Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

यो सत्ता समीकरण हो, गठबन्धन होइन

March 29th, 2024

अहिलेको सरकार पाँच दलीय ‘समीकरण’को हो, ‘गठबन्धन’को हैन । सत्ता सञ्चालनको लागि हामीले न्युनतम नीतिगत प्राथमिकतामा सहमति र साझा सङ्कल्प गरेका छौं । न्यूनतम सहमति भनेको अधिकतम कुरा त्यस बाहिर छ भन्ने बुझ्न पर्छ । साझा भन्नुको अर्थ त्यसभन्दा बाहिर पनि हामीहरुको फरक–फरक बिषय छन् भन्ने बुझ्न पर्छ ।


विष्णु रिमाल, एमाले उपमहासचिव

सत्ता गठबन्धनले इलाम–२ मा एमालेलाई समर्थन गर्ने चर्चा थियो, तर एमालेले किन एक्लै उम्मेदवार घोषणा गर्‍यो ?

यो सत्ता समीकरण हो, गठबन्धन होइन । जुन कुरा मिल्छ, त्यो साझा गर्ने भनेका छौं, जुन मिल्दैन आ–आफ्नै गर्ने भनेका छौं । दलहरूको बीचमा एजेन्डाका आधारमा सहकार्य र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मत हो । यो हिसाबले हामीले उपनिर्वाचनमा सहयोग गर्न सक्ने दलहरूलाई सहयोगका लागि आह्वान गरेका छौं । अर्को कुरा, साझा उम्मेदवार बनाउन सत्ता समीकरणमा रहेका दलहरूबीच केही कुराकानी भएको छैन । उम्मेदवारको अन्तिम सूची आउनुअघि एकले अर्कालाई आग्रह गर्ने हुन सक्छ । हामीले पनि सहयोगका लागि आग्रह गरेका छौं । सहयोग गरे धन्यवाद भन्छौं, नभए प्रतिस्पर्धा गर्छौं ।

माओवादीले इलाम–२ मा एमालेलाई समर्थन गर्ने चर्चा त चलेको थियो नि ?

हामीले दलहरूको सिन्डिकेट बनाउन खोजेको होइन । यताउता मिलायो, गठबन्धन बनायो, सिन्डिकेट खडा गरायो, यो तरिकाले राजनीति स्थिरता हुँदैन । हामी न्यूनतम नीतिगत कुरामा सहमत छौं । साझा संकल्प गरेका छौं ।

योबाहेक हाम्रा आ–आफ्ना एजेन्डा हुने भए । उपनिर्वाचनमा एकले अर्कालाई सहयोग गर्न सक्छन् । गत निर्वाचनमा इलाममा हामीले जितेको हो, बझाङमा निकटतम प्रतिद्वन्द्वी हो । दुवै ठाउँमा कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरेको हो, अरूसँग होइन । हामीले चुनाव जित्ने हो । सत्तामा रहेका साथीहरूले उम्मेदवार उठाउनुहुन्छ भने हाम्रो थप टिप्पणी हुँदैन । निर्वाचनमा उम्मेदवार हुन सबै स्वतन्त्र छौं । के कुरा बुझ्नु हुँदैन भने गठजोड गरेपछि सबै कुरा साझा हुनुपर्छ ।

सत्ता साझा हुने, नीति संकल्प हुने तर उम्मेदवार किन साझा नहुने ?

सरकार सञ्चालनका लागि हामीले साझेदारी गरेका हौं । हामी अर्को चुनाव पनि सँगै लड्छौं भनेका छैनौं । सरकार सञ्चालनका लागि न्यूनतम नीति प्राथमिकता र संकल्प गरेका हौं । अधिकतम धेरै कुरा हाम्रा आ–आफन छन् त्यसमा ।

गठबन्धन दलबीच चुनाव विशुद्ध प्रतिस्पर्धा हो, सरकार सहकार्य हो भनेर बुझ्दा हुन्छ ?

हो, त्यही भएर हामीले गठबन्धन भनेका छैनौं । गठबन्धन शब्द रुचाउँदैनौं । अहिले सत्ता साझेदार पाँचवटै दलले नयाँ समीककरण भनेका छौं । यसमा कुनै साझा चुनाव चिह्न लडेको, साझा घोषणापत्र केही छैन । सरकारको प्राथमिकतामा साझा न्यूनतम नीति र संकल्प प्रस्तुत गरेका छौं ।

अन्तिममा साझा उम्मेदवार हुने सम्भावना छ ?

अरूको कुरा भन्न सक्दिनँ । एमालेका उम्मेदवार दुवै क्षेत्रमा उठ्छन् ।

यो सत्ता समीकरण हो, गठबन्धन होइन। प्रकाशित : चैत्र १६, २०८० ०६:४४ । कान्तिपुर दैनिक ।

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.