प्रिय जिफण्टः विदा !
July 28th, 2018
मेरो अनुभवले भन्छ, एउटा संस्था बन्न एउटा पुस्ता वित्नु पर्छ । तर, पछिल्लो पुस्ताले अघिल्लो पुस्ताको त्याग, समर्पण र वलिदानको कदर गर्न सक्नुपर्छ । संस्थाहरुको अधिवेशन/महाधिवेशनहरुमा नेतृत्वका लागि हुने प्रतिस्पर्धा लोकतन्त्रमा एकदमै स्वभाविक प्रकृया हो । प्रतिष्पर्धा ‘म अव्वल छु’ भन्नेहरुको बीचमा हुने न हो । जो आए पनि आखिर नेता हुने भनेको ति मध्ये कै एक जना हो ! प्रतिस्पर्धामा संलग्न हुनेले त्यसको परिणमाबाट बैरागिने वा दिक्दार भएर दिइने अमर्यादित अभिव्यक्ति कसैको लागि पनि शोभनीय हुन्न– स्वयं वैरागिनेका लागि पनि । भनिन्छ नी, राडीमा सातु मुछ्दै नमुछ्नु, मुछेपछि खान घिन नमान्नु । त्यसैले कि त प्रतिष्पर्धामा जानै हुन्न, गइ सकेपछि आउने जुनसुकै परिणामलाई पनि सहजै स्वीकार्न सक्नुपर्छ ।
कमरेडहरु,
आज तपाइहरुलाई विदा भएँ भनिरहँदा यो भन्दा पृथक मनोभावनाको अपेक्षा मैले गरेको थिएँ । कामको क्रममा धेरैलाई, धेरै भनियो होला । तर ज–जस्लाई जे-जे भनियो ‘कज’को लागि भनियो । आन्दोलनको लागि भनियो । कसैप्रति तिखा शब्द प्रयोग गरिएको भए नीजि स्वादका लागि भनिएको थिएन, साझा स्वार्थका लागि भनिएको थियो ।
मैले आजसम्म कसैलाई पनि झुक्याउने, छक्याउने गरिन । ग्रिजिंङ गर्ने– लोलोपोतो घस्ने गरिन । प्रिय वा अप्रिय जे जस्तो लागे पनि हाकाहाकी भन्ने गरेको छु । आफ्नो व्यवहार र बोलीलाई मैले “गुड मर्निङ, गुड डे, गुड इभिनिङ्ग वा गुड नाइट”को शैलीमा हैन, जहिले पनि जोसंग पनि ‘नमस्ते’ शैलीमा प्रस्तुत हुने गरेको छु । कसैलाई पनि मैले ‘गरि बक्सियोस्, गर्नुहोस् वा गर’को विभेद गरिन ।
‘स्ट्रिकनेस’, मैले अपनाएको एउटा शैली हो । आफूलाई बाँधेपछि अरुपनि बाँधिन्छन् भन्ने मैले ठानें । यसो गर्दा कहिले आफैंलाई पनि सकस हुन पुग्यो होला, या कतिपय साथीहरुलाई उकुसमुकुस भयो होला । त्यसो नगरिएको भए आज, यसो भन्न सकिन्न थियो । र, हामी यो ठाँऊमा आइपुग्दैन थियौं ।
मैले जिफण्टमा संलग्न भएदेखि नै एउटा सन्देश प्रवाह गरें– अधिकारः दायित्व सहितको, वितरणः उत्पादन सहितको र उपभोगः उद्योग सहितको हुनुपर्छ । युनियन बनाउनुको अर्थ मैले यसरी बुझें– पूँजी संगठित छ, त्यसैले श्रम पनि संगठित हुनै पर्छ (क्यापिटल अर्गनाइजेज, दियरफोर लेवोर मस्ट अर्गनाइज) ।
हरि शर्मालाई मैले देखिरहेको छु, जिफण्टको संस्थापक नेताहरु मध्ये एक । उहाँसित मेरो गहिरो आत्मियता छ । उहाँले मप्रति सदैव हार्दिक सद्भाव देखाउनुहुन्छ । उहाँ मलाई मेरो हैसियतभन्दा बढी ‘जान्ने मान्छे’ ठान्नुहुन्छ, कमरेड मुकुन्दले जस्तै । कतिपय सन्दर्भमा उहाँको कठोर मिहेनतले सिर्जना गरेको सफलताप्रति इर्ष्या साथ मैले प्रेरणा लिने गरेको छु । “याक एण्ड यति” होटलमा सातौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि मैले सोधें– कमरेड, महाधिवेशन समारोह कस्तो भयो? उहाँको प्रतिक्रिया थियोः तपाईले जिफण्टलाई सफाई वस्तिको धुलोमा खडा गरेर पाँच तारे होटलमा ल्याइ पुरयाउनु भयो– बधाई छ !
