November 10th, 2022
हामीले हाम्रा अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्यौं । गठबन्धनमा गडबढी छ । को हो नेता? उहाँहरुमा गञ्जागोल छ । गोरखामा पुगेर एउटा नेताले आफैं म प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नुभयो । त्यसलाई विराटनगरमा उहाँ कै कार्यकर्ताहरुले खण्डन गर्दै नेकाँका एउटा नेतालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे । फेरी त्यसको पराकम्पन डढेलधुरामा देखियो । नेकाँ कै प्रवक्ताले खण्डन गर्दै भन्नुभयो– हैन हैन गठबन्धनको प्रधानमन्त्रीका उम्मेदवार अहिले कै प्रधानमन्त्री हुनुहुन्छ ।
Interview with Bishnu Rimal, Deputy General Secretary CPM (UML) – The Morning Show – 2079-07-23