Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

बडादशैं -२०७० को शुभकामना !

October 12th, 2013

म नेपालको प्रमुख ट्रेड युनियन केन्द्र, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट सबै नेपाली सहित, स्वदेश तथा प्रवासमा पसिना बगाई रहनुभएका सम्पूर्ण श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । दशैंको उपलक्ष्यमा जिफन्ट र आइटियुसी सहित विभिन्न ग्लोबल युनियनहरुले, विशेष गरी कतार र आम रुपमा अरब विश्वमा, चलाई रहेको नेपाली सहित सम्पूर्ण प्रवासी श्रमिकहरुको हक बहालीको अभियानको सफलताको लागि शुभकामना व्यक्त गर्दछु । कतार लगायतका देशहरुमा नेपाली र विभिन्न देशका प्रवासी श्रमिकले भोगी रहेको आधानुनिक दासताको अविलम्ब अन्त्य गर्न हाम्रा अभियानहरु सार्थक रहुन भन्ने शुभेच्छा प्रकट गर्दछु ।

अक्टोबर ७ तारिखका दिन हामील मर्यादित कामको लागि विश्व दिवस मनायौं । यो हप्ताबाट हामी सबै नेपालीले मनाउने सांस्कृतिक पर्व– दशै मनाउंदै छौं ।

दुष्टमाथि सज्जनको विजयको दिनको रुपमा मनाउन शुरु गरिएको दशैं, सबै नेपालीको लागि उत्सव र पारिबारिक मिलनको पर्व पनि हो । बिरष्ठहरुले कनिष्टहरूलाई आशिर्वाद दिने र सबैले एक आपसमा शुभकामना आदान–प्रदान गरि मनाईने यो सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

हामी संविधानसभा–२ को निर्वाचनको संघारमा पनि छौं, यस्तो आम निर्वाचनमा हामीहरु सामेल हुंदै छौं, जसले फेरी संविधानसभा गठन गर्ने छ । र त्यो सभाले हाम्रो लागि नयां संविधान लेख्ने छ । यस्तो संविधान, जसले नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने छ र आर्थिक– सामाजिक समताको आधारमा हाम्रा अधिकारलाई सुनिश्चित गर्नेछ ।

दशैंलाई मनाई रहंदा, त्ययसैले यसपटक हामीहरु मौकाको सदुयोग पनि गर्नेछौं । र, हाम्रा घर-गांउमा सही जनप्रतिनिधिको पक्षमा चुनावी प्रचार समेत गर्नेछौं । लम्बिदो राजनीतिक संक्रमणकालका कारण हाम्रा श्रमजीवी वर्गका कमरेडहरुले भोगी रहनु परेको अप्ठ्यारा र चुनौतीलाई अन्त्य गर्न; आसन्न निर्वाचनपछि सिर्जना हुने नयां वातावरणले भद्रगोल र अविकासलाई अन्त्य गरी आर्थिक विकास र राजनीतिक– आर्थिक– सामाजिक अधिकार सहितको मर्यादित रोजगारी सिर्जना गर्न उपयुक्त अवसर सिर्जना गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।

म नेपालको प्रमुख ट्रेड युनियन केन्द्र, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट सबै नेपाली सहित, स्वदेश तथा प्रवासमा पसिना बगाई रहनुभएका सम्पूर्ण श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । दशैंको उपलक्ष्यमा जिफन्ट र आइटियुसी सहित विभिन्न ग्लोबल युनियनहरुले, विशेष गरी कतार र आम रुपमा अरब विश्वमा, चलाई रहेको नेपाली सहित सम्पूर्ण प्रवासी श्रमिकहरुको हक बहालीको अभियानको सफलताको लागि शुभकामना व्यक्त गर्दछु । कतार लगायतका देशहरुमा नेपाली र विभिन्न देशका प्रवासी श्रमिकले भोगी रहेको आधुनिक दासताको अविलम्ब अन्त्य गर्न हाम्रा अभियानहरु सार्थक रहुन भन्ने शुभेच्छा प्रकट गर्दछु ।

घरवासी हुन् की प्रवासी, सबै श्रमिकहरुलाई मर्यादित रोजगारी मिलोस्, यही शुभकामना व्यक्त गर्दछु ।
श्रमजीवी वर्गको ऐक्यवद्धता जिन्दावाद !
बडादशैं-२०७० को शुभकामना !!!

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.