January 15th, 2023
हामीले राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रमा सुधार गर्ने र सामाजिक–साँस्कृतिक मूल्य मान्यतामा आएको क्षयीकरणलाई रोक्ने मूल तीन काम गर्ने गरी न्यूनतम साझा कार्यक्रम तयार गरेका छौं । यो सरकार यी तिन मूल्यमा आधारित छ । यहाँ ‘वाद’ वा ‘विचारधारा’को आधारमा बनेको सरकार हैन । राष्ट्रिय आवश्यकताले बनेको संयुक्त सरकार हो । यो उत्तर वा दक्षिण कुनै जोड-कोण वा डिजाइनमा बनेको सरकार हैन ।