March 16th, 2023
अहिले मिडियामा एउटा न्यारेटिभ स्थापित गर्ने प्रयास हुँदैछ– पहिलो, सहमतिमै राष्ट्रपतिको चयन हुने थियो । हार्ने चुनावमा पनि एमालेले सुवास नेम्बाङलाई किन उम्मेवादर बनायो? जबकी यस्तै चुनावमा काँग्रेसलाई यो प्रश्न सोध्न आवश्यक ठानिएन। दोस्रो, एमालेले प्रचण्डलाई किन फकाउन सकेन, एमाले एक्लियो । यहाँ पनि प्रचण्डमा रहेको अवसरवाद, अस्थिरता र आफ्नो स्वार्थको लागि जे पनि गर्ने चरित्रलाई धुने प्रयत्न गरिंदै छ ।