April 8th, 2017
संविधानले भावी भविष्य बनाउँछ होला भनेर आशा गरेको आशा अझै पनि छ, भरोसा अझै पनि छ, तर व्यवहार अलि अर्कै भइरहेको छ । हिजै पनि बारम्बार हामी भनिरहेका छौं । संविधान जारी भयो दुःख कायमै छ । मट्टीतेल छैन, पेट्रोल छैन, ग्याँस छैन, डिजेल छैन, दैनिक जीवन चलाउन सारै गाह्रो छ । कहिलेसम्म यो समस्या ? कहिलेसम्म यो हाहाकार ? कहिले हुन्छ समस्याको समाधान ? कहिले मिल्छ कुरा भारतसँग ? कहिले मिल्छ हाम्रा मधेसवादी दलहरुसँग ? कहिले दिन्छ सरकारले .. यदि जनताको सेवा गर्ने ठाउँमा सरकार छ, जनताको अभिभावक हामी हौं, जनताको सेवा हामीले गर्नुपर्छ भन्ने सरकारलाई लाग्छ भने कहिले हुन्छ त समाधान ? आज म यसको केही जवाफ खोज्ने प्रयास गर्नेछु ।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>17 Image Sambad 22 Dec 2015