संविधानसभालाई कसरी श्रमजीवी पक्षीय बनाउन सकिएला
June 20th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Why we are in the CA

राज्य पुनर्संरचनामा अनुत्पादक बहस
March 30th, 2012

कसलाई थाहा छैन, हरेक देशका शोषक-शासक त्यही देशका, उही समुदायका मानिस हुन् ! त्यसो नहुँदो भने अरबका खाडीमा सबैभन्दा बढी नेपालीबाट नै प्रवासी नेपाली श्रमिक बेचिने थिएनन् । एउटै मधेस वा एउटै जाति रहेको जातजातीय प्रदेश बनाए पनि त्यहाँ ‘हुने खानेले- हुँदाखाने’ माथि अत्याचार गर्छ-गर्छ । यो वर्गीय कुरा हो ।  हामीले बुझनै पर्ने कुरो के हो भने आम रूपमा राज्यको चरित्र ‘वर्गीय’ नै हुन्छ । प्राचीन नेवा राज्य, ‘राम-राज्य’ थिएन । न त सेन, खस वा लिम्बुहरूकै राज्य वर्गीय हिसाबले समतामूलक थियो ।

लैंगिक, जातिय /जनजातीय  र क्षेत्रीय रूपमा हुने गरेको  वा भइरहेको ‘बहिष्करण र सीमान्तीकरण’ सामाजिक उत्पीडनका पाटा हुन् । यसको सम्बन्ध ‘वर्ग’ सित छ । त्यसैले यसको हल पनि वर्ग आधारित आर्थिक-सामाजिक रूपान्तरणको कार्यक्रमबाट मात्र सम्भव छ । यो राज्य पुनर्संचनाको एउटा अविभाज्य पक्ष त हो, तर भूगोलको कित्ताकाट र नामसँग मात्र जोडिएको पक्ष भने किमार्थ होइन ।

पूर्ण पाठ को pdf फाइल डाउनलोड CA speech28032012

Read More…