December 6th, 2009
ट्रेड यूनियन के हो भन्नेमा भिन्न भिन्न धारणा पाईन्छ । कार्ल माक्र्सले ट्रेड यूनियनलाई “पू“जीपति विरुद्धको सामाजिक क्रान्तिमा श्रमिकहरुको आड (रामपार्टस्)” भनेका छन् भने एंगेल्सले “वर्ग युद्धको सैन्य विद्यालय” भनेका छन् । माक्र्सको तर्क छ– संक्रमणकालिन अवधिको एउटा चरण यूनियन हो, जहा“ यूनियनले सबैभन्दा पहिले ज्यालाको प्रतिरक्षा गर्छ र “वर्गीय द्वन्द्व” मार्फत श्रमिकहरुका वीचमा वर्गीय एकताको चेतना सिर्जना गर्छ । आम श्रमिकहरुलाई “आपूm रहेको वर्ग–आप्mनै लागि (अ क्लास ‘इन इट्सेल्फ’ टु अ क्लास ‘फर इट्सेल्फ’)” बनाउने काममा रुपान्तरित गर्छ । सामान्य अर्थमा ट्रेड यूनियन भनेको “श्रमिकका लगि श्रमिकद्वारा निर्मित श्रमिकहरुको संगठन” हो, र यो श्रमजीवी वर्गको स्वतन्त्रताको संघर्षमा आर्थिक–राजीतिक–सामाजिक संगठन पनि हो ।
ट्रेड यूनियनको अवधारणा औद्योगिक क्रान्तिको शुरुवातसंगै भएको हो । यही समयमा धेरै भन्दा धेरै मानिस आपूm संलग्न रहेको कृषि पेशा छोडेर न्यून ज्याला र दयनीय अवस्थामा नया“ रोजगारदातासंग काम गर्न थाले । “शक्तिशाली रोजगारदाता र शक्तिहीन एक्लो श्रमिकका बीचमा रहेको चर्को असमानता” रहेको यो परिस्थितीको सामना गर्न श्रम आन्दोलन जन्मियो । धेरै वर्षसम्म अधिकाश देशहरुमा यूनियनहरु गैरकानूनी घोषित भए, जसका कारण यूनियन कर्मीहरुले मृत्युदण्ड सहितको चर्को यातना र सजाय“ समेत भोग्नु प¥यो । तर विश्वमा यूनियन आन्दोलन हुर्कियो र राजनीतिक अधिकार समेत हासिल गर्न थाल्यो । यसले विभिन्न देशमा श्रम कानून बनाउने र ट्रेड यूनियनलाई कानूनसम्मत संस्थाको रुपमा स्थापित गर्ने लहरका साथै “श्रम सम्वन्ध”का रुपमा यूनियनमा संलग्न श्रमिक र व्यवसायका संचालक रोजगारदाताको सम्बन्धलाई सुत्रबद्ध समेत गर्दै गयो ।
ट्रेड यूनियनलाई रोजगारदाताको कम्पनी सरह सम्पत्ति आर्जन गर्ने र स्रोतको व्यवस्थापन गर्ने अधिकार समेत दिलाएको छ, सरकार र व्यवसायीहरुको संगठन सरह ‘सामाजिक सहयात्री’ को तहमा उकालेको छ । आजको सभ्य विश्वमा यूनियनमाथि लगाइने कुनै पनि प्रकृतिको वञ्देजलाई मानवअधिकारको गंभीर उल्लंघनको रुपमा लिईन्छ ।
कसै–कसैले यूनियनलाई मध्ययुगीन ‘गिल्ड’को उत्तराधिकारीको रुपमा पनि चर्चा गर्ने गरेका छन् । आप्mना सदस्यहरुको जीवनस्तर उकास्ने स्वार्थको लागि काम गर्ने भएतापनि गिल्ड भनेको दक्ष स्वरोजगार कर्मीहरुको त्यस्तो समूह थियो, जसको वस्तु उत्पादनका साधन र सिर्जित सम्पत्तीमा स्वामित्व र नियन्त्रण थियो। तसर्थ गिल्ड भनेको साना व्यवसायिहरुको एशोसियसन थियो । तर यसको विपरित यूनियन भनेको रोजगारदाताले भर्ति गरेका ती श्रमिकहरुको संगठन हो, जसको स्वामित्व र नियन्त्रण आप्mनो श्रममाथि मात्र हुन्छ– आपूmले काम गर्ने साधन तथा उत्पादन गरेको वस्तुमाथि हैन ।
