Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

संविधानसभा निर्वाचनः एमालेले यसरी सामना गर्यो !

December 25th, 2013

 

“पार्टी यो पटक पहिलो हुन्छ’, यो दावीको पहिलो आधार भनेको २४० क्षेत्रमा खटाईएका केन्द्रीय प्रतिनिधिहरुको प्रतिवेदन थियो । कुनै पनि पार्टी चुनाव केन्द्रीत अभियान शुरु नै नभएको अवस्थामा हाम्रा कमरेडहरुले २४० मध्ये १०६ सीटमा एमाले पहिलो हुनसक्ने आकलन गर्नु भएको थियो । पार्टीको केन्द्रीय कमिटीको बैठकमा यो आकलन प्रस्तुत गरिएपछि कतिपय कमरेडहरुले ०६४ सालको आकलनलाई पुनःस्मरण गर्न आग्रह गर्दै पार्टी केन्द्रीय सचिवालयको विश्लेषणमा आशंका जनाउनु समेत भएको थियो । तसर्थ पार्टीले सतर्कतापूर्वक, १०६ स्थानमा जित्ने दावी सार्वजनिक गरयो । ‘एमाले मधेसमा छैन, एमाले मधेस विरोधी’ भन्ने स्याल–हुइँयालाई नकार्दै पार्टीले तराई–मधेसका ११६ सीटमा ४० स्थान जित्ने दावी सार्वजनिक गरयो ।

स्थिति–

“यु मिन युएमएल मे प्रोगेस बाई हण्ड्रेड परसेन्ट (तपाई भन्दै हुनुहुन्छ, एमालेले सतप्रतिशत सीट बढाउँछ)?” निर्वाचनको त्यस्तै डेढ महीना जति अघि ‘एमालेको सीट सय नाघ्छ’ भन्ने भनाईप्रति केही कुटनितिज्ञहरुको यो हेपाईपूर्ण अभिव्यक्तिले निर्वाचन पूर्वसन्ध्यामा एमालेप्रतिको बाह्य जगतको धारणा प्रस्ट्याउंछ । देशको राजनीतिलाई दुई ध्रुविय वनाउने– एकातिर कांग्रेस तथा उसका सहयोगी, अर्कातिर एमाओवादी र उसका मित्रमण्डली राख्ने, दुई अतिको वीचमा सन्तुलनको सेतुको रुपमा रहेको एमालेलाई सके यही चुनावमा– नभएपनि अर्को चुनावसम्ममा किनारा लगाउने रणनीति जारी नै थियो । तत्कालिन माओवादीलाई एमाले सरह सीट प्रदान गरी “शत्रुको शत्रु मित्र”को गिरिजाप्रसाद फर्मुलाको जारी अभियानको रुपमा एमाओवादीहरु भोकल्ली र काङ्ग्रेसीहरु साइलेन्टली यसलाई लागु गर्न क्रियाशिल थिए । त्यसैको अभिव्यक्ति थियो– ड्यासवालाहरुलाई सकेसम्म निर्वाचनबाट वाहिर राख्ने, मधेसी मोर्चा तथा अशोक राईहरुको समूहलाई ‘रेड–कार्पेट’ स्वागत गर्ने!त्यसैको रोचक दृष्य थियो– शीरदेखि तिरसम्म विभाजित एमाओवादी, धुजाधुजा भएका मधेस–केन्द्रित दलहरु, र एमाले जस्तै केही चोईटा उछ्ट्टिएको काङ्ग्रेसको सन्दर्भमा केही नभएजस्तो–‘चुनाव मात्रै त होस् जितिन्छ’को प्रचारवाजी;र एमालेको हकमा भने मानौं संसार समाप्त भए जस्तो– ‘अशोक जीहरु ले त छोडिसके, के जित्छ’ जस्तो मनोवेज्ञानिक आक्रमण!

