June 20th, 2011
साथी उत्साहित भए, र राती पर्चा छर्ने “क्रान्ती”मा होमिए । यो उनको पहिलो ‘एक्सन’ थियो, त्यसैले उनमा “पर्चा छर्नेलाई जासुसहरुले पछ्याउंछन् र समातिएमा प्रहरी–खोरमा जाक्छन्” भन्ने त्यती साह्रो चेत थिएन । हामीले सतर्क रहने उपयुक्त तरीका सिकाएनौं । सायद कार्यकर्ता डराउंछन् भन्ने पो ठान्यौं की? भयो पनि त्यस्तै! “पञ्चायती तानाशाही–मुर्दावाद!” को नारा लाग्न साथ उनले आफूले लगाएको छालाको जाकेटबाट पर्चाको विटो निकाले र मास्तिर हावामा हुक्याई दिए । पहिले देखिनै “फलो” गरिरहेको जासुसले उनको हात तलझर्नै नदिइ च्याप्पै समात्यो र ‘ठाउं – का– ठाउं’ मै भकुर्न थाल्यो । ३/४ दिनको प्रहरी खोरको यात्रापछि उनी फर्किए र हामीसंग आगो ओकल्न थाले। ‘तिमी पापीहरु’, उनी जङ्गिए– “मलाई भन्नु पर्दैन, पर्चा छर्ना साथ भाग्नु पर्छ भनेर? मलाई भन्नु पर्दैन, कम्युनिस्टले छालाको ज्याकेट लाउनु हुन्न भनेर?” बल्ल पो भेद खुल्यो, उनी त समातिएकोमा रिसाएका हैन रहेछन्– बरु प्रहरीले यातना दिंदा ‘साला, कम्युनिस्ट हु“ भन्छ, छालाको जाकेट लाउंछ’ भनेकोमा दुःखित भएका रहेछन् !
कृति जस्तो छ, कृतिका सर्जक त्यो भन्दा उम्दा हुनुपर्छ की पर्दैन? बहसको विषय हुनसक्ला । तर मेरो त उमेरै त्यस्तो थियो त्यो वेला– फिल्म हेर्न गए मन परेको पात्र जस्तो बन्न मन लाग्ने! क्याम्पसको कक्षामा सबैभन्दा मन पर्ने प्राध्यापक जस्तै हुन मन गर्ने! गाडी चढ्दा ड्राइभर जस्तो त फुटवल हेर्दा “स्ट्राइकर” जस्तो हुन मन लाग्ने! त्यसैले मलाई लाग्यो पुस्तक त यति तगडा छ भने प्रश्रित कति दामी होलान् ह“?!
प्रश्रितसंग भेट्ने इच्छा तीव्र भयो तर यो आका“क्षा धेरै पछि मात्र पूरा भयो ।
>> पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस् ModnathAsI Know