मैले मुस्कुराउँदै सहमती जनाउँदा तपाइहरु सबैलाई संझिएँ । हाम्रा पीडा र अप्ठ्याराहरु संझिएँ । हाम्रा मिहेनत संझिएँ । आजको आर्थिक/भौतिक र जनशक्तिको हिसाबले सक्षम जिफण्ट मात्रै हैन– कुनै समयमा महासंघमा आर्थिक संकट आउँदा ६ महिनासम्म खाइपाइ आएको न्यून पारिश्रमिक समेत कटौती हुँदा भोकै काम गर्ने सहकर्मी कमरेडहरु संझिएँ । ‘कि बनाउँला, कि संगै बाटो तताउँला’ भन्दै जागिरे साथीहरुलाई हुँदा खाँदाको रोजगारी छोडाई पूर्णकालिन कार्यकर्ता बन्न आफैंले उक्साएको घटनाहरु संझिएँ । युनियनको कोष निर्माण गर्न चाडवाड मान्न दिनुको सट्टा रातविरात देउसी/भैलोमा सिंगो रात गाल्न लगाएको संझिएँ । कहिले खेताला जाने र कमाएको ज्याला युनियनमा बुझाउन लगाउने त कहिले कालिमाटी खन्न लगाई आएको पैसाबाट युनियन कार्य गर्न खर्चिएको घटना संझिएँ । पुसको चिसो राति जाकेट ओढेर कुकुर जस्तै गुँडुल्केर जिफन्टको प्रकाशनमा संलग्न रहेका साथीहरुलाई मैले सम्झें । तीमध्ये एक सोम राईजी यही हुनुहुन्छ । हामी ठट्टा गथ्र्यौं– प्रकृतिले हामीलाई राम्रै मूल्यांकन गरेर ‘पुण्टे’ बनाइदिएछ, त्यसैले हामी जाकेटभित्र अट्यौं । यदि बुद्धि आचार्य जस्तै ‘लम्बु’ भएको भए के हुन्थ्यो होला? त्यतिखेर जाडो थेग्ने जाकेट बाहेक हामीसँग केही पनि थिएन ।
तसर्थ, “कुनै एक्ले वीर– करिस्मेटिक, फलानो/ढिस्कानोको” को प्रतापमा जिफन्ट यो ठाउँमा आइपुग्यो भनेर कसैले भन्यो भने मेरो विचारमा ठूलो गल्ती हुन्छ । प्रत्येक सदस्यको पसिना र आँसुको थोपाबाट हाम्रो जिफन्ट निर्माण भएको छ । आजको उपलव्धि, त्यसैले सबै साथीहरुको सामुहिक मिहेनतको प्रतिफल हो भन्ने गर्वका साथ जोड दिनकै लागि यी प्रसंगहरुमा आज म चर्चा गरिरहेको छु ।
आफ्नो सन्दर्भमा म सबै साथीहरुप्रति अनुगृहित छु । मैले जिफण्टको नेतृत्वमा झण्डै तीन दशक विताएँ । मैले मेरो परिवारका सदस्यहरुसंग भन्दा कम्तिमा दुईतिहाई समय तपाईहरुसंग विताएँ । हरेक पल मैले तपाईहरुलाई काम–काम– अनि काम भनेर दपेटें । ८–८–८, काम– आराम– र मनोरञ्जनको भाषण त धेरै चोटी गरें, डेमोक्रेटिक फादर र काम तथा परिवारबीचको सन्तुलनको उपदेश त कति दिएँ दिएँ– तर आज के बार हो, अफ डे (विदा दिन) हो की वर्किङ डे (काम को दिन) हो विर्सने गरी तपाईहरुलाई निरन्तर काममा घिसारें । म सँगसँगै सोमजी, उमेशजी लगायतका साथीहरु यसको जिउँदा साक्षी हुनुहुन्छ ।
हाम्रो प्रगति र यी उपलब्धिहरु रातारात भएको भने हैन । यो श्रृँखलाको निरन्तरता छ, प्रत्येक श्रृँखलामा कम्तिमा पनि २०३६ सालदेखि यता काम गर्दै आउनुभएका साथीहरुको निरन्तर मेहनत र पसिनाको योगदान छ ।
तीन दशकपछि फर्केर हेर्दा बेठीक पो भयो की जस्तो पनि कहिले कहिले नलागेको पनि हैन । तर फेरी मेरो मनले भन्छ, यदी शुरुवातको समयमा– निर्माणको बेला ‘आराम’ गर्न थालेको भए यी उपलब्धिहरु कहाँ मिल्थ्यो र?!