के मात्रै भएन? एमाओवादीहरु समानुपातिक सुचिलाई अन्तिम रुप दिने दिनेसम्म पनि एमाले भित्रका ‘लोभी–पापी’हरुलाई सोहोर्दै ‘एमाले टाट फर्किएको’ सन्देश दिन ज्यानै प्mयालेर लागि रहेका थिए । आप्mनो प्रतिस्पर्धी एमाले नै हो भन्ने राम्रो हेक्का हुंदाहुंदै पनि काङ्ग्रेसीहरु ‘हाम्रो प्रतिष्र्धा एमाओवादीसंग–खै कहाँ छ र एमाले?’को सन्देश प्रसारित गरिरेहका थिए । समग्रमा, चौतर्फी आक्रमणबाट थिलथिलो भएको शरिर बोकेर निर्वाचनको मैदान ‘कुच’ गर्दै थियो एमाले। एकातिर समूहवद्ध प्रतिष्पर्धी, अर्को तिर एक्लो एमाले† एकातिर साधन स्रोत सहित डुक्रिरहेको विपक्षी, अर्कोतिर स्थानीयहरुको सहयोगमा आश्रित एमाले†पूर्वाग्रही मेडिया, कथित बुद्धिजिवी र लेखकहरुको विष–गङ्गा वीच एमाले आफ्नो जहाज खियाँउंदै थियो– यस्तो थियो निर्वाचन अघिको परिदृष्य!

अभियान र आकलन–

०६४ सालको निर्वाचनमा ‘एमालेले हार्छ’ भन्ने कुरा जति अपत्यारिलो मानिन्थ्यो, यसपटक ‘एमालेले जित्छ, पहिलो पार्टी बन्छ’ भन्ने दावी त्यत्तिकै अपत्यारिलो मानिएको थियो । त्यसैले एमालेका सामु सबैभन्दा पहिलो चुनौति भनेको ‘मनोवैज्ञानिक युद्ध’ जित्नु थियो । हाम्रा सामु ‘जनबल’को साटो ‘धनबल तथा बाहुबल’मा भरपर्ने परम्परागत प्रतिस्पर्धी त छंदै थियो, त्यसमाथि त्यो शक्तिलाई पनि मात गर्ने गरि ‘मनि तथा मसल’ बोकेर आएको नव–धनाढ्य एमाओवादी थपिएको थियो ।

सिंगो नेपाल– २४० सीट

पार्टी र स्थान

पहिलो

दोश्रो

तेश्रो

एमाले

१०६

६८

२३

नेकां

८९

११०

२५

एमाओवादी

२८

३०

१६३

मधेसी मोर्चा

१६

८

१०

अन्य

०१

०१

००

 स्रोतः केन्द्रीय प्रतिनिधिहरुको प्रतिवेदन विश्लेषण

“पार्टी यो पटक पहिलो हुन्छ’, यो दावीको पहिलो आधार भनेको २४० क्षेत्रमा खटाईएका केन्द्रीय प्रतिनिधिहरुको प्रतिवेदन थियो । कुनै पनि पार्टी चुनाव केन्द्रीत अभियान शुरु नै नभएको अवस्थामा हाम्रा कमरेडहरुले २४० मध्ये १०६ सीटमा एमाले पहिलो हुनसक्ने आकलन गर्नु भएको थियो । पार्टीको केन्द्रीय कमिटीको बैठकमा यो आकलन प्रस्तुत गरिएपछि कतिपय कमरेडहरुले ०६४ सालको आकलनलाई पुनःस्मरण गर्न आग्रह गर्दै पार्टी केन्द्रीय सचिवालयको विश्लेषणमा आशंका जनाउनु समेत भएको थियो । तसर्थ पार्टीले सतर्कतापूर्वक, १०६ स्थानमा जित्ने दावी सार्वजनिक गरयो । ‘एमाले मधेसमा छैन, एमाले मधेस विरोधी’ भन्ने स्याल–हुइँयालाई नकार्दै पार्टीले तराई–मधेसका ११६ सीटमा ४० स्थान जित्ने दावी सार्वजनिक गरयो ।

तराई–मधेसः ११६ सीट

पार्टी र स्थान

पहिलो

दोश्रो

तेश्रो

एमाले

४०

३९

१४

नेकां

४८

५५

१५

एमाओवादी

११

११

७१

मधेसी मोर्चा

१६

०८

१३

अन्य

०१

०

०

यसपटक पार्टीको निर्वाचन अभियानको संयोजन केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालयले ग¥यो । पहिलेको चुनावका अनुभवहरुलाई समेत ध्यानमा राखी सचिवालयले निर्वाचन अभियानलाई पृथक रुपमा सञ्चालन गर्ने नीति बनायो, जसलाई यसरी उल्लेख गर्न सकिन्छ–

