August 29th, 2022
मैले देख्दा गठबन्धन भित्रका सबै दलहरु नेपाली काङ्ग्रेस जस्तै देख्छु । कार्यशैली, चरित्र र कामहरु सबै काङ्ग्रेस जस्तै छ। यस्तो अवस्थामा उहाँहरुले आफू केहो स्पष्ट पर्ना परेन र? माओवादी केन्द्र वा माधव नेपालको पार्टी कस्तो पार्टी हो त? नेकाँ जस्तो कि एमाले जस्तो? एमाले वा काङ्ग्रेस भन्दा भिन्न हो भने कस्तो भिन्न हो उहाँहरुले बताउन पर्दैन?
कति चोटी प्रधानमन्त्री भन्ने कुरा सफलताको मापन हुन सक्छ र? विपी एकचोटी थोरै समय प्रधानमन्त्री हुनुभयो । काङ्ग्रेसमा विपी माथि कि शेरबहादुर दाई? मदन भण्डारी त मन्त्री नै हुनुभएन, उहाँ भिन अयम नेपालीबीच सम्मानित हुनुहुन्छ? ९ महिना प्रधानमन्त्री हुनुभएको मनमोहन किन सबै नेपाली बीच स्मरणीय हुनुहुन्छ? टङ्कप्रसाद एकचोटी थोरै समय प्रम हुनुभयो हाम्रो व्युरोक्रेसीको जगै हाली दिनु भयो? किसुन जी कतिचोटी प्रधानमन्त्री हुनुभयो? मन्त्री नै नभएको प्रदीप गिरीप्रति सबै नेपालीले सम्मान किन दर्साए?
#primetimestelevision#PrimeTimesHD