दास विद्रोहमा एक ऐतिहासिक पात्र छन्– स्पार्टकस, उनी मलाई मन पर्ने पात्र हुन् । कच्चै उमेरका भएपनि उनलाई ग्लाडियटरहरुले ‘बाबु’ जस्तो ठान्थे । म आपूm स्पार्टकस जस्तो महान त किमार्थ होईन तर मैले तपाईहरुबाट भने स्पार्टकसले झैं सदा “फादर लाइक रेस्पेक्ट” पाएँ ।
धन्यवाद कमरेडहरु– यसैमा म गर्व गर्छु । र यहाँहरुप्रति तथा यहाँहरु मार्फत सबै सदस्यहरुमा आभार व्यक्त गर्दछु ।
अनुभव कै आधारमा म एउटा निस्कर्षमा पुगेको छु– अनगिन्ति घटनाहरु कामका सन्दर्भमा हुन्छन् । त्यसलाई पचाउन नसक्ने नेतृत्वमा टिक्दैन ।
मानिसको स्वभाव, स्वभाविक रुपमै आफूलाई पर्दा धेरै दुख्ने, अरुको पीडालाई कम आँक्ने खालको हुने गर्छ । त्यसलाई सन्तुलन गर्न नसक्ने नेतृत्वमा टिक्दैन ।
म तीनवटा घटना भुल्नै सक्दिन । ०५० साल साउन ८ गते, ०६६ साल चैत १९ गते, र ०६७ साल असार ९ गते ।
०५० साउन आठ गते, मेरो जीवनमा अनौठो मोड ल्याउने घटना घट्यो । जननेता मदन भण्डारीको हत्याको विरोधमा हामी आन्दोलित थियौं । तीन दिने लगातार हडताल ४ साउनमा फिर्ता लिइएपछि ६/७ गते म केन्द्रीय महिला मजदुर विभागको प्रशिक्षणमा संलग्न भएँ । मैले मेरी आमालाई नभेटेको धेरै नै भइसकेको थियो । त्यो वेला अहिलेको जस्तो मोवाइल थिएन, ल्याण्ड लाइन फोन सीमित थिए । त्यही दिन विहान आमासंग कुरा भयो, आउँदैछु भनें ।
त्रिशुली चामल, दाल र आँपको लागि प्रख्यात छ, पहिले पर्याप्त पाईने यी चिज अहिले पाइन्न । मेरो छोरो सानै थियो, र आमाले नातीका लागि सबै समान तयार गरेकी छु भन्दै हुनुहुन्थ्यो । सडकको अवस्था अहिले भन्दा भिन्न थियो, काठमाडौंबाट त्रिशुली पुग्न ४– साँढे चार घण्टा लाग्थ्यो । त्यस दिन दिउसो २ बजेतिर म त्रिशुली पुगें, त्रिशुलीमा मेरा घर थियो । अहिले गाँउ र बजारको दुवै घर छैनन्, भुकम्पले ढाली दियो । बसबाट ओर्लना साथ त्यसदिन मैले भाई रमेश (मेरो ठूलो बा’को छोरो) लाई रुँदै आएको देखें । सोधेँ, के भयो कहाँ जान लागेको? उसको जवाफबाट अवाक भएँ– उ त आमाको आकस्मिक मृत्यु भएकोले कात्रो किन्न पो आएको रहेछ ।
कात्रोसंगै घर पुगें । आमा आँगनमा लडिरहनु भएको थियो । रुवाबासी चलिरहेको थियो । मैले आफन्तलाई हेरें, लडिबुडी गर्दै रोइरहेकी सानी बहिनीलाई हेरें र जवरजस्ती आफ्नो मन सम्हाली सबैलाई नरुन भनें । छेऊमै झोक्त्र्याई रहनु भएको पिताजीलाई हेरें, मरेकी आमाको अनुहार सुमसुम्याएँ । दाह संस्कारतिर लागें।
त्यो घटना मेरो जीवनको ‘टर्निङ्ग प्वाइण्ट’ थियो ।
एउटा सत्य कुरा तपाईंहरुसंग भनौं? मैले मेरो जीवनमा ५ वर्षको उमेर पछि लगातार एक महिना पनि आफ्ना आमाबाबुसँग बिताउन पाइन । आमा भन्नुहुन्थ्यो, सन्तानको माया तँ जान्दैनस्, तेरा छोराछोरी भएपछि पछि बुझ्नेछस । आमाको क्रियाकर्मको लागि त्यसबेला म १७ दिन घरमा बसें, सायद सबैभन्दा लामो बसाई।
म मेरा आमाबाबुको एक्लो छोरो हुँ । त्यस घटनापछि मैले घरमा भएको सम्पूर्ण चीज बेचिदिएँ, जग्गाबाहेक । बहिनीलाई सँगै लिएर आएँ । पिताजीले ‘अलि समय यतै बस्छु, तिमीहरु जाओ’ भन्नुभो । जीवनको गाडी यसैगरी चल्दै गयो । यस घटनालाई मैले, आफ्नो कुनै ‘महान–त्याग’को रुपमा जोड्न खोजेको होइन ।
