दुःख गर्न सक्ने र सुखको सपना देख्ने  एक कलाकारलाई श्रद्धाञ्जलि !
January 15th, 2017

उनले मजदुरको ‘परिभाषा’ दिए– मजदुर भनेको के हो ? मजदुर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाब छ–मिठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जु˚ञ्जु नबन।इमान्दार बन– आफ्नैलाई घात नगर । उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भरयाङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन!” विष्णुभक्तले जे जति त्यसदिन भने– सबैले रमाइलो मानेर सुने । सायदै धेरैले त्यसको गंभीरता महसुस गरे । आज उनलाई श्रद्धाञ्जलि दिँदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरुलाई म यहाँ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।

Read More…

गलत प्रस्तावमाथि छलफल अस्वीकार्य
January 7th, 2017

पुरानो लोकतन्त्र भएको देश अमेरिकामा अमेरिकी नागरिक नै भए पनि अमेरिकी भूमिमा जन्मेको छैन भने उसले अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन । यदि कुनै अमेरिकी नागरिक विदेशमा बसिरहेको छ भने बच्चा जन्माउन कि अमेरिका नै जान्छ कि दूतावास जान्छ । दूतावास पनि उनीहरूकै भूमि मानिन्छ । अनि हाम्रो देशमा चाहिँ सेना, प्रहरीको प्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, संवैधानिक निकायको प्रमुख अंगीकृतलाई किन दिनुपर्ने ?

Read More…

यस्तो छ औद्योगिक व्यवसाय ऐनमा मजदुरको आपत्ति
January 3rd, 2017

सरकारले लामो समयको छलफलपछि औद्योगिक व्यवसाय ऐन ल्याएको छ । ऐनमा औद्योगिक वातावरण लगानी आकर्षणको पर्याप्त व्यवस्था गरिएको छ र उद्योगी–व्यवसायी ऐनले गरेको व्यवस्थाबाट सन्तुष्ट पनि देखिएका छन् । तर, उद्योगमा कार्यरत मजदुर पक्षले ऐनमा गरिएको श्रमसम्बन्धी व्यवस्थाको विरोध गरेका छन् । ऐनले हडताल अवधिभरको पैसा नपाउने र काम नगरेको दिनको पैसा नदिने विषय उठाएको छ । ट्रेड युनियनले सोही विषयमा असहमति राख्दै आएका छन् । लामो कसरतपछि आएको ऐनमा मजदुरले गुनासो  गर्नुपर्ने कारणबारे नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले यसरी वर्णन गरे :

विधिको पालना भएन
श्रमसँग सम्बन्धित सबै कानुन बनाउँदा सरोकारवाला पक्षको सहमति चाहिन्छ । श्रम ऐन, ०४८ ले यस विषयमा स्पष्ट व्याख्या गरेको छ । हामी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सदस्य राष्ट्र भएकाले त्यसले पारित गरेको १ सय ४४ महासन्धि पालना गर्नु आवश्यक छ । १ सय ४४ महासन्धि भनेको त्रिपक्षीयतासम्बन्धी महासन्धि हो । त्यसले श्रमको संसार परिकल्पना गरी तीन पक्षको व्याख्या गरेको छ । पहिलो श्रमशक्ति बेच्ने मजदुर, दोस्रो श्रम किन्ने व्यवसायी र तेस्रो नियमनकारी निकायका रूपमा सरकारी पक्षलाई समेटिएको छ । आइएलओको त्रिपक्षीयतासम्बन्धी महासन्धि पारित भइसकेपछि राज्यको भूमिका मजदुर र उद्योगीबीच सन्तुलन कायम गराउने हो । श्रमशक्ति किन्ने र बेच्नेबीचको सहमतिमा नै राज्यले श्रमसम्बन्धी नीति, नियम बनाउनुपर्छ भन्ने छ । Read More…