April 17th, 2021
सरकार गठनको आगामी प्रक्रिया, राजपासँगको सहकार्य र एमालेभित्रको विवादलगायतका विषयमा भिडिओ कुराकानी:
‘संसद बैठक वक्तृत्वकला प्रतियोगिता जस्तो मात्रै देखिएको छ। प्रधानमन्त्रीले त यो संसदले औचित्य भएन भन्नुभएकै हो । प्रतिनिधि सभाले परिणाम दिन सक्दैन भनेर नै प्रधानमन्त्रीले विघटन गर्नुभएको हो। सर्वोच्च अदालतले यसलाई खारेज गरिदिएको हो। जसले यो संसदको औचित्य छ भनेका छन् उनीहरूले पुष्टि गरे भयो नि।’ ‘सर्वोच्चको आदेशपछि माधव नेपालले पेरिसडाँडामा छुट्टै बैठक गर्न लाग्नुभयो। त्यो काम नगर्नुस् भन्ने प्रधानमन्त्रीको भनाइ हो,’ उनले भने,’प्रधानमन्त्रीले नगर्नुस् भनिसकेपछि पनि उल्टो-उल्टो काम गरेपछि गरिएका प्रतिक्रियामात्रै हुन् जस्तो लाग्छ मलाई।’
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८, ०६:४१:००