September 16th, 2023
सुबास नेम्वाङलाई कसरी संझनु हुन्छ?
यो प्रश्नमा मैले पनि अरुहरुले झैं तीनवटा शव्द प्रयोग गरें– सहमती, सहकार्य र सहअस्तित्व खोज्ने नेता । उहाँ हाम्रो पार्टीको लागि फेस हो, र कानुनी क्षेत्रको अथोरिटी नै हो । उहाँ नेपाली राजनीतिको अग्लो व्यक्तित्व हुनुहुन्थ्यो । झण्डै अढाइ दशकदेखि उहाँ संसदको सबैभन्दा भरपर्दो प्राधिकार हुनुहुन्थ्यो । उहाँको निधन हाम्रो लागि सकिङ्ग (स्तव्ध पार्ने) इन्सिडेन्ट हो । उहाँ हाम्रो पार्टीको एउटा ‘फेस’ हुनुहुन्थ्यो, व्यानर हुनुहुन्थ्यो । उहाँको निधनले लामो समयसम्म हाम्रो पार्टीमा डरलाग्दो रिक्तता सिर्जना गर्नेछ ।