January 22nd, 2014
धेरैलाई लागेको हुनसक्छ– समाज पूर्ण पूँजीवादी नहुँदा पूंजीपतिहरुलाई सहुलियत दिईनु पर्छ। यसले उनीहरुमा लागानीको उत्प्रेरणा जगाउंछ । र, सायद यस्तो सोच्नेले ठान्छन्, त्यो सहुलियत श्रमिकहरुको गांस काटेर मात्रै संभव छ !
सन्दर्भ
नेपालमा ट्रेड युनियन आन्दोलनको दोस्रो संस्करण शुरुवात भएको करिब ३५ वर्ष भएको छ। जिफन्टको स्थापना भएको पनि २४ वर्ष नाघि सकेको छ । संगठित उद्योगदेखि अनौपचारिक क्षेत्रमा छरिएर रहेका श्रमिकसम्मलाई संगठित गर्ने क्रममा विभिन्न विधिहरु प्रयोग भएका छन् । २०३६ सलादेखि २०४६ सम्मको एक दशकसम्म हामीले औपचारिक क्षेत्रमा सञ्चालित कलकारखाना र सेवा उद्योगका श्रमिकहरुलाई युनियनमा समेट्न “अर्गनाईजिङ्ग–मोडल” को विधि अपनायौं । “अर्गनाईजिङ्ग–मोडल” भनेको ‘आप्mनो मानो खाएर, आफ्नोलागि युनियन बनाउने” विधि हो, जुन आदर्श त्यतिखेरका साथीहरुले बोक्नु भएको थियो । जो, जो ‘पेशेवर युनियन संगठक’ बन्नु भयो उहाँहरु समेत श्रमिकहरु कै भरपोषणमा क्रियाशील हुनुभयो । जिफन्टको स्थापना पछि २०४६ साल यता श्रमशक्ति विकासकालागि “अर्गनाईजिङ्ग” सहित विभिन्न विधि र माध्यमहरु प्रयोग भएका छन् ।
अवधिको मूल्याङ्कनगर्दा जिफन्ट आन्दोलन भित्र अहिले तीन पुस्ताका युनियनकर्मीहरु हुनुहुन्छ । ठूलो संख्यामा युवा र चलायमान श्रमिकहरु मातहतमा क्रियाशिल हुनुहुन्छ, मूख्य जिम्मेवारीमा उमेरका हिसावले वयस्क, स्थिर तर क्रियाशील कार्यकर्ता हुनुहुन्छ । र, वरीपरी सेवा निवृत्त भएका वा सेवा निवृत्त हुने दिशातर्फ उन्मुख बरिष्ठ युनियनकर्मीहरु हुनुहुन्छ । २०४६ र २०५७ सालपछि क्रमशः गरिएका १०÷१० वर्षे योजना कै आधारमा हाम्रो आन्दोलन आजको उचाईमा पुगेको हो । अव हामी आउंदो दशकको लागि योजना निर्माणको मोडमा आई पुगेका छौं। अर्को दशकको योजना गर्ने भनेको आउंदो दशकका लागि युनियन आन्दोलनको लागि आवस्यक पर्ने नीति, विधि, संरचना र प्रतिवद्ध नेतृत्व पङ्ती तयार गर्नु हो । निःसन्देह यसकालागि हाम्रो महासंघ–परिवारलाई आवस्यक पर्ने, नियमित तर ठोस र सघन प्रशिक्षणको विस्तृत गृहकार्य आवस्यक छ ।
स्थिति
गतसाल परिचालन गरिएको ‘तत्काल कार्यसम्पदान टोली’को तथ्याङ्कलाई हेर्ने हो भने देशभरीमा जिफन्टका हजारभन्दा बढी स्थानीय कमिटीहरु अस्तित्वमा छन् । यिनीहरुलाई पनि नेतृत्व गर्ने केन्द्रीय–अञ्चल र जिल्ला संरचनाहरु छन् । यिनै कमिटीहरुमा आवद्ध कमरेडहरुमा नै जिफन्टको वर्तमान नेतृत्वमा रहेका अघिल्लो पुस्ताले आप्mनो जिम्मेवारी हस्तान्तरण गर्ने हो । हामीलाई थाहा छ, नेतृत्व निर्माण भनेको हाटहुटमा हुने कुरा होईन । विभिन्न विषय र विधामा जानकार व्यक्तिहरुको टिम निर्माण गर्नु भनेको बाट नै नेतृत्वको निर्माण गर्नु हो ।
