December 21st, 2021
तत्कालीन नेकपाको जुन सचिवालय बनाएका थियौं, त्यसमा तीनजना पूर्वमाओवादी र ६ जना एमाले राख्यौ । त्यो बलियो पनि बनाएका थियौं । त्यतिबेला प्रचण्डले भनेका पनि थिए, भोलि पार्टी फुटाउँदा ४० प्रतिशत चाहिन्छ । हामीले ४० किन भनेर ४५ प्रतिशत नै दिएका पनि हौं ।
हामीलाई थाहा थियो, माधव नेपाल एकातिर अन्तरविरोध सिर्जना गरेर बसिरहेका थिए । माधव नेपालसँग हामीले छलफल पनि गर्यौं । तपाईं ठीक ठाउँमा उभिनुभयो भने प्रचण्ड ठीक ठाउँमा जान्छन् भनेका थियौं । उहाँले त्यसो गर्नुभएन ।
नेपाल प्रेस २०७८ पुष ५ गते १२:५६ ::पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन::