October 9th, 2010
राजनीतिक सहमति भएर कांग्रेसले उम्मेदवारी फिर्ता नलिएसम्म अर्को प्रक्रिया थाल्न सकिँदैन । यदि कांग्रेसले त्यस्तो ग-यो (उम्मेदवारी फिर्ता लिएन) भने देश थप संकटमा पर्छ । तसर्थ, जतिसक्दो छिटो राष्ट्रिय सहमति जुटाउने काममा अब कांग्रेस र माओवादी इमानदार भएर अगाडि आउनुप-यो । कांग्रेसले उम्मेदवारी फिर्ता लिने र माओवादीले लडाकू समायोजनका बारेमा जति छिटो निर्णय गर्छन्, त्यति छिटो यो सरकारको ठाउँमा अर्को सरकार बन्छ।
मुलुकलाई संकटबाट पार लगाउने हो भने दसैं अगाडि दलहरूले धेरै विषयमा सहमति गर्नैपर्छ । कात्तिकको पहिलो सातासम्म बजेट ल्याउनुपर्छ । त्यो बजेट नयाँ सरकारले नै ल्याउनुपर्छ भन्ने चाहना हाम्रो छ । हाम्रा वरिष्ठ नेतालाई कामचलाउ प्रधानमन्त्री बनाएर धेरै समय राख्ने पक्षमा हामी छँदै छैनौं । तर, सेना समायोजन पूरा नभएसम्म माओवादीले सरकारको नेतृत्व पाउँदैन भन्नेबारेमा सबै क्लियर हुनुपर्छ । त्यसमा माओवादी अझ बढी क्लियर हुनुपर्छ ।
अन्तर्वार्ता को पूर्ण पाठ pdf फाइल: BishnuRimalInterviewJanamanch