२०६६ साल चैत १९ गते, वर्तमान उपाध्यक्ष, त्यस बेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको उपाध्यक्ष विदुर कार्की जीको छोराको व्रतबन्धको पार्टी थियो । म त्यस पार्टीमा पुगेको केही समय मात्रै भएको थियो, घर (त्रिशुली) बाट फोन आयो– पिताजी सिकिस्त हुनुहुन्छ, तत्काल आउ । घरपरिवारको सन्दर्भमा, त्रिशुली र काठमाडौंबीच मैले एउटा प्रणाली बसाएको थिएँ, कोही विरामी भए पहिले उतै औषधीमुलो गर्ने– त्यहाँको अस्पताल, नर्सिङ्ग होममा उपचार नहुने भए गाडी चडाएर मलाई खवर गर्ने । अर्थ हो, साना तिना विमारी उताका आफन्तजनले थेग्ने, गंभीर भएमा मैले जिम्मेवारी सम्हाल्ने । जब विरामी सिकिस्त छ, आउ भन्ने खवर आउँछ, त्यसलाई हामी अनिस्टको रुपमा बुभ्mथ्यौंं । म झस्किएँ, बाहिर निस्किएँ र ढुक्क हुन फोन गर्ने भिनाजुलाई सोधें– कुरा के हो? उहाँले जिव्रो चपाउँदै भन्नु भयो, बुहारीलाई पनि संगै ल्याउ । जति व्यस्त भएपनि अहिल्यै आऊ । कुरा बुझियो अघिल्लो दिन बहिनीको सर्जरीको लागि रकम जोहो गरेर तीन पछि काठमाडौं आउँछु भन्ने पिताजी वित्नु भएछ । ०५० सालमा जस्तै पिता जीलाई पनि मेरी आमालाई जस्तै मठमा सुताइएको थियो । फरक यत्ति थियो, आमाको मृत्युको १६ बर्षपछि मेरो राजकीय हैसियत र पार्टीमा हैसियत अलि बढेकोले वरीपरीका गन्यमान्यहरु सहित सिंगो गाँऊ मलाई पर्खिरहेको थियो ।
०६७ असार ९ गते म क्यानडाको भेन्कुभरमा नेपाली ट्रेडयुनियन आन्दोलन र त्यसले विश्वको ट्रेडयुनियन आन्दोलनबाट राखेको अपेक्षाबारे अन्तर्राष्ट्रिय ट्रेडयुनियन महासंघ (आइटियुसी) को दोस्रो अन्तर्राष्ट्रिय क“ग्रेसलाई सम्बोधन गर्ने क्रममा थिए“ । त्यहीबेला मेरी श्रीमतीको टेक्स्ट मेसेज आयो, चिन्ता नलिनुस् छोरी स्मृतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । जीउ चिसो भयो । हिड्ने बेलामा एक्कासी पेट दुखेर विसञ्चो भएकी ८ बर्षकी सानी छोरीलाई स्कुलबाटै अस्पताल पु¥याएको थिए“, एपिण्डिसाइटको शल्यक्रिया भएछ । मैले त्यसपछि क“ग्रेसलाई संबोधन गरें । यत्ति हो, बोलेपछि धेरैले धन्यवाद भने, राम्रो विषय उठाइस्– मन छुने गरी बोलिस् भने । कसरी बोलें, कुन मनस्थितिमा बोलें यहा“हरु सहजै अड्कल गर्न सक्नुहुन्छ ।
यस्ता घटनाहरु मेरो मात्रै हैन धेरै साथीहरुको जीवनमा घटेको छ । सबैभन्दा पछिल्लो घटना म ड्राइभर दिनेश मगरको उल्लेख गर्न चाहन्छु । १५ दिन अघि म सुर्खेतस्थित नेपाली सेनाको पृतनामा प्रधानमन्त्री ज्यूसंगै थिएँ । उनको फोन आयो– मेरा बाबा लड्नु भएछ, सिकिस्त हुनुहुन्छ रे घर जान के गरौं सर? यसमा सोध्नै पर्ने के थियो र? मैले जाऊ भनें– उनले मलाई कसले र कसरी एयरपोर्टबाट पिक गर्छ भन्ने चिन्ता व्यक्त गरे ।
संस्था र दायित्वप्रतिको इमान्दारिताले उनीप्रति स्नेह तथा सद्भाव जाग्यो । एकप्रकारले नमिठो पनि लाग्यो । पछि थाहा भयो, उनका ५३ बर्षे बाबुलाई अन्तिम समयमा छोराछोरीको मुख समेत हेर्न सुयोग जुरेनछ, अल्पायु मै परलोक हुनु परेछ ।
प्रत्येक साथीहरुले आफ्नो जीवनमा यस्ता अनगिन्ति घटनाहरुको सामना गर्नुभएको छ । सबैको सामुहिक त्याग, तपस्या र वलिदानको प्रतिफल हामी आफैंले बनाएको यो महान संस्था हो ।
मेरो अनुभवले भन्छ, एउटा संस्था बन्न एउटा पुस्ता वित्नु पर्छ । तर, पछिल्लो पुस्ताले अघिल्लो पुस्ताको त्याग, समर्पण र वलिदानको कदर गर्न सक्नुपर्छ ।
