Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

जेटियुसीसीले जसको लाठी उसैको भैंसी हैन,“आ–आफ्नो हैसियत अनुरुपको स्थानमा बस्ने र मिलेर काम गर्ने” दिशा निर्देश गर्दछ

December 19th, 2016

हाम्रो देश नेपाल अल्पसङ्ख्यकहरुको मुलुक हो । यो १२३ भाषा र बोली बोल्ने १२५ जातजातिको मोजाइक हो, जहाँ समुद्र सतहबाट सबैभन्दा होचो स्थान (केचना) देखि संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित व्यापक भौगोलिक र जैविक विविधता छ । गत वर्ष जारी भएको हाम्रो संविधानले नेपाल राष्ट्रको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतालाई आत्मसात गर्दै समान आकाङ्क्षा र मनोविज्ञानमा आबद्ध राष्ट्रको रूपमा यसलाई परिभाषित गरेको छ ।

जेटियुसीसीले पनि हाम्रो राजनीतिक प्रणालीलाई उपयुक्त तरिकाले आत्मसात गरेको छ भन्ने हामी विश्वास गर्छौं, जहाँ नेपाली समाजमा रेहको बहु–साँस्कृतिक, बहुजातिय, बहुभाषिक यथार्थताको प्रतिविम्ब छ र अहिलेको प्रतिस्पर्धा सहितको सहयोगात्मक राजनीतिक प्रणालीमा आधारित छ । जसले पुरानो मान्यतामा जस्तो जसको लाठी उसैको भैंसी भनेझैं “पहिलो हुनेको सबै थोक” लाई मान्यता दिंदैन, बरु यसले “आ–आफ्नो हैसियतअनुरुपको स्थानमा बस्ने र मिलेर काम गर्ने” दिशा निर्देश गर्दछ ।

अन्तर्राष्ट्रिय श्रम संगठन महानिर्देशक महामहिम गाई राइडर,
माननीय सांसदज्यूहरु,
अन्तर्राष्ट्रिय ट्रेडयुनियन महासंघका उपमहासचिव मित्र याप वेइनिन,
अन्तर्राष्ट्रिय ट्रेडयुनियन महासंघ एशिया–प्रशान्त क्षेत्रका महासचिव सुजुकी सान,
जिफन्ट र जेटियुसीसीका मेरा अग्रजहरु,
अतिथिहरु, कमरेडहरु, साथीहरु र सञ्चारकर्मी मित्रहरु!

नेपालको सम्पूर्ण ट्रेडयुनियनका नेताहरु उपस्थित यो गरिमामय समारोहमा– श्रम संसदमा यहाँहरु सबैलाई स्वागत गर्ने अनुमति चाहन्छु । कसैकसैलाई सायद, संसद शब्द अनौठो लाग्न पनि सक्छ; संसदले राष्ट्रको नीति बनाए झैं, यस मञ्चले नेपाली ट्रेडयुनियन केन्द्रहरुको छातासंस्थाको नीति निर्माण र पुनरावलोकन गर्ने भएकोले हामी यसलाई श्रम संसद भन्ने गर्छौं ।

हामी आज त्यही श्रम संसदको दोस्रो सत्र आयोजना गर्दैछौँ । हरेक वर्ष डिसेम्बर महिनामा आयोजना हुने हाम्रो संसदको पहिलो सत्रको उद्घाटन सम्माननीय राष्ट्रपतिज्यूबाट भएको थियो । यो सत्रमा प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक महामहिम गाई राईडरलाई स्वागत गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । अवसरको सदुपयोग गर्दै, दोस्रो कार्यकालको लागि महानिर्देशकमा हालै निर्वाचित हुनुभएकोमा महामहिम गाई राइडरलाई हार्दिक बधाइका साथै स˚ल कार्यकालको लागि संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रमा आबद्ध बीस लाख सदस्य सहित आम नेपाली श्रमजीवी वर्गको तर्फबाट शुभकामना व्यक्त गर्दछु ।

महामहिम गाई राइडर! तपाई अहिले विश्वकै एक छुट्टै प्रकृतिको साझा संस्थाको एक कुशल कार्यकारी अधिकृत– महानिर्देशक हुनुहुन्छ । हाम्रो लागि भने तपाई यस्तो मित्र हुनुहुन्छ; जो अन्तर्राष्ट्रिय ट्रेडयुनियन आन्दोलनमा रहेको धाँजा पुनःक्रियाशील रह्यो;

जसको भूमिका शीत युद्धकालीन पक्ष–विपक्ष– र असंलग्न पृष्ठभूमिका युनियनहरुलाई समेटेर गठित स्वतन्त्र अन्तर्राष्ट्रिय ट्रेडयुनियन महासंघको निर्माणमा महत्वपूर्ण रह्यो ।

म यहाँ सन् २००६ नोभेम्बरको गर्विलो क्षणलाई स्मरण गर्ने अनुमति चाहन्छु, जतिखेर अष्ट्रियाको भियनामा हामी आइटियुसीको स्थापनामा हर्षोल्लास गर्दै, त्यसको संस्थापक महासचिवमा तपाई निर्वाचित हुनुभएपछि आपसमा बधाइ साटासाट गर्दै थियौँ ।

आज हामीहरु यहाँ श्रम संसदको दोस्रो सत्र उद्घाटनको अवसरमा तपाईलाई स्वागत गर्न पाउँदा उत्साहित छौँ ।

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्र (जेटियुसीसी)को श्रम संसद, जुन ट्रेड युनियनहरुको अर्को अद्वितीय मञ्च हो । यो फराकिलो राजनीतिक÷वैचारिक विविधता अङ्गालेको नेपाली ट्रेडयुनियनहरुबाट औपचारिकरुपमै खडा गरिएको संस्था हो ।

सानो वा ठूलो, या अन्तर्राष्ट्रिय केन्द्रमा रहेको आबद्धताको भिन्नता बाबजुद जेटियुसीसीले देशभित्रका सबै ट्रेड युनियनहरुलाई आपूmमा आबद्ध गरेको छ, आपसी भिन्नताको व्यवस्थापन गर्दै उनीहरुको बीचमा रहेको दूरीलाई कम गर्ने प्रयास गरेको छ ।

हाम्रो देश नेपाल अल्पसङ्ख्यकहरुको मुलुक हो । यो १२३ भाषा र बोली बोल्ने १२५ जातजातिको मोजाइक हो, जहाँ समुद्र सतहबाट सबैभन्दा होचो स्थान (केचना) देखि संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित व्यापक भौगोलिक र जैविक विविधता छ । गत वर्ष जारी भएको हाम्रो संविधानले नेपाल राष्ट्रको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतालाई आत्मसात गर्दै समान आकाङ्क्षा र मनोविज्ञानमा आबद्ध राष्ट्रको रूपमा यसलाई परिभाषित गरेको छ ।

जेटियुसीसीले पनि हाम्रो राजनीतिक प्रणालीलाई उपयुक्त तरिकाले आत्मसात गरेको छ भन्ने हामी विश्वास गर्छौं, जहाँ नेपाली समाजमा रेहको बहु–साँस्कृतिक, बहुजातिय, बहुभाषिक यथार्थताको प्रतिविम्ब छ र अहिलेको प्रतिस्पर्धा सहितको सहयोगात्मक राजनीतिक प्रणालीमा आधारित छ । जसले पुरानो मान्यतामा जस्तो जसको लाठी उसैको भैंसी भनेझैं “पहिलो हुनेको सबै थोक” लाई मान्यता दिंदैन, बरु यसले “आ–आफ्नो हैसियतअनुरुपको स्थानमा बस्ने र मिलेर काम गर्ने” दिशा निर्देश गर्दछ ।

हामी जेटियुसीसीमा आबद्ध युनियनहरुले यसलाई “विविधतामा एकता”को सूत्रको रुपमा अपनाएका छौँ । हरेक निर्णय सहमतिमा मात्रै गर्ने र नमिलेका मुद्दाहरु आ–आफ्ना महासंघको माध्यमबाट छल˚लमा लाने स्वायत्तता सुनिश्चत गरेकाछौँ ।

आजसम्मको सुन्दर पक्ष भनेको, जेटियुसीसीले तयार पारेको साझा एजेण्डामा अन्य सामाजिक सहयात्रीसँग सामूहिक–संवाद र संझौता हुन्छ । हामी यसलाई गर्वका साथ ट्रेडयुनियन आन्दोलनको नेपाली मोडेल भन्न रुचाउँछौँ।

एकताको यही उचाइबाट हामीहरु अहिले, संविधानको कार्यान्वयनको माध्यमबाट दशकौँको संघर्षबाट प्राप्त हाम्रा उपलब्धिहरुलाई संस्थागत गर्ने प्रक्रियामा छौँ ।

संविधानको प्रभावकारी कार्यान्वयनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको लागि बलियो जग बसाउनेछ;