  • प्रचारमा हाईटेक प्रविधि प्रयोग गर्ने, सामाजिक सञ्जाललाई सकेसम्म बढी उपयोग गर्ने,
  •  ठूला सभा रयालीलाई कम प्राथकिमकता दिने; ‘घर–दैलो’ कार्यक्रमलाई निरन्तरता दिंदै ‘जनतादेखि जनतासम्म’को नीति अपनाउने,
  •   केन्द्रबाट अभियान सामग्रिको रुपमा घोषणापत्र मात्रै प्रकाशित गर्ने,
  • प्रतिस्पर्धीहरुको भूमिका, उनीहरुले अपनाएको चुनावी रणनीतिलाई विश्लेषण गर्दै केन्द्रीय स्तरमा निर्वाचन क्षेत्रको आवधिक स्थिति–आकलन गर्ने,

उम्मेदवारी घोषणा पछि स्थितिको पहिलो आकलन कात्तिक १३ गते गरियो, जसले पहिलेको आकलनमा केही परिवर्तन देखायो । निर्वाचन प्रकृया आरम्भ भएपछि परिचालन सचिवालयबाट, अन्चल इन्चार्ज, जिल्ला अध्यक्ष तथा कार्यालय सचिवहरुसँग सम्पर्क गरी निर्वाचनमा हाम्रो स्थितिको समीक्षा गर्ने काम निरन्तर रह्यो । पहिलो आकलन कात्तिक १३, दोस्रो २०, तेस्रो कात्तिक २६ र अन्तिम चोटी मंसिर २ गते निर्वाचनको भावी परिणाम बारे आकलन गरियो । पहिलो स्थान, सम्भावना र प्रतिष्पर्धा भएको क्षेत्र गरि तीन प्रकृतिमा निर्वाचन क्षेत्रलाई विभाजन गरियो । पहिलो दुईहप्ताको आँकलनमा पार्टीको जित सुनिश्चित हुने निर्वाचन क्षेत्र संख्या ९१  र प्रतिस्पर्धामा ८३ देखियो । परिचालनमा आएको प्रभावकारिता संगै पछिल्लो दुई हप्तामा भने जित्ने संख्या क्रमशः ९७ र १०४ गरि वृद्धि भयो । अहिले निर्वाचनको नतिजालाई हेर्दा, केही अपवादलाई छोड्ने हो भने, कुल संख्यामापार्टीले २०७० कात्तिक १३ गते गरेको ९१ सीट जितको आकलन समग्रमा सही हुन पुग्यो ।  

आकलन र नतिजा

पहिलो

सम्भावना

प्रतिष्पर्धा

तराई–मधेस

आकलन–१;२०७०/७/१३ र २०

९१

८६

६३

४०

आकलन–२;२०७०/७/२६

९२

९२

५६

३९

आकलन–३; २०७०/८/२

१०४

७८

५८

४९

निर्वाचन परिणाम; २०७०/८/ ४ पछि

९१

८१

३०

३६

निर्वाचन परिणम पछि तीन प्रतिष्पर्धी पार्टीहरु

पार्टी

पहिलो

दोश्रो

तेश्रो

तराई–मधेस

नेपाली काङ्ग्रेस

१०५

९३

१७

५२

नेकपा एमाले

९१

८१

३०

३६

एनेकपा माओवादी

२६

१८

१२०

११

 प्रचार र प्रभावकारिता–

यो निर्वाचन अभियानमा विशेषत ध्यान दिएको विषय भनेको नयाँ मतदाता को हुन् र यिनिहरुको चासोलाई कसरी सम्बोधन गर्ने भन्ने नै थियो । विगतको हो–हल्लापूर्ण प्रचार शैलीलाई नयाँपन कसरी दिने भन्ने अर्को चासो विषय थियो । विषयवस्तु र नारा हाम्रा बहसका विषय थिए । पहिले पनि एमाले र अब पनि एमाले नै हो भन्ने दर्शाउन ०६४ को निर्वाचनमा प्रयोग गरिएको नारा– ‘फेरी सूर्य, फेरी एमाले’ को आवस्यक भन्दा बढी नै आलोचना गरिएकोले अबको नारालाई कसरी तिखार्ने भन्ने चुनौति थियो । शुरु मै ‘एमालेको नीति, एमाले कै नेतृत्व’ लाई, ‘यस्तो पनि नारा हुन्छ?†’ भन्दै प्रश्न खडा गरि सकिएको थियो । संयोग नै मान्नु पर्छ, एमाओवादीले हाम्रो जस्तै नारा–‘जसको नीति, उसकै नेतृत्व’लाई प्रचारमा ल्यायो । परिचालनको क्रममा नारालाई यसरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा चरणवद्ध रुपमा प्रस्तुत गरियोः

 चरण–१,संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं– स्वाधिन, समृद्ध र समतामूलक राष्ट्र निर्माण गरौं !

