December 6th, 2009
मे १ मा फिलिपिन्सको ट्रेड यूनियन केन्द्र– किलुसाङ्ग मायो उनोले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय ऐक्यवद्धता दिवसमा भाग लिन जानु अघि म कमरेड मदन भण्डारीको टोली लाई विदाई गर्न अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेको थिए“ । यो भन्दा अघि र त्यसपछि आजसम्म प्रायः म अन्य कुनै पनि नेताहरुलाई स्वागत र विदाई गर्न एयरपोर्ट पुगेको छैन । थाहा छैन त्यो दिन किन म एयरपोर्ट पुगें । अलि असजिलो मानी कमरेड मदन भण्डारीको नेतृत्वमा चीन जान लागेको प्रतिनिधि मण्डललाई मैले परबाटै हात हल्लाए“।
मेरो यात्रा झण्डै ३ हप्ता थियो । भ्रमणका क्रममा ट्रेड यूनियनका नेताहरुको अतिरिक्त तत्कालिन समयमा सशस्त्र युद्धमा चर्चित तर विभाजनको संघारमा पुगेको फिलिपिनो कम्युनिस्ट पार्टीका नेताहरु र नया“ जनसेनाका कमाण्डरहरुसंगको भेटघाट बारे कमरेड मदनलाई रिपोर्टि¨ गर्नुपर्ने विषयहरु म संग थिए । ह¨क¨ हु“दै काठमाडौं फर्कने क्रममा फिलिपिनो कम्युनिस्ट पार्टीका एशिया¬¬प्रशान्त क्षेत्र हेर्ने नेताको नेपाल भ्रमणको विषय र उताबाट कमरेड मदनलाई पठाईएका केही पुस्तक÷दस्तावेजहरु पनि मसंग थिए ।
जेठ २ गते काठमाडौं आईपुग्नासाथ मैले कमरेड विद्यालाई फोन गरे र सोधे¬– “कमरेड कहा“ हुनुहुन्छ?” उहा“ले मदन पोखराको कार्यक्रममा जानु भएको, नारायणघाटमा हुने अखिल नेपाल महिला संघको कार्यक्रम सकेर मात्र काठमाडौ आउने बताउनु भयो । मैले ठाने अव उहा“को सामग्रि फर्किए पछि नै दिनु पर्ला ।
३ गते कमरेड माधवले वोलाउनु भयो र फिलिपिनो नेतालाई लिन एयर पोर्ट जान भन्नु भयो । प्रमोद हमाल र सुनिल पौड्याल सहित हामी एयरपोर्ट गयौं । ति फिलिपिनो नेता हाम्रो पार्टीसंग द्विपक्षिय सम्बन्ध बढाउने हिसावले आएका थिए र कमरेड मदनसंगको भेटवार्ता पहिलो कार्यक्रम थियो । तर मदनको व्यस्तता र फिलिपिनो कमरेडको काठमाडौंको छोटो बसाईका कारण ४ गते विहान उनलाई नारायणघाट पु¥यार्यदिने र त्यहीं नै भेटवार्ता गराउने योजना बनेको थियो ।
जेठ ३ गते । म जिफन्ट कार्यालयमा दिनभर रहे“ । म ३ हप्ता अनुपस्थितीका कारण छिनाल्न बा“की रहेका काम सक्ने धुनमा थिए“ । त्यस्तै सा“झ ६ वजेको हुनुपर्छ, बागवजार स्थित पार्टी कार्यालयबाट कमरेड प्रदीप नेपालको अनौठो फोन आयो¬– “तुरुन्त आउनुस्, गंभीर सल्लाह गर्नुछ ।”
जिफन्टमा रहेका अरुहरुलाई ‘यतै रहनु है’ भन्दै म र विनोद वागवजार पुग्यौं । पार्टी कार्यालयको ढोकैमा कमरेड केशव बडालले भन्नु भयो– “मदनको गाडी दुर्घटनाग्रस्त भएछ, पार्टी बर्बाद हुने भयो कमरेड ∕” सबै कुरा थाहा नपाइ सकेको कारणले हुनसक्छ मलाई चा“हि मदन भेटिनु हुन्छ होला भन्ने लागिरहेको थियो ।”
पहिलो तलामा कमरेड प्रदीप हतास भावमा बसिरहनु भएको रहेछ । अरुहरु को को हुनुहूनथ्यो, याद रहेन । उहा“ले हामीलाई भन्नु भयो– “मदन र जीवराज चढेको गाडी मुग्लिनबाट परतिर दुर्घटनामा परेछ । उहा“हरुको हालत के छ थाहा छैन । त्यहा“ स्थानीय पार्टी पुगि सकेको छ । सम्पर्क हुन सकिरहेको छैन, तपाई तुरुन्त त्यहा“ जानोस्, केन्द्रीय कार्यालयलाई नियमित सूचना गर्नुस् ।”
