November 18th, 2021
कहिले प्रजातन्त्रको नाममा एकदमै अराजकता पनि एमालेभित्र देखिएको छ । कहिले अनुशासनको नाममा धेरै कडिकडाउ गरिएको विगतमा उदाहरण छ । त्यसमा हामीले सन्तुलन नै कायम गरेका छौं । अहिले कसैलाई पनि तँ उठ्नै पाउदैनस् भनेको भए अहिले उठाउनु भएको जिज्ञासा सही पनि हुन्छ । हामीले भोटिङ मेसिन भाडामा लिने थिएनौं होला नि ! अध्यक्षले यसरी जाउँ सर्वसम्मत गरौं भनेर भन्नुभयो तर साथीहरुले चित्त बुझाउनु भएन निर्वाचन रोकिंदैन । एमालेका प्रत्येक सदस्य सार्वभौम छन्। (ईकान्तिपुरका मणि दाहालले गरेको कुराकानी)
‘एमालेले धेरै हन्डर खायो, घेराबन्दी तोड्न सर्वसम्मत नेतृत्व चयन गर्छ‘ । मंसिर १, २०७८ । फोटो र भिडियो: अंगद ढकाल