January 23rd, 2016
यो सरकारको सय दिन पुरा भएको छ । सरकार सञ्चालनका सुरुवाती सय दिनलाई मधुमास भन्ने गरिएपनि वास्तवमा यो सरकारलाई मधुमासको समयै थिएन । हामी समस्याको चाङमाथि रहेरै सरकारमा पुगेका थियौं । हामी त्यसै अनुसारका काममा खटिइरहेका छौं ।
यो बिचमा सरकारका र विशेषत प्रधानमन्त्री केपी शर्मा ओलीका भनाईप्रति टिकाटिप्पणी र कतिपय अवस्थामा आलोचना पनि भइरहेको छ । प्रधानमन्त्रीले बोलेका कुराको सप्रशंग नजोडिँदा योजनाको अघि र पछिको प्रशंग हटाउने र बिचका विषयलाई मात्र बिम्बित गरेर व्याख्या गर्न खोजियो कतिपय अवस्थामा अपव्याख्या जस्तो गरियो ।
उदाहरणका लागि प्रधानमन्त्री ओलीले फड्के र तुइन विस्थापन गर्ने फड्के सदर गर्नुभयो । १ सय ७१ तुइन र फड्के गरि २ सय २७ वटा विस्थापित गर्नुपर्ने हुन्छ । २ वर्षमा यी टुंग्याउने तयारी लगभग पूरा भएको छ ।
११ हप्तामा सबै सर्वे सक्ने गरि तयारी भइरहेको छ । ललितपुर र मकवानपुरको शिवनीवेशीबाट त्यो सुरु भइसक्यो तर त्यसको पनि प्रचारप्रसार उडाउने हिसाबले गरियो ।
प्रधानमन्त्री केपी शर्माओलीले जे जे कुरा भइरहेको छ त्यो झुक्केर भन्नुभएको होइन । उहाँ दृढ निश्चय र सचेतताका साथ भनिरहनुभएको छ । झुक्किएर भन्नुभएको होइन । राजनीति प्रविधि र प्रशासनको त्रिकोणात्मक सम्बन्ध हुन्छ ।
राजनीतिले मार्गदर्शन गर्ने हो । सपना देखाउने हो । भिजन दिने हो त्यसलाई प्रशासनले सहयोग गर्ने हो । प्रविधी र प्राविधिकले त्यसलाई एक्सनमा लैजाने हो । राजनीतिले योजना र सपना देखायो तर यो पूरा हुनलाई प्रशासन र प्रविधीको सहयोग पनि आवश्यक हुन्छ ।
उहाँलाई उडाउनेहरुले यसको अन्तर्यमा पुग्नै चाहेनन् वा सकेनन् । तर आलोचना सुरु गरिहाले । प्रधानमन्त्रीले पानीको साथै वैकल्पिक उर्जाका रुपमा सौर्य उर्जा, हावाबाट फोहोरबाट र तापिय रुपमा पनि उर्जा निकाल्ने कुरा प्रधानन्त्रीले गरिरहनुभएको छ । तर यहाँ धेरै पानीबाट बिजुली निकाल्ने र त्यहिमात्र बुझ्ने विज्ञहरु धेरै छन् । अहिले लगानीबोर्डले ३ सय मेगावाट हावाबाट बिजुली निकाल्ने अनुमति दिइएको छ । यो गोर्खा कम्पनीले ३ हजार मेगावाट बिजुली निकाल्ने दाबी गरेको छ । हामीले काम गर्न नसके उसको लाइसेन्स खारेज गर्ने हो । अरुपनि धेरै कुरा भइरहेका छन् ।
संसारमा हावाबाट फोहोरबाट धेरै ठाउँमा बिजुली निकालिएका छन् नि यो बुझ्दा बुझ्दै प्रधानमन्त्रीलाई मात्र उडाउने गरि व्याख्या गरियो । तर मैले कसैलाई अवमुल्यन गरेको होइन कि कतिपय उर्जाका विज्ञ भनिनेहरुलाई तापीय उर्जाबारे थाहा पनि पाएका छैन रहेछन् । तर उनीहरु नै सबैभन्दा धेरै प्रधानमन्त्रीको कुरालाई उडाइरहेका छन् ।
सरकारका तर्फबाट सूचनाको प्रवाहमा कमी भएको छ । यसमा हामीले केही करेक्सन गर्नुपर्ने होला । यो ३ सय मेगावाटको काम तत्कालै थालिने छ । धेरै समय लाग्नेवाला छैन । प्रसारण लाइनको अप्ठ्यारो फुकाउनका लागि पनि हामीले काम थालिसकेका छौं । यो कम्पनीलाई नै प्रसारण लाइनको काम गर्ने गरि अख्तियारी दिन सकिने बारेमा तय भएको छ ।