सोच्ने र सोध्ने समय पनि थिएन । काठमाडौंमा छ“दा शैलेन्द्र थापाजी को एउटा रातो गाडि मदनले शुरुका समयमा प्रयोग गनु हुन्थ्यो । त्यही गाडीमा थापा जी, म, विनोद र केशव पाण्डे मुग्लिन तिर लाग्यौं ।
सिमसिम पानी परिहेको थियो । अनेक तर्क गर्दै हामी सामान्य भन्दा तीव्र गतिमा कुदि रहेका थियौं । झण्डै २ घन्टामा हामी मुग्लिनको प्रहरी चौकीमा पुग्यौं ।
“दुर्घटना कहा“ भएको हो, अहिलेसम्मको स्थिती के छ?” हाम्रो प्रश्नको प्रत्युतरमा ड्युटीमा रहेका प्रहरीले भने– “दासढुङ्गामा दुर्घटना भयो.. प्रहरी त्यहा“ पुगीसकेको छ, त्रिशूलीमा गाडी डुवेको छ, नेताहरु भेटिनु भएको छैन, ड्राईभर जीवितै छ…”
यो सूचना हाम्रो लागि निराशलाग्दो थियो । मेरो मनको एउटा कुनामा ड्राइभर अमर लामाले सबै बताउला की भन्ने लागिरहेको थियो । उ एक प्रकारले पत्याइएको कार्यकर्ता थियो । हामीले “पहिले घटना स्थल पुग्ने, त्यसपछि ड्राइभरसंग सोधपुछ गर्ने र पार्टी केन्द्रमा सूचना पठाउने” योजना बनायौं ।
दासढुङ्गामा पुग्दा रात परि सकेको थियो । एक झुण्ड मानिसहरु दुर्घटना स्थलमा झुरुप्प जम्मा भएका थिए। गाडी कसरी आयो र कसरी खस्यो भन्ने दृस्य त्यहा“का प्रत्यक्षदर्शी गाऊंलेहरु आगुन्तकहरुलाई दोह¥याई–दोह¥याई बताई रहेका थिए । त्रिशूलीमा डुबेको गाडी निकाल्ने प्रयत्न शुरु भएको थिएन । हामीले घटनाको प्रकृति हे¥यौं र अड्कल काट्यौ, सायदै मदन र आश्रित जीवीत हुनुहोला ∕ त्यहा“ उपस्थित सबैले एक प्रकारले मदन–आश्रितको जिवित रहने आस मारी सकेका थिए ।
पार्टीका स्थानीय कार्यकर्ताले हामीलाई पनि फेरी एकपटक उही विवरण सुनाए र भने– “अमर लामा अस्पतालमा भर्ना गरिएको छ ।” हाम्रो टिमले त्यहा“ बसीरहनु भन्दा नारायणघाट पुग्ने र पार्टी केन्द्रलाई सूचना गर्नु उपलव्धीमूलक हुने ठान्यो ।
हामीले त्यहा“ कान्तिपुर दैनिकका कृष्ण उपाध्याय र फोटोग्राफर चन्द्रशेखर कार्की सहित अर्का एकजना पत्रकारलाई भेट्यौं । पत्रकारहरुको टिम मध्ये कान्तिपुर, त्यहा“ पुगेको पहिलो टोली थियो । नेपालमा तुरुन्तै घटनाको सूचना संप्रेषण गर्ने प्रचलन चलिसकेको थिएन । त्यो समयसम्म कान्तिपुर पनि त्यति धेरै चलिसकेको थिएन, यो घटनाको न्यूज ब्रेक गरेपछि त्यो पत्रिका व्यापक भए जस्तो मलाई लाग्छ । उहा“हरुपनि हामीसंगै नारायणघाट लाग्नु भयो ।
नारायणघाटको अस्पतालमा हामी पुग्दा अमर लामा वेडमा पल्टिरहेका थिए । ‘हामीलाई देख्ना साथ भावावेगमा आउने छन् र आपूm दुर्घटनाको कारक बनेकोमा दुख मनाउ गर्दै रुने छन्’ भन्ने मेरो अपेक्षा थियो । “यो के भयो अमर? तिमीलाई कस्तो छ?” मैले सोधे“ । हुनेहुनामी त भइसकेको थियो, त्यसले पु¥याउने अकल्पनीय क्षती त हामीले भोग्नु नै थियो । पार्टी कै कार्यकर्ता भएकोले म उ प्रति पनि सहानुभूती प्रकट गर्दै थिए“ । तर मेरो अपेक्षा विपरित हामीले बोलाउ“दा पनि उनी बोलेनन्, अर्को तिर फर्किए । मैले यसलाई अझैपनि सकारात्मक ढ“गले लिए । सायद घटनाको तोड यिनलाई ज्यादै परेको छ र आफैपनि कतै घाइते भएका हुनसक्छन् π
तर कान्तिपुरका कृष्ण उपाध्यायले “कसरी दुर्घटना भयो, नेताहरु कसरी बस्नु भएको थियो र तिमी कसरी बच्यौ” भन्ने प्रश्न गर्नसाथ उ बक्न थाल्यो । “पानी परिरहेको थियो, गाडी स्पिडमा थिएन, एक्कासी गाडी चिप्लियो र म पानीबाट पौडिखेलेर निस्किए …π”
हामी तत्काल जिल्लियौं । मैले बोलाउ“दा नबोल्ने, पत्रकारले सोध्नासाथ फरर विवरण दिने–के हो यो?∕ तर मलाई अझै पनि ‘दुर्घटना षडयन्त्रको अङ्गको हो’ भन्ने लागिरहेको थिएन । अस्पतालबाट बाहिरिना साथ कृष्ण जीले भने– “यो ड्राईभर अब फस्यो, यसको कुरा बाभ्mयो ∕” हामीले काठमाडौं फोन ग¥यौं र जे जति बुझेका थियौं सूचित ग¥यौं । हामीलाई केन्द्रीय कार्यालयबाट राती त्यही रहने र विहान स्थिति हेरेर खवर गर्ने निर्देशन प्राप्त भयो ।
हाम्रो रात दासढुङ्गामा वित्यो । अनेक तर्क वितर्क हु“दै थियो । मानिसहरु आप्mनो तर्कको निस्कर्षमा कम्तिमा पनि मदन चा“हि जिवीतै हुनुहोला भन्ने निस्कर्ष निकाल्दै थिए– “मदन पौडी खेल्न माहिर हुनुहुन्थ्यो रे, पक्कै त्रिशुली पार गरी कतै पुगेको हुनुपर्छ ∕” कोही भन्दै थिए– मदनपछिको एमाले कस्तो होला? यस्तै तर्कनासंगै हामीले समय वितायौं । पूर्व–पश्चिमबाट आइरहेका गाडीले सडक भरिएको थियो । उज्यालो हु“दा–नह“ुदै दुर्घटनास्थल मानिसहरुले टनाटन भरिएको थियो । सबैमा आग्रहपूर्ण “अन्धविस्वास” थियो– मदन चा“हि जीवीतै हुनुपर्छ π
विहान १०–११ बजे तिर फेरी एकपटक काठमाडौंमा फोन गरियो । “धेरै कमरेडहरु त्यता जानु भएको भएको छ, यहा“ अरु काम छ– तपाई चा“ही फर्किनुस् ।”
क्रेन उज्यालो भएपछि मात्र आयो र गाडी निकाल्ने प्रयत्न शुरु भयो । केही समयको प्रयत्न पछि गाडी बाहिर निकालियो । विभत्स दृष्य∕ लगभग छिन्न लागेको घा“टी र दा“त झरेको अनुहार सहितका जीवराज आश्रितको शव गाडीमा देखियो । चिच्याहट र कोलाहल थियो– कृष्णगोपाल वेहोस हुनुभयो । यो पिडादायक क्षण सहित मदनको जिवित रहने आस टु¨ियो । फिलिपिन्समा हासिल गरेको अनुभव मदनलाई सुनाउने र छलफल गर्ने मेरो धोको अधुरै रह्यो ।
काठमाडौं फर्कने निर्देशन पाएकोले आपूmसंगै गएकाहरुलाई त्यहीं छोडी म कान्तिपुर कै गाडीमा फर्किए“ । बाटोमा धेरै तर्कना आयो । मदनको टोली चीन हिडे पछि मैले सोम राईसंग गरेको बहस सम्झिए“ । मदन हाम्रो सन्दर्भमा नया“ “माक्र्स” हुन् तर यति ठूला नेताहरु एउटै जहाजमा चीन किन गएको? केही भयो भने एमाले त डुव्छ ∕ यो घटना पछि विदेशी सञ्चार माध्यमले समेत मदनलाई “नेपाली माक्र्स” लेख्यो । चीन वा भारत भ्रमणमा त केही भएन, तर जीवराज र उहा“संगै गएको गाडी दुर्घटनाग्रस्त भयो । सोम र मैले छलफल गरे “मात्रामा” नभए पनि काफी क्षति त हामीले व्योहोर्नु प¥यो । १६ वर्ष वितेको छ । मदनको अभाव हामीलाई उत्तिकै खट्रिहेको छ ।
जेठ ३ गते को प्रस¨मा हामीले यो पक्षलाई आगामी दिनमा पनि ख्याल गर्नु पर्छ की?