Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार छैन

December 12th, 2022

मंसिर २६, २०७९ |कान्तिपुर टीभी संवाददाता

एमाले उपमहासचिव रिमाल भन्छन्- कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वर्तमान कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएको बताएका छन् । उनले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्ता रिहा गर्नेगरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति पनि जनाए ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उपमहासचिव रिमालले ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैंमा गलत भएको उल्लेख गरे । एमालेले अध्यादेशको सशक्त विरोध गर्ने पनि रिमालले बताए । 

राजनीतिकलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतीकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत शासन गर्छु भन्नु नै गलत भएको उनको टिप्पणी थियो । उपमहासचिव रिमालले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नभएको तर्क पनि गरे । उनले नयाँ सांसदहरु चुनिएर आएकाले वर्तमान सरकारले मुलुकमा दूरगामी महत्त्वको कुनै पनि काम गर्न नमिल्ने जिकिर पनि गरे ।

उपमहासचिव रिमालले भने, ‘यो शतप्रतिशत काम चलाउ सरकार हो अहिले । भलै भोलि उहाँहरु नै प्रधानमन्त्री र मन्त्री हुनुहोला । तर अहिले उहाँहरुको हैसियत भनेको काम चलाउ हो । काम चलाउ सरकारले दूरगामी महत्त्वको कुनै पनि काम गर्नु हुँदैन, त्यसमा पनि अध्यादेशजस्तो विषयमा ।’ उपमहासचिव रिमालले यस्तो अवस्थामा अध्यादेशमार्फत शासन गर्छु भनेर सोच्नु नै आफैंमा गलत रहेको बताए ।

‘चाँडै नयाँ संसद बन्दै छ । नयाँ सांसदहरु चुनिएर आइसकेका छन् । पहिलेका सांसदहरु भूतपूर्व भइसकेका छन् । यस्तोमा अध्यादेशमार्फत शासन गर्छु भनेर सोच्नु नै आफैंमा गलत हो । त्यसमाथि पनि चुनावका बेलामा नारा लगाउने गठबन्धन उसले केका लागि भोट मागेको भन्दा संविधानको रक्षा गर्नका लागि । के-का लागि भन्दा प्रतिगमनविरुद्धका लागि भन्नु भएको उहाँहरुले । एमालेलाई हराउँदा प्रतिगमन हराएको हुने भन्ने । हामीले जित्ने भनेको संविधानले जित्ने हो भन्ने गठबन्धन,’ उनले भने, ‘उहाँहरु संविधानको रक्षा गर्छु भन्नेले नै संविधानको भावनालाई नै असर पार्ने गरी यो काम गर्नै हुँदैन थियो । यो काम गर्नु नै गलत हो ।’

उनले अध्यादेश ल्याउनु आफैंमा गलत काम भएको टिप्पणी पनि गरे । ‘यो तहको सरकारले अहिले यो ल्याउन मिल्दैन । यो असंवैधानिक हो,’ उनले भने, ‘संविधानविरोधी काम हो यो । एमालेले यसरी नै बुझ्छ ।’

उपमहासचिव रिमालले जेलभित्र रहेका राजनीतिक बन्दीलाई रिहा गर्ने नाममा इँटाभट्टामा मान्छे मारेको आरोप लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई आममाफी दिन अध्यादेश ल्याउन सरकार लागेको पनि बताए । उनले वर्तमान गठबन्धन सरकार कायमै रहे मुलुकले धेरै नकारात्मक कुरा भोग्नुपर्ने र लोकतन्त्रप्रतिको वितृष्णा बढेर जाने आरोपसमेत लगाए । आइतबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी करार रेशम चौधरीलाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.