August 5th, 2023
सत्तरीको दशकको हरेक लडाईँ हामीले जित्यौं त? सञ्जयले सोध्नु भयो ।
जित्यौं, मैले भनें । हामीले लोकतन्त्र, गणतन्त्र र प्रगतिशील नेपालको कल्पना गरेका थियौं । त्यसमा हामीले सफलता हासिल गरेका छौं । अब हामीले सायद लोकतन्त्र प्राप्तिको लागि लडिरहनु पर्दैन, अबको लडाईँ भनेको लोकतन्त्र भित्रको हो । लोकतन्त्रलाई कसरी बलियो बनाउने भन्ने हो ।