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्र सामाजिक संरक्षण प्रणालीलाई सुनिश्चित गर्ने श्रमसम्बन्धी कानुनको शीघ्र अनुमोदनको प्रतीक्षामा छ, जसबाट संविधानमा उल्लेख भएबमोजिम राज्यको चरित्र “समाजवाद उन्मुख” बनाउन सकिनेछ;

नेपाली श्रमको संसार मर्यादित कामको ठोस योजनाको प्रतीक्षामा छ, यस्तो योजना जसले कामको अधिकार उल्लङ्घन गरिने खाडी राष्ट्रजस्ता गन्तव्य सहितका मुलुकहरुमा पसिना चुहाइरहेका ३० लाखभन्दा बढीको सङ्ख्यामा रहेका नेपाली युवाहरुलाई आकर्षण गर्न सकोस् ।

दुःखको कुरा, यसै हप्तामात्रै बिनाकसुर लेवनानमा कार्यरत एकजना चेलीलाई त्यहाँको सकरकारले स्वदेश ˚िर्ता पठायो । यो आजभोलि हाम्रो देशले भोगिरहेको नियमित प्रक्रिया हो । यसै उपमहाद्वीपका, हाम्रो अन्तर्रािष्ट्रय ट्रेडयुनियन परिवारकै कुनै सदस्यले, समस्या भोगिरहेका हाम्रा दिदीबहिनी, दाजुभाइको रक्षामा हामीबाट भइरहेका कामलाई कम आँक्दै अन्यथा आरोप लगाउने र हाम्रो श्रमको अवमूल्यन गर्ने अन्यायी सत्ताको प्रतिनिधि झैं प्रस्तुत हुँदा भने हामी अत्यन्त मर्माहत हुने गरेका छौँ ।

हामी आइएलओ जस्ता संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सीबाट दिगो विकास लक्ष्य हासिल गर्न दह्रो सहयोगको अपेक्षा गर्दछौँ, यस्तो सहयोग जसले नेपाली राज्यको योजनामा रहेका विभिन्न सामाजिक बीमा योजना निर्माणमा मद्दत गरोस् ।

गत वर्ष भूकम्पबाट ध्वस्त भएका पूर्वाधारहरु, अझै बलियो निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्रक्रिया आरम्भ भएको छ ।
यो पुनर्निर्माण प्रक्रियामा श्रमको अल्पप्रयोगमा रहेका भनिने ३० प्रतिशत बेरोजगारहरुको भयानक समस्या समाधान गर्न दिनको रु. ८००।– न्यूनतम ज्याला सहित वर्षको कम्तीमा २०० दिन पूरा रोजगारीको सुनिश्चितताजस्ता कुनै न कुनै रचनात्मक उपाय राज्यले अपनाओस्;

राज्यले यस वर्ष २५ जिल्लाबाट सुरु गर्न लागेको स्वास्थ्य बीमा योजनाभित्र भूकम्पबाट अतिप्रभावित १४ जिल्लाहरु समेटिउन् ।

सरकारले औद्योगिक व्यवसाय ऐन लगायतका श्रमसम्बन्धी कानुनमा रहेका आईएलको महासन्धिहरुसँग बाझ्ने तथा जेटीयुसीसी–रोजगारदाताको संगठनहरुबीच भएको संझौता विपरीतका श्रमिकविरोधी प्रावधानहरु खारेज गरोस्।

हामी आशा गर्छौँ, यो श्रम संसद, संघीय संरचना मिल्दो श्रमसम्बन्धका विधि र युनियनको ढाँचा सहितको भावी योजना तय गर्न माध्यम बनोस्, जहाँ ट्रेडयुनियनको भूमिका संघीयतामा मुलुकलाई एकताबद्ध गर्ने तत्वको रुपमा स्थापित होस् ।

महामहिम गाइ राइडर, मित्र याप, सुजुकी सान, माननीयज्यूहरु, लगायत संपूर्ण अतिथिज्यूहरु † हाम्रो आमन्त्रण स्वीकार्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । सिङ्गो संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रको तर्फबाट यहाँहरुलाई स्वागत गर्न पाउँदा आझ˚ू सम्मानीत भएको महसुस गरेको छु ।

हार्दिक स्वागत सहित धन्यवाद !
विष्णु रिमाल

(श्रम संसदको दोस्रो सत्रमा दिइएको स्वागत मन्तव्य, २९ मंसिर २०७३, ट्रेड टावर, थापाथली–काठमाडौँ)

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.