Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

एमालेको घोषणापत्रः ५ मिनेटमा एनिटभीमा

November 14th, 2013

जसको नीति- उसको नेतृत्व ! कसको नीति, कसको नेतृत्व? एमालेको नीति एमाले कै नेतृत्व !!!

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

हामी तपाईको मतको मात्र हैन मनको समेत प्रतिनिधित्व गर्दछौं । त्यसैले एमालेको नीति र एमाले कै नेतृत्व स्थापित गर्न सूर्य चिन्हमा मतदान गर्न विनम्र अपिल गर्दछौं ।

हामीहरू फेरि संविधानसभाको निर्वाचनको सँघारमा उभिएका छौं । नेकपा (एमाले) राष्ट्र तथा जनताले हाम्रो पार्टीसँग राखेका अपेक्षा पूरा गर्न पूर्ण निष्ठा, क्षमता र इमान्दारिताकासाथ समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछ ।

संविधानसभा जनताको सर्वोच्चता र सार्वभौमसत्ता प्रकट हुने समुन्नत लोकतान्त्रिक विधि हो । विगत संविधानसभाको असफलताको मुख्य कारण त्यसको प्रतिकूल संरचना र शक्ति सन्तुलन पनि थियो । एमाले जस्तो क्रान्तिकारी लोकतान्त्रिक शक्तिको नेतृत्व नहुँदा आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी नयाँ युगमा प्रवेश गर्ने ऐतिहासिक अवसर गुम्न पुग्यो ।

राजतन्त्र अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु, पूर्वमाओवादी लडाकुहरूको व्यवस्थापन हुनु, ८० प्रतिशत विषयमा आम सहमती रहेको संविधानको मस्यौदा तयार हुनु चार बर्षको अवधिमा संविधानसभाबाट भएका महत्वपूर्ण उपलव्धी हुन् । यी उपलव्धी, हाम्रो पार्टीको संविधानसभा निर्वाचन घोषणापत्र– २०६४ सँग मिल्दाजुल्दा छन्। यो अधुरो कामलाई पूर्णता दिन एमालेको प्रतिबद्धता र मार्गचित्र यसप्रकार छ–

संविधानसभाको पहिलो बैठकमा

  • विगत संविधानसभाले गरेका काम र सहमतिहरूको स्वामित्व ग्रहण गर्ने प्रस्ताव प्रस्तुत गर्ने ।
  • विगत संविधानसभाबाट गरिएका सहमतिहरूलाई नयाँ संविधानमा निरन्तरता दिन दलहरूबीच नयाँ सहमतिका लागि विशेष पहल गर्ने ।
  • संविधानसभाको प्रक्रियाबाट समाधान हुन नसकेका विषयहरूलाई जनमत सङ्ग्रहका माध्यमबाट टुङ्गो लगाई एक बर्षभित्र संविधान जारी गर्ने ।
  • सङ्क्रमणकालको व्यवस्थापनका लागि राजनीतिक सहमतिमा निरन्तर जोड दिने ।
  • विवादका रूपमा रहेका संवैधानिक प्रश्नहरूलाई निम्न दृष्टिकोणका आधारमानयां संविधान निर्माण गर्ने ः
  • बहुपहिचान सहितको सङ्घीयता र सहभागितामा आधारित समावेशी लोकतान्त्रिक गणतन्त्र ।
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसदबाट निर्वाचित आलङ्कारिक राष्ट्रपति रहने शासकीय प्रणाली ।
  • अधिकार सम्पन्न संवैधानिक अङ्ग र स्वतन्त्र न्यायपालिका ।
  • सामाजिक न्यायसहितको अग्रगामी लोकतन्त्र र समाजवाद उन्मुख अर्थतन्त्र ।

सुखी नेपाली र समतामूलक समृद्ध नेपाल, एमालेको भिजन हो । २०५१ सालको अल्पमतको सरकारदेखि भिन्न धारका शक्तिहरुसँगको संयुक्त सरकारमा रहेको बेलामा एमालेले बिर्सन नसकिने कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ । तसर्थ, सामाजिक–आर्थिक रूपान्तरण लक्षित देहायका लक्ष्य प्राप्तिको लागि हाम्रो पार्टी प्रतिबद्ध रहनेछ–

