Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

त्यो निर्णय सर्वसम्मत होइन

March 15th, 2020

‘सहमतिको दुई मुख्य व्यक्ति प्रचण्ड र केपी शर्मा ओली हो। अरु नेताहरुले रचनात्मक सल्लाह दिनुहुन्छ। दुई अध्यक्षबीच सहमति नभएसम्म पार्टीमा निर्णय हुन सक्दैन। महाधिवेशनसम्म दुई अध्यक्षले एकीकरण गर्ने जिम्मा लिनुभएको हो। अर्को बाटो रोजे एकीकरण नै अप्ठेरोमा पर्छ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, पछिल्लो समय देखिएको नेकपाभित्रको विवाद र सरकार सञ्चालनमा केन्द्रित रहेर गरिएको वार्ताः

दोस्रो मिर्गौैला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ?
प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ। डाक्टरहरुले उहाँको स्वास्थ्य सुधारको एउटा टाइमलाइन बनाउनुभएको थियो। त्यसमा शल्यक्रियाको भोलिपल्ट, पर्सिपल्ट, ७ दिन, १० दिनमा केके हुनुपर्ने भन्ने थिए। ती सबै महत्वपूर्ण सूचकमा अपेक्षाअनुसार नै प्रगति भएको छ। कतिपय कुरा त त्योभन्दा छिटो पनि भइरहेको छ। नेपालको उच्चतहको व्यक्तिको प्रत्यारोपण पहिलोपटक नेपालमै गरिएको हुँदा यो प्रत्यारोपणमा शून्य कमीकमजोरी होस् भन्ने ढंगबाट उहाँहरु काम गरिरहनुभएको छ। प्रधानमन्त्रीज्यूमा त्यो सुधार देखिएपछि मात्र उहाँहरुले घर पठाउनुभएको हो।

प्रधानमन्त्री पूरै सक्रिय रुपमा काममा फर्किन केही महिना लाग्नसक्ने चिकित्सकहरुको भनाइ छ। उहाँ आराममा हुँदा वा पूर्ण सक्रिय नहुँदा सरकारको काम कारबाही कसरी चल्छ?
बाहिर आएजस्तो ६–८ महिना घरमा आराम गरेर सुत्ने भनेको होइन। त्यो अलि प्रष्ट हुन जरुरी छ। डाक्टरहरुको भनाइ के हो भने सामान्य अवस्थाका मान्छेहरु जसरी भीडभाडमा जान्छौं, घुलमिल हुन्छौं, त्यसो गर्न अलि सतर्कता अपनाउनुपर्छ। संक्रमण छिटो हुनसक्ने भएकोले ख्याल गर्नुपर्छ भनिएको हो।

अब छिटै काममा जोडिन सक्नुहुन्छ। तत्काल प्रधानमन्त्री कार्यालयमा एउटा दूरीमा बसेर उहाँले अन्तरक्रिया गर्नुपर्ने सरकारी संयन्त्रका मानिसहरु, मन्त्रीहरु, पार्टीका नेतासँगको भेटघाटलाई उहाँले निरन्तरता दिनुहुन्छ। भीडमा नभेट्ने हो। एक्लाएक्लै भेट्न हुन्छ। १०–२० जना एकैचोटि भेट्ने कुरा हुँदैन। २–४ जनाबीच आलोपालो गरेर गर्नुपर्छ। अब छिटै मन्त्रिपरिषद् बैठक पनि बस्नसक्छ।

प्रधानमन्त्रीले संयन्त्रमार्फत् काम गर्ने हो। व्यक्ति आफैँ दौडिने होइन। पहिलो संयन्त्र मन्त्रिपरिषद् नै हो। मन्त्रीहरुले नै काम गर्नुहुन्छ। दोश्रो मन्त्री मातहत रहेका मन्त्रालय, विभाग, निकायहरु आआफ्नो ठाउँमा काम गरिरहेकै छन्। उदाहरणको लागि ९–१० दिनयता उपप्रधानमन्त्रीको संयोजकत्वमा कोरोनालगायत विषयमा काम भइरहेकै छ। मन्त्रिपरिषद्ले नै गर्नुपर्ने विषयका लागि त्यसको बैठक बस्ने हो। जस्तै कुनै सचिव, राजदूत नियुक्ति, सरुवा गर्नुपर्‍यो भने बस्नुपर्‍यो। मन्त्रिपरिषद्ले नै गर्नुपर्ने कामबाहेक अरु सबै कामकारबाही भइरहन्छ।

प्रधानमन्त्रीज्यू मिर्गौला प्रत्यारोपणमा जानुअघि उहाँले १५–२० दिन काम नरोकिने गरी निर्णयहरु गराएर अस्पताल जानुभएको थियो। काम रोकिएन। रोकिँदैन। आउने दिनमा पनि उहाँले यसरी नै गर्नुहुन्छ। अझ सरल रुपमा भन्दा अब केही दिन प्रधानमन्त्रीज्यूले सरकारी निवासबाटै काम गर्नुहुन्छ। पहिले पनि यसरी गरिएको छ। मन्त्रिपरिषद् बैठक बस्न त्यहाँ सबै व्यवस्था छँदैछ। केही समस्या छैन। स्वास्थ्यको हिसाबले पनि मन्त्रिपरिषद् बैठक गर्न कुनै समस्या हुँदैन।

हामीले उहाँको निवासलाई नै एकप्रकारले निर्मलीकरण गरेका छौं। यसरी नै कामकारबाही अगाडि बढ्छ।

पार्टीमा २ अध्यक्ष हुनुहुन्छ। पार्टी र कमिटीका काममा दौडधुप गर्नुपर्ने काममा कार्यकारी अध्यक्ष नै दौडिहाल्नुहुन्छ। प्रधानमन्त्रीले गर्नुपर्ने सरकारको काम उहाँ आफैँ र मन्त्रीमार्फत गरिहाल्नुहुन्छ।

BishnuRimal 3

वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय सर्वसम्मत होइन : विष्णु रिमाल (अन्तर्वार्ता) 

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.