अघिल्लो दुई दशकमा आमसभामा दिइने भाषण हु“दै निश्चित पाठ्यक्रम रहेको ९ महिने ट्रेड युनियन स्कूलबाट ‘सिकाई’को प्रकृयालाई निरन्तरता दिईएको थियो । ट्रयु–क्याम्पेन नाम दिइएको त्यो अभियान अन्तरगत मोवाइल ट्रेड युनियन स्कूल हु“दै लेवोर युनिभर्सिटीको अवधारणा समेत प्रस्तुत गरिएको थियो । हाम्रा कतिपय योजनाहरुले उत्साहजनक परिणाम दिए, तर केही भने प्रचारमा मात्रै सीमित रहन पुगे । जिफन्ट श्रोत केन्द्र सञ्चालनदेखि राष्ट्रिय श्रम प्रतिष्ठान (ल्ीब्(ल्बतष्यलब िीबदयगच ब्अबमझथ) को स्थापनासम्म यही प्रकृयामा विकसित भएका हाम्रा संरचनाहरु हुन् ।
तर अहिले हामीसंग रहेको नेता–कार्यकर्ता पङ्तीलाई समयानुकल नेतृत्व गर्न सक्ने तुल्याउन विचार, सिद्धान्त, अर्थ–राजनीति र श्रम–सम्बन्धका विभिन्न पक्षका बारेमा थप प्रशिक्षित गर्नु जरुरी देखिन्छ । श्रमशक्तिको विकासका लागि भिन्न–भिन्न देशमा विभिन्न प्रकारका संरचना नै खडा गरी प्रयत्न गरिएको पाईन्छ । उनीहरुको यी अनुभवको कसीमा,“ट्रेड युनियन शिक्षा विभाग, केन्द्रीय योजना आयोग, राष्ट्रिय श्रम प्रतिष्ठान”जस्ता जिफन्टसंग रहेका विद्यमान संरचना अपेक्षा गरिएका आवस्यकतालाई सम्बोधन गर्न अपर्याप्त देखिन्छ ।
जस्तो की, विभिन्न युरोपेली देशहरुका ट्रेड युनियनहरुलेआप्mनै ट्रेड युनियन ईन्स्टिच्युट मार्फत प्रशिक्षण अभियान नै सञ्चालन गरिरेहका छन्, उनीहरुका आफ्नै ट्रेड युनियन स्कूलहरु छन् । कतिपय युनियन तथा ग्लोवल युनियन फेडेरेशनहरुले नियमित रुपमै वर्षको एक याममा ‘समर ट्रेड युनियन स्कूल’ सञ्चालन गरी सामूहिक रुपमा प्रशिक्षण दिने विधि समेत सञ्चालन गर्दै आएका छन् । अष्ट्रेलियाको ट्रेड युनियन– एसिटियुले त पृथक ढंग कै प्रशिक्षण अभियान सञ्चालन गरेको थियो । ट्रेड युनियन ट्रेनिङ्ग अथोरिटी (टुटा) नामको संस्था खडा गरी आप्mनो देशको मात्रै नभएर विश्व कै युनियन आन्दोलनलाई लाभान्वित गराउने काम समेत गरेको थियो। वेलायतले विभिन्न क्याम्पस र विश्वविद्यालयहरु संगै जोडेर अर्गनाईजिङ्ग एकेडेमी सञ्चालन गरिरहेको छ । अमेरिकाको ट्रेड युनियन एएफएल–सिआईओ ले विगत २५ वर्ष देखि आफ्नै अर्गनाईजिङ्ग इन्स्टिच्युट सञ्चालन गरिरहेको छ । हामी आफैं आवद्ध आइटियुसीले पनि गतवर्षबाट अर्गनाईजिङ्ग एकेडेमीको अवधारणा विकसित गरेको छ ।
यी केही उदाहरण मात्र हुन्, यस्ता थुप्रै अनुभव विश्व भरी नै छन् । हामीले यिनै अनुभवलाई ख्याल गर्दै आगामी कार्यकालबाट नया“ प्रयास थाल्नु आवस्यक छ ।
