April 7th, 2017
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको झण्डै एक महिना ७ दिन पछाडि राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधनबाट नेपाली जनताले धेरै अपेक्षा गरेका थिए, तिहार अगाडि नै गरिने भनिएको सम्बोधन तिहार पछाडि आयो । तर, जसरी आयो, ढिलै आए पनि तन्दुरुस्त आओस् भन्ने नेपाली जनताको आकाङ्क्षा सम्पूर्णरुपमा पूरा भएन । कतै सरकारको नीति तथा कार्यक्रमको झल्को जस्तो पाउने, कतै भाषा असाध्यै समृद्ध बनाइएको निबन्ध जस्तो झल्को आउने, कतै आक्रोश जस्तो झल्को आउने, प्रधानमन्त्रीको यो सम्बोधनले मुलकका तात्कालीन समस्याको समाधान गर्ला ? प्रधानमन्त्रीको जो सम्बोधन आयो, तिहार अगाडि नै त्यो सम्बोधन आउने विषय थियो, तिहार पछाडि आयो । सम्बोधनलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठक नबसीकन त्यसको समय र अन्य विषय सार्वजनिक गर्न बालुवाटार सूत्र सम्बद्ध कर्मचारीहरु मानिरहेका थिएनन्, तर जसरी आयो, त्यति धेरै मानिसलाई उल्लासपूर्ण विषय आएन ?
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>19 AvenuesTV Nepal_ 18 Nov 2015