June 26th, 2021
‘पछिल्लो समय अदालतमा हुने निर्णयहरु भनेको मिडियामा के कुरा आएका छन्, ईजलासमा आएर तिघ्रा ठट्याएर कुन चाहीँ वकिल साहेबले बढि उफ्रिनुभयो, त्यसको आधारमा फैसला भएको देखिन्छ । तपाईँले विधि सोध्नुभयो भने हाम्रो देशमा सरकार बन्ने संविधानको धारा भनेको धारा ७६ को १, २, ३ र ५ हो । ५ अनुसार सरकार बन्न नसकेपछि संसद् विघटन भएको हो । अब यही विधिमा जाने हो भने त संसद् पूनःस्थापना हुने ठाउँ चाहीँ मैले देख्दिन् । अब मैले अघि नै भनिहालें, अहिले हामी विधिमा छैनौं । कसैलाई लागेको आधारमा, उफ्रिएको आधारमा र बाहिर प्रभावित गरेको आधारमा फैसला हुन थालेको छ ।’