चरण–२,     सही नीति एमालेको, सवल र समृद्ध नेपाल निर्माणकोलागि एमाले कै नेतृत्व

चरण–३,कसको नीति, कसको नेतृत्व? जसको नीति, उसैको नेतृत्व!एमालेको नीति, एमाले कै नेतृत्व!!

चरण–४,   तपाईको मतको मात्रै हैन, मनको पनि प्रतिनिधित्व गर्छौं हामी!

‘हाईटेक’ प्रचारको नारालाई मेडियाबाट ‘हावाटेक’ भन्दै निन्दा गरिएकोले कसरी शिष्ट तर आक्रमक प्रचार अभियान सञ्चालन गर्ने भन्ने चुनौति थियो । यसैलाई सम्बोधन गर्न, फेस बुक, ग्रुप मेसेजिङ्ग, ट्वीट र साउण्ड क्लाउडको प्रयोगमा व्यापकता दिईयो । यसपटक नमूना कै रुपमा टिभीमा प्रशारण गर्न बनाईएको ‘नाट्य प्रस्तुती’को विज्ञापन केही सिनेमा घरमा ट्रेलरको रुपमा र काठमाडौंमा ७ ठूला मलहरुको ‘लिड डिस्ल्पे’मा दिउसो २ देखि साँझ ८ः३० सम्म दैनिक ४० पटक प्रशारण गरियो । टिभीको पहुंच नभएका स्थानलाई लक्षित गरी विभिन्न एफएम नेटवर्क प्रयोग गरी केन्द्रीकृत रुपमै २०० भन्दा बढी एफएम रेडियोबाट १० दिनसम्म विज्ञापन प्रशारण गरियो । रोचक कुरा त यसपटक धेरै उम्मेदवारहरुको स्थानीय रुपमै व्यक्तिकेन्द्रीत प्रचार–गीत बनेका थिए । कात्तिकको पहिलो हप्तासम्म, एमालेको पनि उम्मेदवार छन् र भन्ने खाले प्रचार गर्नेहरु पनि दोस्रो हप्तामा आईपुग्दा एमालेलाई ‘डार्क हर्स’ को रुपमा स्वीकार्न तयार हुनुलाई एमालेको देशव्यापी प्रचार अभियान प्रभावकारी रहेको संकेत गर्दछ ।

विषयवस्तुको हिसावले यसपटकको घोषणापत्र बढी स्पष्ट रह्यो । पहिलेको कामको तुलना र आगामी मार्गचित्र, नयाँ युवा मतदाता लक्षित– युवा उद्यमशीलताको विकास र रोजगारीको प्रस्ताव, विपन्न वर्ग लक्षित आवास योजना, विकासकालागि उर्जा, लोकप्रीय कार्यक्रम ‘आगआब’ र ‘नौ–स’ पुनःकार्यान्वयनलागि करोडौं रकम विन्यासको प्रस्ताव व्यवस्थापिकासंसदले गर्ने कामका रुपमा प्रस्ताव गरियो । संविधानका विषयवस्तुको रुपमा पहिले सहमती भएका विषयको स्वामित्व ग्रहण गरी संघीयता र शासकीय स्वरुपको बारेमा ६ महीना भित्र सहमति नभए प्रकृयाबाट टुङ्ग्याउने प्रस्ताव तुलनात्मक रुपमा स्पष्ट मानियो ।

अङ्कमा निर्वाचन परिणाम

विजयी जम्मा सभासद संख्या- १७५

  • प्रत्यक्षमा– ९१ जना
  • समानुपातिकबाट– ८४ जना
  • सबैभन्दा कम उमेरका सभासद एमालेबाट – ताराकान्त चौधरी (२९)
    • ४० वर्षका तलका– ४ जना
    • ५० वर्षका तलका– ३६ जना
    • ६० वर्षका तलका– २६ जना
    • ६० वर्ष माथिका– १५ जना
  • एमालेका पाका उम्मेदवार–  कृष्णकुमार राई (६९)
    • सिङ्गो निर्वाचित संख्यामा दलित जम्मा– २ जना (सबै एमाले)
    • एमालेका महिला जम्मा– ३ जना
    • खस÷आर्य तथा अन्य– ५५ जना
    • जनजाती– २२ जना
    • मधेसी– १२
    • दलित– ०२