संस्थाहरुको अधिवेशन÷महाधिवेशनहरुमा नेतृत्वका लागि हुने प्रतिस्पर्धा लोकतन्त्रमा एकदमै स्वभाविक प्रकृया हो । प्रतिष्पर्धा ‘म अव्वल छु’ भन्नेहरुको बीचमा हुने न हो । जो आए पनि आखिर नेता हुने भनेको ति मध्ये कै एक जना हो † प्रतिस्पर्धामा संलग्न हुनेले त्यसको परिणमाबाट बैरागिने वा दिक्दार भएर दिइने अमर्यादित अभिव्यक्ति कसैको लागि पनि शोभनीय हुन्न– स्वयं वैरागिनेका लागि पनि । भनिन्छ नी, राडीमा सातु मुछ्दै नमुछ्नु, मुछेपछि खान घिन नमान्नु । त्यसैले कि त प्रतिष्पर्धामा जानै हुन्न, गइ सकेपछि आउने जुनसुकै परिणामलाई पनि सहजै स्वीकार्न सक्नुपर्छ ।
त्यसैले म ठान्छु, रिस, राग, आलोचना, खिन्नता, विरक्ति पोखेर ट्रेडयुनियन आन्दोलन अगाडि बढ्दैन । श्रमिकको जिन्दगीसंग जोडिएको यस आन्दोलनमा लागेका तपाई/हामीहरुले महसुस गर्नै पर्छ– हामी नेताहरुको त जसरी भएपनि व्यवस्थापन होला, तर हामीले गरेको सानो भन्दा सानो चुकबाट आम श्रमिकहरुको भविष्य धरापमा पर्छ ।
मेरै सन्दर्भमा पनि, म एकजना आम नागरिक विष्णु रिमाल मात्र हु“, कुनै अलौकिक व्यक्ति होइन । यो तीस बर्षको अवधिमा यदि मैले जिफन्ट निर्माणका लागि केही योगदान गर्न सकेको रहेछु भने गर्व गर्नेछु, र तपाईहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । यदि मैले विताएका ती तीन दशक बेकारमा खेर गएको रहेछ भने यत्ति अनुरोध गर्न चाहन्छु, माफ गरिदिनु होला । आउने दिनले तपाईहरुको सुयोग्य नेतृत्वको प्रतिक्षा गरिरहेको छ, असल काम गर्नु होला ।
साथीहरु, आज म केही भावनात्मक पक्षको पनि चर्चा गर्ने अनुमति चाहन्छु । मेरो प्रवेश जिफन्टमा आकस्मिक ढंगले भएको हो । दुई जना कमरेडहरु कमरेड ईश्वर पोखरेल र कमरेड मुकुन्द न्यौपाने, यहीं हुनुहुन्छ । उहाँहरु सँगसँगै अर्को महत्वपूर्ण व्यक्तित्वको नाम लिन चाहन्छु, जो अहिले यस कार्यक्रममा हुनुहुन्न– कमरेड प्रदीप नेपाल, तत्कालिन नेकपा (माले)का नेता ।
यो २०४४ सालको कुरा हो ।
म पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउँदै थिएँ । मेरो कमाई र समय सबै पार्टीको नाममा समर्पित गरेको थिएँ । घरमा पिताजी र आमालाई मैले केही गर्न पर्दैन थियो । खानलाई पुग्दथ्यो । कहिलेकाहीँ “भात चा“हि कसरी खाने नी?” भन्दै अलि बाङ्गा कुरा गर्ने साथीहरुलाई मैले भन्ने पनि गरेको छु– “म भात खानको लागि होइन, भात छोडेर राजनीतिमा आएको हुँ ।” यो मैले धाक लगाएको होइन, वास्तविकता हो ।
त्यतिखेर त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै थियो । त्यो बेला म तत्कालीन भूमिगत पार्टीको उपत्यका कमिटीसँग जोडिएको थिएँ । र, अर्थशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भएको थिएँ । मलाई प्रश्न गरियो, त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति बन्न जाने हो? मैले भने, म विद्यार्थी राजनीतिमा जान्न ।
कमरेड प्रदीपले भन्नुभयो– स्ववियुमा चुनाव नलड्ने भए नेस्वमयू (नेपाल स्वतन्त्र मजदुर युनियन) लाई सहयोग गर्नुस्, मजदुर युनियनको लागि काम गर्नुस् ।
मैले नाँई भनिन, नयाँ जिम्मेवारी सम्हाल्ने तिर लागें । त्यो वेला त्रिवि स्ववियुमा हालका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल चुनाव लड्नु भयो र विद्यार्थी युनियनको एकजना चर्चित सभापति बन्नु भयो ।
