October 24th, 2012
दशैं हाम्रो देशको ‘कुनै धर्मावलम्वीको मात्र चाड़ हैन; यो हामी सवै नेपालीको साझा ‘साँस्कृतिक’ पर्व हुन पुगेको छ। यो चाड़ले लगभग सवै “धार्मिक सीमा”हरु नाघेकोले ‘वहु जातिय-वहुभाषिक-वहु धार्मिक-वहु साँस्कृतिक’ हाम्रो ‘वहु पहिचानयुक्त’ ईन्द्रेणी सामाजको साझा पर्व वन्न पुगेको छ । ‘पुनर्मिलन, आपसी सद्भाव, ऐक्यवद्धता र वन्धुत्वको आदान-प्रदान” यो पर्वको विशेषता वनेको छ ।त्यसैले, न अष्टमी- नवमी या विजया दशमी; हामी आज दशैं ‘सेलेव्रेट’ गर्दैछौं ! देश भित्र वा विदेश, जहाँसुकै कार्यरत रहेको भएपनि सवै श्रमजीवी वर्गमा र सम्पुर्ण नेपाली दिदि-बहिनि दाजु-भाईहरुमा मेरो हार्दिक शुभकामना !!