  1.  ‘आफ्नो गाउँ–आफैं बनाउँ’लाई निरन्तरता दिंदै प्रत्येक गाविसमा ५० लाख अनुदानको व्यवस्था गरिने छ । ‘नौ–स’ अभियानलाई पुनः सञ्चालन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपियाँ विन्यास गरिनेछ ।
  2.  ५ वर्षमा ५ लाख घरबारविहीन परिवारलाई आवासको ग्यारेन्टी गरिनेछ ।
  3.  निरक्षरता पूर्णरूपमा अन्त्य गरिनेछ । अनुत्पादक शिक्षा प्रणालीलाई अन्त्य गरी शिक्षामा सबैको पहुँच स्थापित गरिनेछ ।
  4. प्रतिबर्ष ३ लाख रोजगारी सिर्जना गरिनेछ । श्रमिकलाई न्यूनतम पारिश्रमिक र ‘एक घर– एक रोजगार’को कार्यक्रम लागू गरि कम्तीमा १०० दिनको रोजगारीको सुनिश्चित गरिने । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सीपयुक्त बनाइनेछ ।
  5. योगदान आधारित एकीकृत सामाजिक सुरक्षा कोषबाट श्रमिकको सामाजिक सुरक्षा र लगानी मैत्री लचकताबाट श्रमिक र उद्यमी–व्यवसायी बीच सहअस्तित्व कायम गर्ने काम हुनेछ ।
  6. तत्कालका लागि ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षा भत्तालाई जीवन निर्वाहको आवश्यकता सम्मत हुने गरी वृद्धि गरिने छ ।
  7. खाद्यान्नमा पूर्ण आत्मनिर्भर हुँदै खाद्य अधिकारको ग्यारेन्टी गरिनेछ । सम्पूर्ण नागरिकमा स्वच्छ पिउने पानीको पहुँच स्थापित गरिनेछ ।
  8. आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा पूर्णरूपले निःशुल्क गर्दै आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिनेछ । विकट क्षेत्रमा एयर एम्बुलेन्सको समेत व्यवस्था गरी सुत्केरी आमाहरूको संरक्षणगर्दै मातृ मृत्युदर शून्यप्रायःमा झारिनेछ । गरिबीको रेखामुनि रहेका सम्पूर्ण बालबालिकालाई कुपोषणबाट बचाइनेछ ।
  9. आधुनिक ऊर्जामा सबै जनताको पहुँच पु¥याइनेछ । लोडसेडिङ पूर्णरूपमा अन्त्य हुने ।
  10. सबै जिल्ला सदरमुकाम कालोपत्रे सडकबाट जोडिनेछन् । कम्तीमा ९५ प्रतिशत गाउँ, बस्ती सडक सञ्जालबाट जोड्ने । मध्यपहाडी लोकमार्ग र तराईको हुलाकी राजमार्ग निर्माण सम्पन्न हुनेछ ।
  11. युवाका लागि ‘उपयोगी शिक्षा – फलदायी रोजगारी’ को विशेष कार्यक्रम सञ्चालन गरिनेछ । बेरोजगार युवालाई भत्ता दिइनेछ ।
  12. वंश र अंशमासमान हक स्थापना गर्दै सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्ने ।नयाँ संविधानमार्फत राष्ट्राध्यक्ष, उपराष्ट्राध्यक्ष, प्रधानमन्त्री र सभामुखमध्ये कुनै एक पदमा महिला निर्वाचित हुने संवैधानिक व्यवस्था गरिनेछ ।
  13. अबिलम्ब स्थानीय निकाय निर्वाचन सम्पन्न गर्ने ।स्थानीय निकायमा पदाधिकारीसहित ५० प्रतिशत महिला सहभागिताको लागि पहल गर्ने।
  14. सबै व्यक्तिहरूमा सञ्चारको सुविधा पु¥याइनेछ ।
  15. मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखेर तदनुरूप पूर्वाधारको विकास गर्ने अभियान अगाडि बढाइनेछ ।विकासशील मुलुकको मापदण्ड अनुरूपको बस्ती विकास गर्न २४० निर्वाचन क्षेत्रमा एक एक वटा नमूना गाउँको विकास गरिनेछ ।
  16. निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउनुका साथै पोखरा र भैरहवामा क्षेत्रीय विमानस्थललाई सम्पन्न गरिनेछ ।
  17. नेपालको सामाजिक विविधता झल्किने जातीय सङ्ग्रहालय निर्माण गरिनेछ । नारायणहिटी सङ्ग्रहालयलाई नेपालको ऐतिहासिक विकासक्रम झल्किने गरी विकास गरिनेछ।

एमाले यो पनि घोषणा गर्दछ ः
१. समस्याको वार्ताद्वारा समाधानका लागि विभिन्न विकल्प खोज्ने सङ्कल्प गर्दै – हामी कहिल्यै नेपाल बन्द गर्ने छैनौं !
२. राजनीति पेसा होइन, सेवा हो । पार्टीले प्राप्त गरेको मतको आधारमा राज्यबाट अनुदानको व्यवस्था गरी अपारदर्शी आर्थिक सम्बन्धका आधारमा राजनीति सञ्चालन गर्ने स्थिति अन्त्य गर्नका निम्ति एमाले सक्रिय पहलकदमीमा उत्रिनेछ !!

आदरणीय न्यायप्रेमी जनसमुदाय,
हामी तपाईको मतको मात्र हैन मनको समेत प्रतिनिधित्व गर्दछौं । त्यसैले एमालेको नीति र एमाले कै नेतृत्व स्थापित गर्न सूर्य चिन्हमा मतदान गर्न विनम्र अपिल गर्दछौं ।

धन्यवाद !

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.