Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

आफू टन्न खाएर डा केसीलाई भोकै राख्ने कांग्रेसको कुनै एजेण्डा छ र?

February 6th, 2019

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार


भ्रष्टाचार रोक्नका लागि सरकारले कस्तो रणनीति बनाउँदैछ ?

भ्रष्टाचार रोक्नका लागि सरकारले सम्बन्धित निकायहरुलाई सक्रिय बनाएका छौँ । राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धकरण विभाग, राष्ट्रिय सतर्कर्ता केन्द्र, अख्तियार जस्ता निकायहरु भ्रष्टाचार रोक्नका लागि सक्रिय छन् ।

सरकारले प्रभावकारी काम गर्न सकेन भन्ने आरोप छ । किन काम भएन ?

सरकारले काम गरिरहेको छ । हामी सबैलाई छोटो समयमा धेरै काम होस् भन्ने हतारो छ । तीन दशकदेखि विग्रेका कुराहरु सुधार गर्नुपर्ने छ । हामील चाहेजस्तो गतिमा काम भएको छैन भन्ने कुरा हामीलाई पनि लागेको छ ।

वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्नेलाई कहिले कारबाही हुन्छ  ?

वाइडबडी हामीले किनेको होइन । यो सरकारले त तिर्न बाँकी पैसा तिरेको मात्रै हो । तर पनि विपक्षी दलका नेताले शंका लाग्यो भनेपछि सरकारले छानविनका लागि आयोग बनाएको छ । जो जो दोषी भेटिन्छ सबैलाई कारबाही गरिन्छ । तर प्रतिपक्षी दलले चाँही आफूँले चाहेका व्यक्तिलाई मात्र डाम्न पाए हुन्थ्यो भनेको छ । संसदमा उभिएर आयोग गठनको माग गर्ने पछि किन आयोग गठन गरियो भनियो । जे माग्यो त्यही गरेकै छौँ । जे गरे पनि आलोचना गरेर त भएन नि ।

कांग्रेसले सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ । यसलाई कसरी लिनुभएको छ  ?

उहाँहरुले केही न केही त गर्नैपर्यो नि । प्रतिपक्ष चुप लागेर बस्ने कुरा त भएन । भोट थोरै आएपछि सरकारमा जान पाउनुभएन । चित्त बुझाउनलाई छायाँ सरकार बनाउने भनियो, त्यहाँ पनि मारामार भयो ।

तर कांग्रेसले जुन एजेण्डा उठाएको छ त्यसलाई कसरी गलत भन्नुहुन्छ  ?

कांग्रेसको केही पनि एजेण्डा नै छैन । आफू भात खाएर गोविन्द केसीलाई भोकै राखिदिनुभयो । दुःख दिनुभयो । आखिरमा पानीको फोकाजस्तो फुटेर गयो । अवोध वालिका निर्मला पन्त मारिएको कुरालाई उठाउनुभयो । यसको पनि आफ्ना पाटाहरु आउलान् । टुङ्गोमा पुग्छ । जे विषय समाउनुभएको छ त्यो विषय नै छैन । विपक्षीमा हुँदा खुट्टा बजाएर सडकमा दौडिनुबाहेक अरु के काम छ र रु

निर्मला पन्तको हत्यारा त सरकारले पत्ता लगाउन सकेन नि  ?

अनुसन्धान भइरहेको छ । कुनै कुनै विषय जटिल हुन्छ भन्ने कुरा त कांग्रेसलाई पनि थाहा छ । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । सुदुरपश्चिमका कांग्रेसका नेताहरुको उदेकलाग्दो माग छ । हामीले दोषी करार व्यक्तिलाई कारबाही गर भन्नुहुन्छ । तर सरकारले त्यस्तो गर्न सक्दैन । प्रभावकारी छानविन गरेर वास्तविक दोषीलाई कारबाही हुन्छ ।

लिङ्क: https://www.hamroeconomy.com/archives/46648?fbclid=IwAR1W5G_dFE9MSC6J0cH8Dxmw_BqNNwCnNo7qjpX63dqoNwSRFPOFxwdhWsI

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.