May 3rd, 2012
नेपालका राजनीतिक शक्तिहरुबीच“परिवर्तन”को मूख्य आधार दुई प्रकारका
दावी÷प्रतिदावीहरु रहेका छन् । नेकपा (एमाले लगायतका मूलधारका राजनीतिक शक्तिहरु ०६२÷६३ को परिवर्तनको आधार मूलतः १९ दिने शसक्त जनआन्दोलनलाई मान्दछन् । माओवादी भने उसले सञ्चालन गरेको १ दशक लामो हिंसात्मक द्वन्द्वलाई परिर्वतनको मूल आधार मान्छ । परिवर्तनको आधार ‘शान्तिपूर्ण जनदबाब की हिंसात्मक अभियान’ भन्नेमा विवादले आगामि दिनमा पनि ‘परिवर्तनको बाटो कुन हो’ भन्नेमा अन्यौल सिर्जना गरिरहेको यसको एउटा चाखलाग्दो उदाहरण माओवादीमा विद्यमान ‘शान्ति की बिद्रोह’लाई लिन माओवादीको एउटा पक्षले अझै पनि ‘विद्रोह’ “शसस्त्र युद्ध” र “राज्यसत्ता कव्जा” जस्ता विषय उठाइ रहनुलाई यसप्रसङ्गमा उललेख गर्न सकिन्छ ।पूर्ण पाठ को pdf फाइल डाउनलोड Eight-notes on contemporary politics