नेपाल सम्वत ११३५ न्हूँ दया भिन्तुना ! Happy Nepal Era 1135!
October 22nd, 2014

हाम्रो घर दैलोमा तिहार आईपुगेको छ। दिदीबहिनी -दाजुभाई बीच मिलनको अवसरको रूपमा पनि हामी दीपावली गर्छौं । तिहार लगत्तै सूर्य पर्व-छठमा रम्दै छौं । यसपछि शुरूहुने ल्होसारको सिलसिलामा जोडिने छौं । अनगिन्ती अप्ठ्याराबीच चाड़ पर्वको खुशीयालीमा प्रवेश गर्नुहुने स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी वर्ग र आम नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्छु।

नेपाल सम्वत ११३५ न्हूँ दया भिन्तुना !

Tihar is approaching to us, we consider this Festival of Lights as a symbol of yearly meeting of sisters and brothers. Followed by this we immediately celebrate Chhath – the festival of Sun, and soon after we will celebrate Lhosar on different dates. Despite various odds we Nepali loved to celebrate our festivals. On this occasion, I, on bhlaf of GEFONT, would like to express our best wishes to all Nepali specially those toiling in Nepal and aboard.

Happy Nepal Era 1135!

मेरो बुझाईमा अखिल ट्रेड यूनियन महासंघ
October 8th, 2014

अखिल नेपाल ट्रेड युनियन महासंघको आसन्न महाधिवेशनको अवसरमा प्रकाशन गर्न लागिएको मजदुर बुलेटिनको विशेषाङ्कमा “अन्टुफका सकारात्मक र नकारात्मक पक्षका बारेमा सङ्क्षेपमा लेख्न” मलाई पनि पत्र लेखिएको रहेछ । संगठनको पक्षमा दुई÷चार लाइन लेख्न त गाह्रो थिएन तर त्यसको महाधिवेशनको सन्दर्भमा प्रकाशन हुन लागेको महत्वपूर्ण सामग्रिमा “नकारात्मक” टिप्पणी चाँहि गर्ने कसरी? म अलि अप्ठ्यारोमा परें । त्यसमा पनि कुनै समय सम्बन्ध चिसो रहेको बेलामा जस्तो भए “लौ जा, लेखिदिन्छु” भन्न सकिन्थ्यो होला । तर अहिले, संगसंगै काम गरिरहेको बेला “छिद्रान्वेषि” हुन खोज्नु कुनै पनि हिसाब उपयुक्त हुने मलाई लागेन ।

‘सकारात्मक र नकारात्मक’ भन्नु को अर्थ, प्रतिस्पर्धी संगठनबाट ‘अन्टुफको संपरिक्षणको लागि’ गरिएको आव्हानको रुपमा मैले बुझें । २०६३ को शान्ति प्रक्रियासंगै खुल्ला गतिविधिमा पूर्णगतिसंग क्रियाशिल अन्टुफका गतिविधिलाई सरसर्ती नियाल्दा, श्रमको संसारमा यसले आप्mनो उपस्थिति महसुस गराउन छोटो अवधिमा गरेको गतिविधि नै सायद प्रमुख सकारात्मक पक्ष थियो की भन्ने मैले ठानें ।

तत्कालिन समयमा राज्यको दृष्टिमा चार÷चार वटा यूनियनहरु प्रभावकारी भूमिकामा रहिरहेको वेला आप्mनो छुट्टै ‘स्पेस’ खोज्नु, आपूmले पहिचान गरेको स्पेसमा प्रभाव विस्तार गर्नु र त्यसमा प्रवेशको रचानात्मक एवं बलशाली विन्दु पहिचान गर्नु शुरुको दिनमा अन्टुफले खेलेको सबैभन्दा सकारात्मक पक्ष थिए । ‘श्रमको संसारमा सबैतिर पस्ने, सबैलाई आक्रमक तरिकाले आपूm तिर आकर्षित गर्न प्रयत्न गर्ने, हरेक श्रमिकमा रहेको निराशामा टेकी उनीहरुमा व्यवस्थापन एवं राज्यप्रति आक्रोस सिर्जना गर्ने र “कसैले गरेनन् तर हामी आयौं नी” आसयमा आक्रोसित श्रमिकलाई आप्mनो संगठनको घेरामा कुशलतापूर्वक हुल्ने’ कामलाई उदाहरणको रुपमा चर्चा गर्नु यहाँ सान्र्दभिक होला भन्ने म ठान्दछु । Read More…