जित्नहरु मध्ये- 

  • जिल्ला अध्यक्ष– ११ जना
  • जित्ने अञ्चल ईन्चार्ज– २ जना
  • जित्ने केकस– २३
  • जित्ने पहिलेका सभासद– १३ जना
  • एमाले मात्रै रहेको जिल्ला– १६ (नेकाँ मात्रै २३ र एमाओवादी मात्रै जितेको जिल्ला– ३)

प्राप्त मतः

  • प्रत्यक्षमा २४ लाख ९२ हजार ८३(२७.५५ %)
  • समानुपातिकमा २२ लाख ३९ हजार ६०९ (२३.६६ प्रतिशत)

तथ्याङ्कमा पराजय

  • १०० भन्दा कम मतमा हारेको स्थान – २
  • ५०० भन्दा कम मतमा हारेको स्थान – १९
  • १००० भन्दा कम मतमा हारेको स्थान – १०
  • १,५०० भन्दा कम मतमा हारेको स्थान – २४
  • एमाले खाली रहेको जिल्ला– २० (नेकाँ खाली रहेका– २१ जिल्ला)

हार्नहरु मध्ये- 

  • जिल्ला अध्यक्ष– १७ जना
  • अञ्चल ईन्चाज– ४ जना
  • केकस– २० जना

हाम्रो पछिल्लो आकलनको सहिपन

  • जित्ने आकलन गरेको मा ८८ प्रतिशत
  • पक्का जित्ने– ७२ (१०४)
  • जित्ने सम्भावना– १७ (७८)
  • हार्ने आकलन गरेकोमा जितिएको ४ प्रतिशत/ २ सीट (५८)
  • तराईको आकलन ७३ प्रतिशत (३६ सीट ११६ मध्ये )

१ प्रतिशत मत नाघौने पार्टीको संख्या: ११

 

निस्कर्ष–

२०५६ साल यताका प्रत्येक निर्वाचन सम्पन्न भएपछिका समीक्षामा ‘राम्रो नतिजाका लागि एक हिस्सा नेतृत्व सहितको परिचालन कमिटी आवस्यक रहने’निस्कर्ष निकालिने गरिएको थियो । पार्टीको केन्द्रीय सचिवालयले समयमै यो प्रस्ताव प७ाएको पनि हो । तर यसपटक पनि निर्वाचन परिचालनको मामलिामा पहिले कै प्रवृत्तिको पुनरावृत्त हुन पुग्यो । अझ यसपटक त पहिलेको तुलनामा अधिकांस निर्वाचन क्षेत्रले एक्ला एक्लै चुनाव लडेको जस्तो स्थितिको सामना गर्नु प¥यो । प्रचार कै मामिलामा पनि प्रेस चौतारीले ‘एक उम्मेदवार, एक पत्रकार’को नीतिले स्थानीय तहमा प्रचारलाई जे जति लाभ पुगेको भए पनि केन्द्रीय तहमा एकीकृ ढंगबाट सूचना प्रवाह हुनै सकेन । प्रचार समन्वय त झण्डै झण्डै चुनावको मुखमा मात्रै हुन पुग्यो । यसपटकको निर्वाचन तुलनात्मक रुपमा शान्त रह्यो, अन्यथा देशव्यापी रुपमा हुने गडवडी र घाईते तथा निर्वाचन हिंसा पीडितहरुलाई सहयोग गर्न सानो संख्यामा रहेको परिचालन सचिवालयलाई अप्ठ्यारो पर्न सक्थ्यो ।

 

उम्मेदवार चयनका मामिलामा भएका अनपेक्षित निर्णयले कम्तिमा पनि १ दर्जन क्षेत्रमा एमालेले पराजय भोग्नु प¥यो । निर्वाचनमा प्रतिष्पर्धी पार्टीबाट हुनसक्ने ‘लक्षित आक्रमण‘लाई यथोचित ध्यान दिनसकेको भए केही क्षेत्रको परिणाम सकारात्मक हुन सक्थ्यो । सचिवालयबाट पटक पटक ठूला सभा र ¥याली आयोजना नगर्न गरिएको आग्रहलाई वेवास्ता गर्नाले केही क्षेत्रमा निर्वाचन परिणाम उल्टो हुन पुग्यो ।

– विष्णु रिमाल

पुस २०७० (नवयुगको लागि तयार पारिएको)

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.