औद्योगिक क्रान्तिको समयमा यूनियन, मूलतः कारखानाका श्रमिकहरुलाई संगठित गरेर बनेको थियो भने पछिल्लो अबधिहरुमा यूनियन आन्दोलनको घेरा धेरै फराकिलो भएको छ। यूनियनहरुले व्यापक मात्रामा अदक्ष श्रमिक तथा त्यो भन्दा पनि गरिब कृषि श्रमिक र आप्mनो श्रममाथि स्वामित्व र नियन्त्रण आंशिक रुपमा गुमाएका बा“धा श्रमिकलाई समेत संगठित गर्न थालेका छन् ।
नागरिक समाज भन्नाले ति संस्थाहरुलाई जनाउ“छ, जहा“ राज्य र परिवारको वीचमा नागरिकहरुले आफुलाई संगठित गर्छन् । त्यस्ता संस्थाहरु ‘वजार’को अ¨ हु“दैनन् । नागरिक समाजका संस्थाहरु विविधतायुक्त हुन्छन् र तिनिहरुले व्यापक दायरा समेट्छन् । नागरिक समाजका संगठनहरु स्थीर हु“दैनन्। समयक्रममा नया“ आन्दोलन र संस्थाहरु बन्छन्, विकसित हुन्छन्≤ कतिपय पुरानाहरु भ¨ हुन्छन् र विलाउ“छन् । नागरिक समाजका संगठनहरु “स्वतन्त्र” हुनैपर्छ भन्ने छैन, नत तिनिहरु “राज्यको विकल्प” नै हुन् । यी संस्थाहरुले धेर–थोर समाजको द्वन्द्व र भिन्नतालाई प्रतिविम्वित गर्छन् । सङ्क्षेपमा भन्नुपर्दा ट्रेड यूनियन, महिला तथा किसानका संगठन जस्ता जनसंगठनहरु, मानवअधिकार संगठन तथा सहकारी, उपभोक्ताका संस्था जस्ता विभिन्न सरोकार संस्थाहरु र विभिन्न प्रकृतिका गैर सरकारी संगठनहरु नागरिक समाजका संगठन हुन् ।
कसै कसैले आधुनिक ट्रेड यूनियन आन्दोलनलाई गैर सरकारी संस्था जस्तै भन्ने तर्क गर्ने गरेका छन् । तर ट्रेड यूनियन भनेको नागरिक समाजको विशिष्ट संगठन हो, जुन व्यापक सदस्यमा आधारित हुन्छ । ट्रेड यूनियनहरुको स्थानीय, क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय तहमा सुदृढ सञ्जाल हुन्छ । जनसंगठनको रुपमा सामाजिक आन्दोलनको मूलधारलाई ट्रृेड यूनियन जस्ता संगठनहरुले प्रतिनिधित्व गर्दछन् । अर्कातिर गैरसरकारी संस्थाहरु सीमित सदस्यमा आधारित हुन्छन् । यिनीहरु प्रायः दाताहरुबाट प्राप्त रकमलाई खर्च गर्ने माध्यमका रुपमा प्रयोग भइरहेका हुन्छन् । टे«ड यूनियन जस्ता संगठनहरुको वैधता आम रुपमा रहेको हुन्छ भने गैससहरुको वैधता सिमीत मात्रामा रहेको हुन्छ । तसर्थ “ट्रेड यूनियनलाई गैसस जस्तै” भन्नेहरुको तर्क त्रुटीपूर्ण छ ।
ट्रेड यूनियन आम्दानीको हिसावले पत्र–पत्रमा छुट्टिएको ज्याला आर्जकहरुको एउटै वर्गीय संगठन हो । एकजना विद्वान (जि. स्ट्यान्डि¨) ले समकालिन विश्वको श्रम बजारका ज्याला आर्जकहरुहरुलाई संभ्रान्त (एलिट), ज्यालाजीवी (स्यालराइट), रोजगारीमा स्थीर नरहने तर वजारमा विक्ने शीप भएकाहरु दक्ष पेशाकर्मी (प्रोफेसियन), परम्परागत (शारीरिक) श्रमिक, जहिले र जहा“ पायो त्यही“ काम गर्ने प्रकृतिका अल्पदक्ष (प्mलेक्सी ओरकर), वेरोजगार र नियमित प्रकृतिका कामसंग नजोडिएका (अनौपचारिक श्रम सम्बन्धमा बा“धिएका) श्रमिक गरी ७ पत्रमा वा“डेका छन् ।
