यो खुला पत्र लेखेको हुँ । तपाईंलाई विदितै छ, हाम्रो देशमा अहिले तीन प्रकृतिका नेताहरूको बिगबिगी छ- मेडियाले पत्याएका सेलिब्रेटी नेता, सीमित कार्यकर्ताले रुचाउने गुटका नेता र आम पार्टी सदस्यले रुचाउने दलका नेता ! अभाव छ त राजनेताको ! प्रचण्ड कमरेड, तपाईं कुन तहमा पर्नुहुन्छ, मनन गर्नुहोला । आग्रह छ, जारी राजनीतिक संक्रमणकाललाई छोट्याउन सक्नुहुन्न भने अरू थप गिजोल्नबाट जोगिनुस् !
http://www.ekantipur.com/np/2070/3/30/full-story/372052.html#sthash.5nwvsTjJ.dpuf