February 16th, 2012
ट्रेड युनियन आन्दोलन मूलतः श्रमजीवी वर्गको पेशागत आन्दोलन हो । तर सामाजिक रुपान्तरणको सन्दर्भमा भने यो आफैंमा राजनीतिक आन्दोलन पनि हो । ट्रेड युनियन पार्टी सापेक्ष वा निरपेक्ष दुबै हुन सक्छ । तर जे भए पनि यसका मुद्धाहरु राजनीतिबाट भने अलग हुनै सक्दैन । आम रुपमा पार्टीहरु भनेका वर्गका प्रतिनिधि हुन् । त्यसैले “कुन पार्टी कस्तो हो” भन्ने कुरा त्यो पार्टीले कुन वर्गको सेवा गर्छ भन्नेबाट तय हुन्छ । यो नै ट्रेड युनियनको सर्वाधिक सरोकारको पक्ष हो, त्यसैले हामी पार्टीको कुरा गर्छौं, उनीहरुका कार्यक्रम र नीतिप्रति जिज्ञासा राख्छौं।पूर्ण पाठ को pdf फाइल डाउनलोड Trade union and politics