लक्ष्य
श्रमजीवी वर्गको २ वटा स्वार्थहरु छन्– हक सम्बन्धित र हीत सम्बन्धित । हक राजनीतिक विषय हो भने हित, संविधान–कानून– र संझौताबाट तय गरिने लाभ हो । ‘हक’लाई हामी समाजको रुपान्तरणसंग जोड्छौं, ‘हित’लाई श्रम लागानीबाट प्राप्त गरिने ज्याला–सुविधा जस्ता मर्यादित लाभसंग जोड्छौं । पहिलो विषय, ज्यालजीवीलाई राज्यको सम्मानित नागरिक बनाउने विषयसंग गा“सिन्छं, र दोस्रो चा“हि श्रम लगानी गरे वापत प्राप्त गरिने मुनाफासंग ।
यसको प्राप्तीको बाटोलाई हामी श्रमजीवी वर्गले ‘वर्गसंघर्ष’ नामाकरण गरेका छौं । हाम्रो समाज र अर्थ–राजनीतिको रुपान्तरण, वर्ग–संघर्षको माध्यमबाटै हुन्छ भन्नेमा हामी विस्वास गर्छौं। र, हामीले स्वीकारेको राजनीतिक सिद्धान्त र कार्यक्रम अनुसार– वर्गसंघर्ष, शान्तिपूर्ण तथा बैधानिक बाटोबाट सञ्चालित हुन्छ ।
धेरैलाई लागेको हुनसक्छ– समाज पूर्ण पू“जीवादी नहु“दा पूंजीपतिहरुलाई सहुलियत दिईनु पर्छ। यसले उनीहरुमा लागानीको उत्प्रेरणा जगाउंछ । र, सायद यस्तो सोच्नेले ठान्छन्, त्यो सहुलियत श्रमिकहरुको गांस काटेर मात्रै संभव छ !
हाम्रो बुझाईमा आर्थिक गतिविधिमा लगानी एक पक्षले मात्रै गर्दैन । त्यहा“ दुई पक्ष हुन्छ– एउटा पक्षले भौतिक तथा मौद्रिक पू“जी लगानी गर्छ, अर्कोले जिवित श्रमशक्ति लगानी गर्छ π अघिल्लोले सारा सम्पत्ती लगानी गर्छ, पछिल्लोले सम्पूर्ण जीवन π लगानी गर्नेले तीन प्रकारको प्रत्याभुतिको माग गर्छ– प्रतिफल, दिगोपन र सुरक्षा π यो दुवै पक्षमा उत्ति कै लागु हुन्छ र हुनुपर्छ । अघिल्लोले प्रतिफलको रुपमा मुनाफा, दिगोपनको रुपमा लगानीको दीर्घ जीवन र सुरक्षा को रुपमा भौतिक सम्पत्तीको संरक्षणको प्रत्याभुति चाहन्छ । दोस्रोले प्रतिफलको रुपमा मर्यादित ज्याला–सुविधाहरु, दिगोपनको रुपमा रोजगारीको निरन्तरता र सुरक्षाको रुपमा मानवीय शक्तिको सामाजिक संरक्षणको प्रत्याभुति खोज्छ । यी दुई पक्ष वर्गसंघर्षका पक्ष र विपक्ष हुन् । समाजको विकासको लागि यी दुई विपरित स्वार्थ वोकेका पक्षवीच संघर्ष– एकता– र संघर्ष चलिरहन्छ । एकको अस्तित्वमा अर्को को जीवन रहने हुनाले नै हामी यी दुई पक्ष वीच सह–अस्तित्व खोज्छौं । र दुई पक्ष वीचको द्वन्द्वलाई सामाजिक सम्बाद मार्फत वैधता दिन्छौं । सामाजिक सम्बाद भनेको दुई लगानीकर्ता वीच हुने सामुहिक सौदावाजी हो । तसर्थ सामुहिक सौदावाजीलाई हामी वर्गसंघर्षको वैधानिक र शान्तिपूर्ण अभिव्यक्तिको माध्यम ठान्दछौं ।
