Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

औद्योगिक व्यवसाय ऐनको विरोध किन?

April 8th, 2017

सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐनको चर्को विरोध गर्दै आउनभएको छ नि, किन ?

यसको एउटै मात्र कारण हो कि उद्योग व्यवसायी र नेपाल ट्रेड युनियन आन्दोलनको बीचमा सरकारकै रोहवरमा हामीले केही विषयमा हामीले सहमति जनाएका थियौं । चार पाँच वर्षदेखि हामी एउटै काममा लाग्यौं, साँच्चै भने हो भने हामी ६ वर्षदेखि श्रम कानुनहरुलाई संशोधन गर्ने र नयाँ ढंगले जाने हिसाब ग¥यौं । हामीले के भन्यौं भने जुन तप्काको संविधान आउँछ, त्यही अनुसारको कानुन बन्नुपर्छ भन्दै आयौं । यही हिसाबले हामीले व्यवसायीसँग सहमति ग¥यौं । त्यही हिसाबले सहमतिको आधार हाम्रो के रह्यो भने जुन मात्रामा श्रमिकलाई सुरक्षा दिइन्छ, त्यही मात्रामा श्रमबजारलाई खुकुलो बनाउनुपर्छ भन्यौं । लचकता भन्ने शब्द यहाँले नि सुन्नुभएको होला, सामाजिक सुरक्षा र लचकताको बीचको सन्तुलनको कुरा हामीले गर्दै आयौं । हामीले दुईटा ऐन खास गरी विद्यमान श्रम ऐनलाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा लागु गर्नका लागि बनेको दुइटा विधेयक चाहिँ संसदीय समितिमा छलफलको क्रममा छ र ती दुबै विधेयकमा मेरो विचारमा नेपालमा पहिलो चोटि व्यवसायी र ट्रेड युनियनहरु बीच सहमति भएर पेस गरिएका कानुनहरु हुन् ती । श्रम बजारलाई कसरी खुकुलो बनाउने र श्रमिकलाई कसरी सुरक्षित गर्ने भनेर दुइटा स्टेक होल्डर दिने र लिने बीच सहमतिमा बनेको कानुन छलफलमै रहेको बेला औद्योगिक व्यवसाय ऐनमा गलत तरिकाले श्रम विरोधी केही प्रावधानहरु पर्न गए, त्यसमा हाम्रो असहमति रहन गएको हो ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>02 Makalu bishesh Nov 24 2016

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.