रेलको अर्को कुरा हो । मोनो रेल तत्कालै पूरा हुने कुरा होइन । दशाैं वर्ष लाग्नेछ । पक्कैपनि तर वर्षौ लाग्ने कुराको कामै नथाल्ने छलफलै नगर्ने भन्ने कुरा त होइन । चीनले सिगात्सेसम्म ल्याउने रेललाई हामी यतापनि बढाउने बारेमा चीन सकारात्मक छ । हामीले छलफल अघि बढाइरहेका छौं । उपप्रधानमन्त्री कमल थापाको चीन भ्रमणका रुपमा यसबारेमा पनि निकै सकारात्मक छलफल भइरहेको छ ।
हामीले उत्तर तिरका नाका खोल्ने कुरालाई अघि बढाइरहेका छौ । यो भनेको दक्षिणको विकल्पका रुपमा त्यसलाई अघि बढाउने होइन । इलेक्ट्रिक बसका बारेमा पनि हामीले चीनसँग छलफल गरिरहेका छौं । यसका लागि निकै सकारात्मक छलफल अघि बढिरहेको छ । लोडसेडिङकै बेलामा पनि कम्तिमा एक वर्षमा कम्तिमा काठमाडौंमा इलेक्ट्रिक बस गुडाउन सकिन्छ भन्ने हाम्रो सपना पूरा हुन्छ भन्ने नै हो । चार्जिङ्ग स्टेशन राखेर पनि त्यो काम गर्न सकिने हाम्रो ठम्याइ हो ।
सरकारले अहिले प्रस्तावित ७ वटै प्रदेशमा नगर विकास प्राधिकरण बनाउने सुरसार पनि गरिरहेको छ । त्यहाँ कम्तिमा एउटा नमुना शहर बनाउने योजना हो । यो एकै वा दुई वर्षमा पूरा हुने कुरा होइन । तर यसको थालनी हामी गर्नेछौं ।
ग्यासको पाइपलाइनका बारेमा प्रधानमन्त्रीले २ वर्षको समय माग्दै ग्यासको पाइप लाइन बिस्तार गर्ने भन्नुभएको हो । उहाँको शैली केही रमाइलो भएकै हो तर त्यो २ वर्षलाई हटाएर फ्याट्ट ग्यास आउने मात्र भनेर भएन नि । सामाजिक सञ्जालमा त केपी ओलीले फ्याट्ट ग्यास ल्याउने भए भनेर मात्र भाइरल बनाइयो । यो भनेको सप्रशंग हटाएर बिचबाट मात्र व्याख्या गरिएको हो ।
धेरै जनाले के आधारमा पत्याउने भन्नुहुन्छ । हो यसका लागि आधार आवश्यक हुन्छ । तर सपनै नदेख्ने कुरा त भएन नि । अहिलेको प्रधानमन्त्री गृहमन्त्री हुँदा परराष्ट्रमन्त्री हुँदाको इतिहास पनि हेरौं । एउटै गोली नपड्काइ शान्ति सुरक्षाको अवस्था सुदृढ बनाएको, एकदमै राम्रो परराष्ट्र सम्बन्ध कायम गरेको जस्ता विगत पनि हेर्नुपर्यो ।
नागरिकले यो सरकारलाई अति नै माया गरेको स्पष्ट छ । जति नै अभाव र समस्या भोगेर भएपनि नागरिकले सरकार र प्रधानमन्त्रीलाई समर्थन नै गरेका छन् । यो अभूतपुर्व समर्थन हो । यसको कारण के पनि हो भने अहिले सरकारका कारण नभई अरु नै पक्षका कारण यो समस्या आइरहेको हो भन्ने उनीहरुले एकदमै राम्रोसँग बुझेका छन् । यसलाई म अन्तरआत्मादेखी नै नमन गर्न चाहन्छु ।
र, अब धेरै कुरा सहजता तर्फ उन्मुख भइरहेको छ । मधेसमा भइरहेको समस्या समाधानका लागि पनि हामी दत्तचित्त भएर गम्भीरताका साथ छलफल अघि बढाइरहेका छौं । धेरै कुराहरु सहमतितर्फ उन्मुख पनि भइरहेको छ । यसबाट अब छिट्टै समस्याको समाधान हुने अपेक्षा गर्न सकिन्छ ।