हाम्रो यो लक्षलाई, हाम्रा प्रत्येक सदस्यले, नेता तथा कार्यकर्ताहरुले उस्तै जोड र कोणमा बुभ्mनु पर्छ । त्यसैले अवको योजना ‘सिक्ने र सिकाउने’ कार्यसंग जोडिनु पर्छ ।
योजना
अवको दशकको लागि प्रस्तावित नया“ योजनाका २ पक्ष हुनेछन् । पहिलो अनुसन्धान र नीति विश्लेषणसंग सम्बन्धित हुनेछ । सिक्ने–सिकाउने विधि, प्रकृया र संरचनाकोे विकास गरी ‘प्रशिक्षण, नीति विश्लेषण, अनुसन्धान र परिचालन’ गरी ४ तहमा यो कार्यक्रम लागुगर्नु उपयुक्त देखिन्छ ।
दोस्रो पक्षमा पहिलो पुस्ताका कार्यकारी भूमिकाबाट निवृत्त कमरेडहरुलाई संगठित गर्न व्यवस्था गरिएको वरिष्ट युनियनकर्मी सञ्जाल, सामुदायिक श्रमिक क्लवलाई एकीकृत रुपमा सञ्चालन गरिनेछ । वरिष्ट युनियनकर्मी सञ्जाल र सामुदायिक श्रमिक क्लवलाई जोड्ने कडीको रुपमा सहकारी कार्यक्रम शुरु गर्नु व्यवहारिक देखिन्छ । यद्यपी सहकारी सञ्चालन सम्बन्धि हाम्रा वितेका वर्षहरुका अनुभव उत्साहजनक छैनन्, तर यसैमा काम गर्ने गरी अनुभवी नेता–कार्यकर्ताको पङ्ती विन्यास गर्दा अपेक्षित नतीजा आउने आसा गर्न सकिन्छ । यसलाई सुत्रमा “वक–अप कार्यक्रम” या “भिसीसी एसः भेट्रान– क्लव– र कोअपरेटिभ स्कीम” नाम पनि दिन सकिन्छ । यो छुट्टै नया“ योजना नभएर, पा“चौ महाधिवेशनमा तय गरिएको कार्यक्रमलाई निरन्तरता दिने प्रयास मात्रै हो । यसलाई जिफनटमा आवद्ध श्रमजीवी वर्गको “घर–दैलोदेखि घर–दैलोसम्म” को कार्यक्रमको रुपमा प्रचारित गर्न सकिन्छ ।
समन्वय गर्नुपर्ने केही पक्ष
आगामी दशकको कार्यक्रम तय गरिरह“दा विद्यमान संरचनासंग खप्टिने र दोहरिने केही पक्षलाई ध्यान दिनुपर्छ । हाल हामीसंग रहेका संरचनाहरुलाई नया“ प्रस्ताव अनुरुप निम्नानुसार व्यवस्थापन गरिनु उपयुक्त हुन्छ –
वरिष्ट कार्यकर्ताको प्राथमिक काम भनेको पदोन्नतीकोलागि युवा र मध्यम–उमेरका कार्यकर्ताहरुको खोजी गर्नु हो ।
–चिनियाँ नेता तङ् सियाओ पिङको
“यदी हामीले अव ३–५ वर्षको वीचमा उत्तराधिकारको समस्या राष्ट्रिय स्तरमा नै हल गर्न सकेनौं भने निसन्देह भद्रगोल शुरु हुनेछ । केही बरिष्टहरु हामी वीच नरहनु होला, केही जिवित रहे पनि काम गर्न नसक्ने हुनुहोला ।
… अहिले ४० माथिकाहरु ४७÷४८ वर्ष मा पुग्नेछौं । यो भनेको तन्नेरी पुस्ता होईन । जो अहिले नै ५० नाघेका छौं, ६० तिर उक्लिने छौं । मलाई डर लागि रहेछ, आज यहाँ उपस्थित कमरेडहरुमा केही मात्र अझै युवा छौं, अधिकाँस हामी ६० कै हाराहारीका छौं । आजबाट ७–८ वर्ष पछि के होला? हामीहरु सबै ७० को आसपास पुग्ने छौं । यो नै आज हामीले गंभीरता पूर्वक सोच्न पर्ने विषय हो…!”
( जुलाई २, १९८१ म प्रान्तीय पार्टी सचिवहरुको भेलामा दिईएको मन्तव्यबाट)