May 12th, 2011
नेपालको श्रम आन्दोलनले दुई बेग्लाबेग्लै प्रबृत्ति अंगालेको छ । एउटाले आफुलाई “मजदुर” को प्रतिनिधि भन्न रुचायो भने अर्कोले आफुलाई “कर्मचारी” भन्दा ज्यादा “भलादमी” हुन् लख काट्यो । पहिलो प्रवृत्तिले आफुलाई प्रत्यक्षरूपमा राजनीतिक पार्टीस“ग जोड्यो र संगठित कारखाना तथा यातायात, होटल जस्ता सेवामूलक उद्योग–व्यवसायभित्र आफ्नो कामलाई केन्द्रित गर्यो। दोस्रोले शिक्षा, स्वास्थ्य जस्ता सेवामूलक प्रतिष्ठान र सामाजिक एवं सरकारी कार्यालयको मुलतः प्रशासनिक श्रमजीवी बीच आफुलाई केन्द्रित गर्यो । पहिलो प्रवृतिले आफ्नो संस्थालाई “मजदुर यूनियन” ट्रेड यूनियन नामबाट प्रचारित गर्यो। दोस्रोले आफ्नो संस्थालाई “पेशागत संगठन” को रूपमा चिनायो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Trade Union Andolan ra Karmachari Sangathan