यसरी मैले आफ्नो ट्रयाक फेरेको हुँ । ट्रयाक फेर्ने, केही नयाँ गर्ने योजना अनुसार जिफण्ट बन्यो । यो काम पनि केही साथीहरुलाई पचेन । स्कूलिङ् नै त्यस्तै थियो, ट्रेडयुनियन भनेको ‘कुल्लि कवाडी’हरुको संगठन हो । ‘व्हाइट कलर’ किन मजदुर युनियनमा भन्ने उहाँहरुको दृष्टिकोण थियो । त्यसैले सायद, उहाँहरु पूरै गलत हुनुहुन्थ्यो । पार्टीले खटाएका हामीहरु, झोलामा नै संसार बोकेर वस्ती र कार्यथलोतिर जान्थ्यौं । त्यसैले ति साथीहरुले हाम्रो ‘निक–नेम’ ‘झोले’ राख्नु भएको थियो ।
केही अपमान जस्तो, केही स्वभाविक लाग्ने यिनै परिवेशबाट जिफण्ट बनाईयो, हुर्काइयो र यो आजको युनियन आन्दोलनको नेता बन्न पुग्यो ।
केही सामान्य लाग्ने तर सदाचारलाई आवस्यक पर्ने कामहरु छन् । भावी नेतृत्वले ग्रहण गर्दा वेसै हुने ठान्दछु । जस्तो की, हवाइजहाज चढ्नु अहिले कुनै ठुलो कुरा रहेन । कुनै समय थियो, हवाइजहाज चढेर विदेश जानु भनेको ज्यादै ठूलो कुरा थियो । ‘वैदेशिक कार्यक्रममा सहभागी हुन पाइने’ यो पनि महासंघप्रतिको एउटा आकर्षण बन्न पुग्यो । नाम लिनु त्यति उचित नहोला, अहिले माथिल्लो ओहोदामा पुग्नु भएका केही साथीहरुलाई पहिलोचोटी हवाइजहाज हामीले नै चडायौं भन्न पाउँदा गर्व लाग्छ । त्यसैले, मैले जिफण्टबाट विदेश जानेहरुको लिस्ट नै बनाउन शुरु गरें । हाम्रो महासंघ मार्फत पहिलो चोटी हवाईजहाज चढ्न पाउने साथीहरुको संख्या आजका मितिमा आइपुग्दा हजार त नाघ्यो होला ।
अहिले जस्तै त्यसवेला पनि विदेश जानेहरुलाई विमानस्थलमा विदाई गर्न जाने चलन थियो । राम्रो कुरा, तर त्यसको नराम्रो पक्ष चाँहि जो साथीहरु अलि माथिल्लो ओहोदाको हुनुहुन्थ्यो– पूmल÷माला सहित एयरपोर्टमा विदाई गर्न जानेहरुको संख्या ठूलै हुन्थ्यो । सामान्य साथीहरु, जसलाई उत्साहित गर्नुपथ्र्यो– उहाँहरुलाई ‘यता डिपार्चर गेट छ’ भनिदिने पनि कोही हुँदैन थियो । त्यसैले, हामीले एउटा प्रचलन शुरु ग¥यौं, कुनैपनि कमरेड विदेश भ्रमण जाने अघिल्लो दिन उपलव्ध पदाधिकारी सहित साथीहरु जिफण्ट एक्जुकेटिभ हलमा जम्मा हुने । त्यसपछि सम्बन्धित साथी के कार्यक्रममा, कसरी, कुन बाटोबाट कहाँ जाने, कहिले फर्किने र आएर के गर्ने भन्न लगाउँथ्यौं । अन्त्यमा, महासचिवले सबैको तर्फबाट सुरक्षित तथा सफल यात्राको शुभकामना सहित संगसंगै चियापान गथ्र्यौं । जानेले फर्केर आउँदा चकलेट ल्याउने र आप्mनो अनुभव आदान प्रदान गर्ने विधि बसाल्यौं । सायद जिफण्ट नै यस्तो संस्था हो जहाँ विदेश जाने साथीले आफुले पाएको दैनिक भत्तामा खर्च कटाएर बचेको मध्ये ७० प्रतिशत जिफण्टको खातामा दाखिल गर्ने गर्नुहुन्छ । श्रमिक साथीले विदेशबाट छोराछोरीलाई चकलेट ल्याउन सकोस् भनेर ३० प्रतिशत दिने गरेको हो । यो प्रचलन त्यही बेलाबाट थालिएको हो ।
अहिले तारे होटलमा जानु÷खानु खासै ठूलो कुरा भएन– बीस/पच्चिस वर्ष अघि त्यो कथा जस्तो थियो । २०५० सालमा ९ महिने आधारभुत प्रशिक्षण अन्तरगत ईंट्टाभट्टामा काम गर्ने साथीहरुलाई अध्ययन भ्रमणका लागि होटल सोल्टीमा लगिएको थियो । फर्किने समयमा मैले सोधें– कस्तो लाग्यो? साथीहरुले अनौठो जवाफ फर्काए– यस्तो होटलमा काम गर्न पाए त विना तलव काम गर्थें । साथीहरुले त्यहाँको झिलिमिली मात्रै देखे, त्यहाँ काम गर्ने साथीको झमेला बुभ्mदै बुझेनन्। चिल्लो हुने गरी दाह्री नखौरेको कारण जागिर चट भएको कथा ती साथीहरुलाई के पत्तो होस्?!
