March 11th, 2022
कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन्। यी दुईको तालमेल हुँदैन। यी पार्टी स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्छन्। अरू पार्टी आफ्नो इच्छाअनुसार दायाँ-बायाँ लाग्ने हुन्। एक्लै चुनाव लड्ने ल्याकत माधव नेपाल र प्रचण्डसँग छैन। एक्लै लड्दा के हो, के हो भन्ने कांग्रेसलाई पनि परेको छ। कांग्रेसलाई उहाँहरू चाहिएको छ र उहाँहरूलाई पनि कांग्रेस चाहिएको छ। एक्लै चुनाव लड्न सक्ने कसैको आँट छैन।