Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

वैशाख १ गते सरकारले विशेष घोषणा गर्छ : भिडियो अन्तर्वार्ता

April 4th, 2018

काठमाडौं, १९ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले आउँदो वैशाख १ गते सरकारले विकास, समृद्धि र सामाजिक परिवर्तनका सन्दर्भमा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । त्यस्तो घोषणा ऐतिहासिक र दीर्घकालीन महत्त्वको हुने उनको भनाइ छ ।

लोकान्तर डट्कमको भिडियो प्रस्तुति ‘लोकान्तर शो’मा विमल गौतमसँग कुरा गर्दै रिमालले कर्णाली क्षेत्रमा अवस्थित पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने राराबाट प्रधानमन्त्री ओलीले  दीर्घकालीन महत्त्व बोकेका केही योजना घोषणा गर्ने दाबी गरे । ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने सबै कुरा प्रधानमन्त्रीको उक्त घोषणमा समेट्न सम्भव र उचित हुने छैन तर वैशाख १ गतेकै घोषणाबाट सरकारले मुलुकमा गर्न खोजेका आर्थिक समृद्धिको खाका झल्कने योजना सार्वजनिक हुनेछन्,’ रिमालले भने ।

बाहिर प्रचार गरिएजस्तो प्रधानमन्त्री ओलीलाई चीन र भारतबाट एकै मिति र समयमा भ्रमणको निम्तो नआएको रिमालले स्पष्ट पारे ।

‘एउटै मितिमा दुवै छिमेकबाट भ्रमणको निम्तोे आएको र ओलीले भारत भ्रमणलाई पहिलो रोजाइमा पारेको भन्ने खबरमा सत्यता छैन,’ रिमालले भने, ‘चीनबाट पनि भ्रमणको निम्तो आएको छ तर मिति तोकेर आएको छैन । भारत भ्रमणपछि चीनको भ्रमण हुन्छ ।’

हेर्नुहोस्, रिमालसँगको विस्तृत भिडियो अन्तर्वार्ता :

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.