May 22nd, 2011
दश वर्ष अघि श्रम ऐन निर्माण भए यता यूनियन आन्दोलनको एक मात्र माग “श्रम कानूनहरू व्यवहारमा लागूगरियोस्” भन्ने रह्यो । यस अवधिमा नीति निर्माणका तहमा भएका सकारात्मक निर्णयहरू समेत कार्यान्वयनको अभावमा प्रभावहिन बन्न पुगे ।
अर्कातिर व्यवस्थापन पक्षले कानून कार्यान्वयन नगरेको भन्ने यूनियनको दावीलाई कुटनीतिक ढंगले चुनौती दिंदै आयो । “कहा“, के के बु“दा लागूभएनन् क्लियर गर्न प¥यो भन्ने” उद्योग व्यवसाय जगतका नेताहरूको भनाइ रह्यो । राष्ट्रिय स्तरमा ठोस निष्कर्ष निकाल्न प्रतिष्ठानहरूमा भइरहेको श्रम कानूनको कार्यान्वयन को यथार्थ तस्बीर नमुना सर्वेक्षणद्वारा रूपमा भए पनि राख्नु जरुरी भयो । यही आवश्यकतालाई ध्यानमा राखी नेपाल ट्रेड यूनियन महासंघले श्रम कानून कार्यान्वयनको अवस्था पत्ता लगाउन गरेको सर्वेक्षण प्रतिवेदन हालै प्रकाशित गरिएको छ । प्रतिवेदनमा विभिन्न तालिका र एक दर्जन जति ग्राफ समेत संलग्न गरिएको छ ।पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Shram Ain lagu nagarne Pratisthanharoo