अहिले जिफण्ट भनेको प्रतिष्पर्धा र आपसी सद्भावको प्रतीक नै हो भन्ने स्थापित छ । प्रतिस्पर्धा, यो फगत नाटक होइन । र, कसैको स्यावासी पाउनका लागि वा विज्ञापनका लागि गरिएको पनि होइन । जारी रहेको त्यो परम्परामा हामीले एउटा श्रृङ्खला बनाएका छौं– हरेक काम सामुहिक निर्णयमा गर्ने, पोजिसनमा जिरो हाइरार्की, को ठुलो, को सानो नभन्ने । ‘मेरा क्या होगा’ भन्ने कुराको ठाँउमा ‘हाम्रो मिशन कसरी अघि बढाउने’ भन्ने ।
यदि संगठनमा सिस्टम राम्रो बसालियो भने सबै अट्ने ठा“ऊ बन्छ । कोही पनि बाहिरिन पर्दैन । मलाई लाग्छ जिफन्टमा हामीले एउटा सिस्टम बसालेका छौं । त्यो सिस्टमले कसैलाई मन दुखाउनुपर्ने, चित्त दुखाउनुपर्ने परिस्थिति छ जस्तो मलाई लाग्दैन । जिफन्टमा ‘लाइनमा उभिएपछि टुप्पो मै पुगिन्छ’ भन्ने विश्वास छ । लाइनबाट नै “राइट पर्सन–राइट ल्पेस, र इम्पे्रसिभ रिजल्ट’को आस गर्न सकिन्छ । भावी दिनमा पनि ‘जिफन्ट जहाँ उभिन्छ, लाइन त्यहींबाट सुरु हुन्छ’ भन्ने थिति बसाल्नुस् ।
हामीहरु सिर्जनात्मक पनि बन्नुपर्छ । सिर्जनात्मक बन्ने बारेमा म लामो कुरा भन्न चाहन्न । अब के गर्ने, कुन तरिकाले जाने भन्ने कुरामा यहाँहरु ज्ञाता नै हुनुहुन्छ । अब गरिने आन्दोलन भनेको लोकतन्त्रमा गरिने आन्दोलन हो । सन्दर्भ फेरिएको छ, ख्याल गर्नु होला ।
कामका केही पाटाहरु छन् ।
‘हाम्रो आँखाबाट नेपाललाई हेर’ कम्तिमा पनि श्रमको दुनिया“लाई बुभ्mन चाहनेलाई हामीले यसो भन्दै आयौं । त्यसमा राम्रै सफलता मिलेको छ । यसलाई कायम राखौं ।
प्रचार कार्य टिभी/रेडियोमा देखिनु वा देखाउनु मात्रै हैन । आफ्ना प्रचार सामग्रि विषय विज्ञलाई बताउनु पनि हो । विज्ञहरुले सितिमिति वास्ता गर्दैनन्, आप्mनो कुरा बिकाउन हामीले पनि प्रचारमा प्रचलित एउटा फर्मुला पछ्यायौं । ‘हेर्नुस् न हामीले यस्तो किताब छापेका छौं, कस्तो भयो कुन्नी– टिप्पणी गरिदिनु होला’ उनीहरुलाई भन्ने । यसको परिणाम– आफुलाई मैं हुँ भन्ने पनि हाम्रो वरिपरी आए । मेरा गुरु तथा ईञ्जिनीयरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकका तत्कालिन समयका डिन ई. बाबुराम भट्टराई एकदिन जिफण्टमा आउनु भयो । के गर्दै हनुहुन्छ? उहाँको प्रश्नमा मैले जिफण्टबाट छापिएका विभिन्न प्रकाशन उपहार दिएँ । मेरो सहलेखनको ‘श्रमको मूल्य सिद्धान्त’ भन्ने प्रकाशन वल्टाईपल्टाई गर्नु भयो र भन्नु भयो, त्यो समयको प्रगति प्रकाशन, मास्कोको जस्तै पुस्तक रहेछ । मैले प्रशंसा पाएँ भन्ने ठानें र खुशी हुँदै भने– हामीले प्रकाशन क्वालिटी राम्रा भएका धेरै प्रकाशन गरेका छौं सर । उहाँले मुसुक्क हाँस्दै भन्नु भयो, त्यो वेलाको सोभियतसंघ र प्रगति प्रकाशन । अहिले सोभियतसंघ कहाँ छ, थाहा छ हैन?