नेपालमा उत्पादन प्रक्रियाको हिसाबले श्रम क्षेत्रको प्रकृति “संगठित र असंगठित, औपचारिक र अनौपचारिक, देशिय र अन्तरदेशिय गरी विभाजित हुन पुगेको छ भने श्रम–नियमित (स्थायी अस्थायी) र अनियमित (करार, दैनिक ज्यालादारी, घरआधारित–आउटसोर्स, मौसमी, पार्टटाइम आदि) गरी मूल दुई श्रेणीमा बा“डिएको छ । विश्वव्यापी रुपमै श्रम वजारको महिलाकरणले “श्रीमान–कमाउने श्रमिक (वेज ओरकर) र श्रीमती– घरेलु श्रमिक” को परम्परागत श्रम बजारको प्रवृत्ति खण्डित हुन पुगेको छ ।
परम्परागत परिभाषमा ‘सर्वहारा वर्ग’ भनेको उस्तै कार्यवस्था र एकैखाले जीवनशैली भएको समूह हो । यही ऐतिहासक जगमा आधाुनिक ट्रेड यूनियन आन्दोलन अडेको भएता पनि समकालिन समाजमा आजको श्रमजीवी वर्गको अवस्थिति वेग्लै छ । समसामयिक समाजमा श्रमिक रहने ठाउ“, कामको समाजिक संगठन, आवास, उपभोग र समाजिक संलग्नतामा व्यापक परिवर्तन आएको छ । आजभोली विभिन्न प्रतिस्ठानमा काम गर्ने श्रमिकको आवास, आपूmले काम गर्ने ठाउ“का सहकर्मीको आसपासमा भेटिन्न । उनीहरु आपूmसंगै काम गर्ने साथीहरुको घेराबाट बाहिरिएका छन्, र आप्mना सहकर्मी भन्दा भिन्न सा“स्कृति परिवेशमा फुर्सदको (आराम) क्षण विताउंदैछन् । यसरी काम गर्ने थलो र वसोवास गर्ने समुदाय वीचको सम्बन्ध विच्छेदले आधुनिक श्रमको संसारले यूनियन सदस्यता विस्तारमा मद्दत पु¥याउने परम्परागत स्थानीय सञ्जाल गुमाएको छ । ‘स्थानीय यूनियन’लाई केन्द्रीय यूनियनसंग समेत अलग गरिदिएको छ (‘लोकल’ यूनियन लाई लगभग ‘टोटल’ यूनियन बनाइदिएको छ)।
विश्वव्यापीकरणको लहरस“गै उत्पादनको थलो (साइट अफ प्रडक्सन) विश्वस्तरमा नै छरिएको छ। १९औै शताव्दीमा जस्तो एकै थलोमा “आप्mनो चिहान खन्ने” जगेडा सिपाहीलाई पू“जीवादी उत्पादन प्रणालीले पाल्न छोडेको छ, त्यसले विश्वलाई नै आप्mनो कारखाना बनाएको छ । अदक्ष हुन कि पिएचडी गरेका उच्चदक्ष श्रमिकहरू हुन्, उनीहरूको श्रमको मोल उ“भोतिरको प्रतिस्पर्धामा कम र उ“धो तिरको प्रतिस्पर्धामा बढी तय हुन थालेको छ । आजका श्रमिक दिशाहीन बटुवाको रूपमा आप्mनो श्रम लिलाम गर्न चौबाटोमा खडा हुन बाध्य छ । कामको कुनै निश्चितता नभएकोले गरिरहेएको काम सकिना साथ अर्को काममा हात हाल्न खुट्टा उचालेर एउटा श्रमिक, श्रमको क्रेताको खोजीमा चारैदिशा आ“खा डुलाउन विवश छ ।
आजको श्रम सम्बन्धमा “आर्थिक प्रक्रिया प्रमुख र प्रतिष्ठानहरूको भौतिक अवस्थिति गौण” हुन पुगेको छ । समसामयिक श्रमको संसारमा धेरै कुरा प्रतिष्ठान भित्रका श्रमिकको बलमा हैन “बजारको शक्ति”द्वारा निर्धारण हुन थालेको छ । जहा“ ‘अदृश्य’ मालिकले विश्वको एउटा कुनामा बसेर गरेको एउटै निर्णयबाट विश्वभरि छरिएर काममा घोटिइरहेका सबै श्रमिकहरूको भाग्य–भविष्य मिनेट भरमै छिनोफानो हुन्छ ।
सामाजिक रुपान्तरणलाई शास्त्रिय भाषामा “क्रान्ति” भन्ने शव्दबाट चिन्हित गरिन्छ । क्रान्तिले विद्यमान संरचनाको विनिर्माण गर्छ र सकारात्मक दिशामा आमूल परिवर्तन गर्दछ । आजभोली हामीहरु यसलाई “रुपान्तरण” भन्छौं । अंग्रेजी शव्द “ट्रान्स्फरमेशन”ले जसरी ‘रुप’मा मात्र नभइ ‘सार’मा पनि परिर्वतनको अर्थ दिन्छ, आजभोली नेपाली शव्द रुपान्तरणलाई पनि “सार र रुप दुबैमा आमूल परिवर्तन” भन्ने अर्थमा प्रयोग गर्न थालिएको छ । नेपाली समाज अहिले पुरानो समाज व्यवस्थाबाट नया“ व्यवस्था तर्फको यस्तै सामाजिक रुपान्तरणको दोसा“धमा छ ।
सामाजको रुपान्तरण गर्नु भनेको सामाजिक समस्याको मूख्य कारण र त्यसको संरचनागत जटिलताको पहिचान गर्नु हो । थप सकारात्मक परिवर्तन सहज पार्नको लागि विद्यमान संस्थाहरुमा रहेको दृष्टिकोण परिवर्तन गर्नु तथा राजनीतिक, आर्थिक तथा सामाजिक–सा“स्कृतिक क्षेत्रमा विद्यमान शक्ति सन्तुलन परिवर्तन गर्नु हो । चेतना तथा¬ आर्थिक–सामाजिक–सा“स्कृतिक विकासको तहलाइ अझै उन्नत तुल्याउ“दै शोषणमूलक समाज व्यवस्थामा “स्रोत (आम्दानी र सम्पत्ती), शक्ती र अवसरमा” हुने गरेको जनता–जनता वीचको विभेद र असमानतालाई अन्त्य गर्नु हो ।
प्रोफेसर रिचार्ड हाईम्यानले “माक्र्सवाद र ट्रेड यूनियन आन्दोलनको समाजशास्त्र” शीर्षकको आप्mनो लेखमा माक्र्स–एंगेल्स, लेनिन, त्रोस्की लगायतका व्यक्तित्वहरुको “ट्रेड यूनियन र राजनीति तथा ट्रेड यूनियन र रुपान्तरण”को सन्दर्भमा व्यक्त अवधारणको विश्लेषण गरेका छन् । माक्र्सवादी विश्लेषणका अनुसार प“ूजीवादी समाजको रुपान्तरणको लागि ट्रेड यूनियन आवस्यक छ । “यूनियनहरुले पू“जीवादमा श्रमिकका स्वार्थ पूरा हुन नसक्ने शिक्षा दिन्छन् र यो व्यवस्था प्mयाक्न प्रशिक्षित गर्छन् । त्यसैले माक्र्स, ट्रेड यूनियनलाई आन्दोलनको ‘आड’ र श्रमिकलाई ‘पू“जीवादको चिहान खन्ने सिपाही’ भन्ने निस्कर्षमा पुगेका हुन् । लेनिन भन्छन्– “ट्रेड यूनियनका सीमाहरु छन्। ज्याला, कार्यवस्थामा सुधार लगायत तत्कालका आर्थिक लाभका विषय जस्ता सीमित मुद्धामा मात्र ट्रेड यूनियन केन्द्रीत हुन्छ ।” तसर्थ यूनियनले समाजको रुपान्तरण गर्ने तहको क्रान्तिकारी सचेतनता विकास गर्न सक्दैन । त्यसैले ट्रेड यूनियनलाई क्रान्तिकारीकरण गर्न त्यसभित्र पेशेवर वुद्धिजीवी संलग्न गरी क्रान्तिकारी काम गर्नुपर्छ भन्ने निस्कर्ष उनले निकाले। गैर– पार्टी आवद्ध स्वतन्त्र ट्रेड यूनियनको वकालत गर्ने त्रोस्कीले तत्कालिन समयमा वेलायती यूनियन आन्दोलनमा हुर्किएको “यथास्थितिवाद”लाई आधार मानि ट्रेड यूनियनकर्मीहरुलाई “प“ूजीको तर्फबाट श्रमिकलाई तह लगाउने राजनीतिक प्रहरी” भनेर आक्रोस पोखेका छन् । तर उनी पनि सामाजिक रुपान्तरणमा ट्रेड यूनियनको महत्व र यसले पु¥याउने योगदानमा भने असहमत रहेनन् ।
आन्तोन पान्नेकोएकले “प“ूजीवादबाट बाहिर जानै नसक्ने श्रमिकहरुको कार्वाही”का रुपमा ट्रेड यूनियन आन्दोलनलाई व्याख्या गरेका छन् । उनी भन्छन्–“ट्रेड यूनियन आन्दोलनको उद्देश्य प“ूजीवादको ठाउ“मा अर्को उत्पादन प्रणाली ल्याउन नभई, पू“जीवाद भित्रै असल जीवनस्तर निश्चित गर्नु हो ।” यो भनाईमा सहमती जनाउ“दै जो म्याक्इलरोय थप्छन्– ट्रेड यूनियनहरु विद्यमान समाज व्यवस्थामा आप्mना सदस्यहरुको स्वार्थको रक्षा मात्र गर्छन् । तर हाइम्यान भन्छन्– आप्mनो स्वार्थमा धक्का नलागुञ्जेल सम्म ट्रेड यूनियनले पू“जीवादसंग सहकार्य गर्छ । त्यसैले ट्रेड यूनियनले प“ूजीवादलाई मूलतः २ तरीकाबाट चुनौती दिन्छ । पहिलो, आर्थिक शोषणका विरुद्धको आन्दोलन, दोस्रो, ‘शक्ति र सन्तुलन’को रुपमा सामुहिक सौदावाजीमा अन्तरनिहित हुने राजनीतिक आन्दोलन । त्यसैले यूनियन आन्दोलनको आर्थिक आयाम र राजनीतिक मिशन वीचको अन्तर खुट्याउन कठीन हुन्छ ।
ट्रेड यूनियन आन्दोलन आम रुपमा “चार अधिकार” का लागि संघर्षरत छ । तिनिहरु हुन्, ‘कामको अधिकार, ज्यालाको अधिकार, समानताको अधिकार र स्वतन्त्रताको अधिकार ∕ यी चार वटै विषय पृथक–पृथक विषय नभएर एक–आपसमा जोडिएका सामाजिक रुपान्तरणका मुख्य विषयहरु समेत हुन् । आधुनिक नेपालको प्रत्येक संघर्ष, आन्दोलन र क्रान्तिमा श्रमजीवी वर्गको भूमिका निर्णायक रहनु यस सन्दर्भमा उदाहरणको रुपमा उल्लेख गर्न सकिन्छ । ०३६, ०४६ र ०६३ सालको परिवर्तनले संकेत गरेको छ– श्रमजीवी वर्गको सांकेतिक उपस्थितिमा भएको संघर्ष सीमीत उपलव्धीमा टु¨िएका छन् । सबै तहका श्रमिकहरुको सघन र सचेत उपस्थिती रहेको ०६२।६३ को जस्तो आन्दोलनले जनक्रान्तिको स्वरुप नै धारणा ग¥यो ।
यस सन्दर्भमा ग्राम्स्की भन्छन्– “श्रमजीवी वर्गले सहयोगी वर्गहरूको दायरालाई जति फैल्याउंछ त्यति नै मात्रामा विरोधी वर्गहरूको स्वार्थहरूलाई किनारा लगाउंछ र आप्mनो वर्चश्व (हेगेमोनी) स्थापित गर्छ ।” यसको अर्थ हो, सामाजिक रुपान्तरणको लागि ट्रेड यूनियनको संलग्नता मात्र पर्याप्त छैन, आप्mनो वर्गको विपक्षमा रहने शक्ति र समूहहरु वीचको आपसी एकता अपरिहार्य छ ।
(जिफन्टको पा“चौ राष्ट्रिय महाधिवेशनको नीतिगत दस्तावेजको खास अंशको संक्षेपीकरण)