म खिस्रिक्क परें र तत्काल मनमनै गुंने– बुद्धि पुरानो हुन्न, हेर्ने भनेको त कति सिर्जनात्मक छ भन्ने न हो ।
सोभियत संघको प्रसंग चलिहाल्यो । एउटा किस्सा सुनाउने अनुमति चाहन्छु । तत्कालीन सोभियत संघमा दुई चर्चित नेताहरु थिए, स्तालिन र ख्रुस्चेव । स्तालिनलाई कडा मिजासको नेता मानिन्थ्यो, ख्रुस्चोवलाई नरम मिजासको । स्तालिन जिउँदो रहुञ्जेल ख्रुस्चेब, उनको जे कुरामा पनि “हो–हो” भन्थे । स्टालिनको मृत्युपछि एकदिन ख्रुस्चेबले पार्टीको वैठकमा भने, स्तालिन तानाशाह थिए । कसैलाई बोल्नै दिंदैन थिए । त्यसपछि बिरोधको श्रृङ्खला नै राखे– यो भयो, त्यो भयो, चल्न दिएन, पक्षपात भयो, बितायो, आदि ईत्यादि । धेरै बेर स्तालिनको बदख्वाँई सुनेपछि कसैले फ्लोरबाट सोध्यो– कमरेड, हिजोसम्म तपाई स्तालिन कै जि–हजुरी गर्नुहुन्थ्यो । त्यही टिममा हुनुहुन्थ्यो । खैै, के कसो भयो भन्ने त हामीले कहिल्यै सुन्न पाएनौं । आज यसरी आलोचन गर्नेले, आप्mनै कमिटीको कमरेड जिवित हुञ्जेल किन केही नभनेको? किन विरोध नगरेको, गलत काम नगर्न किन नभनेको?
ख्रुश्चेवले कड्केर सोधे, कसले प्रश्न गरेको? हात उठाउनुस्, प्mलोर शान्त । त्यो मान्छेले फ्लोरमा हात उठाउन आँटै गरेन । ख्रुस्चेबले भने, जसरी अहिले मबाट डराएर तपाईले हात उठाउनु भएन, त्यो बेला पनि स्तालिन देखि तर्सिएर मैले विरोधमा बोलिन ।
केही समय अघि स्वागत गर्न पोडियममा उभिएका निर्वतमान महासचिवले स्वागत भन्दा निन्दाको भाषा बोल्नु भयो । यस प्रसंगमा यत्ति प्रश्न गर्न चाहन्छु– म विष्णु रिमाल, के स्तालिन जस्तै थिएँ त? राम्रो कुरा खु्रश्चेवले स्तालिन मरेपछि मुख छोडे, मेरो सहपाठी जुनियरले, म ज्यूँदै रहेको बेला, तपाईहरुको छेउमै रहेको बेला त्यस्तै भाषा प्रयोग गर्नु भयो । म स्तालिन वा खु्रश्चेव दुबै हैन । त्यसैले विनम्र आग्रह गर्दछु, महोदय– यदी मैले तपाईहरुसँग काम गर्दा तानाशाही लादेको भए, अत्याचार गरेको, पक्षपात गरेको भए, त्यतिखेर बोल्न नसकेको भए अब बोल्नुस् । कोही पनि साथीलाई पक्षपात ग¥यो, गुटबन्दी ग¥यो भन्ने लागेको छ भने कृपया बोल्नुस् । मेरो फोटो जिफन्टको भित्ताबाटै हटाइदिनोस् । म नेपालमै छु, तपाईहरुको छेउमै हुन्छु र फोटो हटाए पनि म तपाईंहरुकै साथमा रहनेछु । यो मेरो प्रतिबद्धता भयो । मुप्mतमा एउटा सल्लाह दिन्छु– थुक्नै मनलागे, आकास तिर फर्किएर चाँहि नथुक्नु होला । आफ्नै अनुहार फोहोर हुन्छ ।
केही समय अघि, नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले मेरा बारेमा धेरै पक्षमा चर्चा गर्नु भयो । अमूल्य सोभिनियर दिनुभयो । भावनालाई छुनेखालको विषयवस्तु प्रस्तुत गर्नुभो । धन्यवाद विनोद जी ।
म तपाईंहरु सबैप्रति आभार व्यक्त गर्ने अनुमति चाहन्छु–
- नेताहरुलाई,
- मेरो पार्टीलाई,
- ट्रेड युनियन आन्दोलनका सम्पूर्ण साथीहरुलाई,
- सबै विज्ञहरुलाई,
- अन्तर्राष्ट्रिय समुदायलाई,
- र, मेरो परिवारलाई ।
- विशेष गरी मेरी स्मृती, मेरो प्यारी छोरी, आई एम सो सरी । मेरो अनुपस्थितिका कारण तिमीले भोग्नु परेका मानसिक अप्ठ्याराप्रति म क्षमा चाहन्छु ।
मलाई लाग्छ, जिफन्टमा म पछिको टिम दह्रो छ । दह्रो टिमलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा म ढुक्क छु । मेरो नेतृत्व वा म संलग्न टिमबाट जेजति उपलब्धि हासिल भयो, त्यो भन्दा ज्यादा गुणात्मक हिसाबमा भावी दिनमा जिफन्टले उपलव्धि हासिल गर्नेमा म अति नै आसावादी छु ।
सम्मान दिनुभयो । नेता मान्नुभयो, अहिले संरक्षक नै बनाउनु भयो– सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । म तपाईंहरुसँगै छु, तपाईंहरुको साथ छु । अन्जानमा मबाट गल्ती भएको भए माफ गर्नुहोला ।
धन्यवाद ।
(नेतृत्व हस्तान्तरणको क्रममा दिइएको अन्तिम मन्तव्य । मे १, २०१८, होटल अन्नपूर्ण, काठमाडौं)