May 3rd, 2014
सयौं मानिसहरुले अकालमा ज्यान गुमाएका छन् । त्यो उनीहरुको कारणले नभई धन कमाउने उन्मादमा अन्धो बनेकाहरुको लापरवाहिको कारणले थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा तथ्यले भन्छ, विश्वभरी काम गर्ने ठाँउमा ८ लाख ५० हजार मानिस हरेक दिन घाइते हुन्छन् । विज्ञहरुले यो संख्या १० लाख माथि भन्छन् । हरेक वर्ष, अस्वेस्टोस जस्तो घातक रसायनको संसर्गमा परेका १ लाख ७ हजार भन्दा पनि धेरै श्रमिकहरु चुपचाप मरिरहेका छन् । हामी नेपालीहरु, अरु देशका नागरिक मर्दा रुन्छौं, समाचार छाप्छौं । तर आप्mनै नेपालीहरुले कन्तविजोग हुनेगरी ज्यान गुमाउंदा “कठै” सम्म पनि भन्न भ्याउंदैनौं ।
विश्वभरीमा सयौं हजार श्रमजीवीहरु कामगर्ने ठाँऊमा हुने दुर्घटनाका शिकार भएका छन्। लाखौं पेशागत रोगका कारण मरेका छन् । हरेक दिन हुने यस्ता घटनाका पीडितलाई स्मरण गर्दै विश्वको ट्रेड युनियन आन्दोलनले प्रत्येक वर्ष अप्रिल २८ मा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस मनाउने गर्छ ।
रोजीराटीका लागि हामी हाम्रा गाउँ–वस्ती उजाड पारी रहेका छौं, र विदेशमा काम गर्नेहरुको मात्रै दिनको सरदर ३ वटा लाश बुझी रहेका छौं । कमाई गर्न गएको सन्तान कहिले बाकसमा पोको परेर आउँछ, वा व्हिल चियरमा डल्लो परेर आउँछ– हाम्रा परिवारमा, सधैं रही रहने सन्त्रास हो यो । कोही सग्लै आए पनि अस्मिता लुटाएर, विक्षिप्त भएर पो आउने हो की वा ठगहरुको चंगुलमा परेर कंगाल भएर आउने हो, टुंगो छैन ।
आफ्नो गुजारा टार्न मात्रै हैन समाजको लागि– काम गरेकै कारण वितेकाहरुलाई संझिंदै आजको दिन हामीहरु, विश्वभरी नै शोक दिवस मनाउने गर्छौं । वर्षौंदेखि हामी, पेशागत रोग र दुर्घटनाका पीडित बारे चेतना जगाउने भन्दै आजकै, दिन भेटघाट गर्ने गरेका छौं । सञ्चार माध्यमको मायामा हामीहरु आफ्ना केही कुराहरु जन–साधारणको वीचमा पस्कदै आएका पनि छौं ।
तर हाम्रा यी सबै प्रयत्न शुरुका दिनमा मूलतः औद्योगिक दुनियाँका श्रमिकहरुको चासोमा समर्पित रहे । उद्योग मर्दै गयो, निर्माण क्षेत्रमा हाम्रा साथीहरु देखा पर्न थाले । अनि हाम्रो ध्यान त्यतातिर पनि मोडियो ।
दिनहँु जस्तो अरबका खाडिमा अत्यधिक गर्मीका कारणले मर्नेहरु र मलेशिया लगायतका गन्तव्य मुलुकमा अत्यधिक कामको बोझले जीवन गुमाउनेका पीडाहरु पनि यदाकदा हामीले चर्चा गर्न थाल्यौं । तर आफ्नै मुलुकको अत्यधिक चिसो र जोखिमयुक्त व्यवसायमा जीवन विताई रहेकाहरुप्रति भने यथोचित ध्यान दिन सकेनौं ।
“फर्किन्छ, वा कस्तो भएर फर्किन्छ?” भन्ने संभावना भएकाहरुको बारेमा थोरै चर्चा गर्ने ग¥यौं, तर “फर्किन्छु–फर्किन्न टुङ्गो छैन” भन्दै परिवारसंग विदाई भोज खाएर हिड्नु पर्ने पेशामा रहेका हाम्रा आफ्नौ उच्च–हिमाली क्षेत्रमा पसिना बगाउनेका बारेमा २८ अप्रिलमा पनि हामीले चर्चा गर्ने गरेका छैनौं । सायद हामीले ठान्यौं– मशिन पड्कींदा मारिनेप्रति रुनु पर्छ, खानी खन्दा पुरिएर वा नहर बनाउंदा बगेर मर्नेप्रति हिक्का छोड्नु पर्छ । तर हिउँको थुप्रोमा पुरिंदा के गर्नुपर्छ हामीले जान्दै जानेनौं । आगोले पोलेको, रसायनले गालेका ज्यान देख्दा संवेदनशिल हुने हामीहरु≤ हिंऊ“ले खाएको हात, गोडा बोकेर आउनेप्रति “यस्तै हो भन्दै” सहानुभुतिशिल समेत हुन सकेनौं ।
चित्रगुप्तको खाता जस्तो डेढ शताव्दीका दुर्घटनाका रेकर्डहरुलाई हेर्ने हो भने, सयौं मानिसहरुले अकालमा ज्यान गुमाएका छन् । त्यो उनीहरुको कारणले नभई धन कमाउने उन्मादमा अन्धो बनेकाहरुको लापरवाहिको कारणले थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा तथ्यले भन्छ, विश्वभरी काम गर्ने ठाँउमा ८ लाख ५० हजार मानिस हरेक दिन घाइते हुन्छन् । विज्ञहरुले यो संख्या १० लाख माथि भन्छन् । हरेक वर्ष, अस्वेस्टोस जस्तो घातक रसायनको संसर्गमा परेका १ लाख ७ हजार भन्दा पनि धेरै श्रमिकहरु चुपचाप मरिरहेका छन् ।
हामी नेपालीहरु, अरु देशका नागरिक मर्दा रुन्छौं, समाचार छाप्छौं । तर आफ्नै नेपालीहरुले कन्तविजोग हुनेगरी ज्यान गुमाउंदा “कठै” सम्म पनि भन्न भ्याउंदैनौं ।
घटनाहरु थुप्रै छन्, न भनि साध्य छ, न गनि साध्य छ । एउटा क्षेत्रको मात्रै हैन अनेक क्षेत्रमा यस्तै वेहाल छ । धन कमाउन पल्केकाहरु, पैसाको लोभमा श्रमिकको जीउ ज्यानको हिसाब किताव नगरी काम अनि काम मात्रै भन्छन् । दैनिक जस्तो भई रहेको सवारी दुर्घटनाबाट हुने धनजनको क्षतिप्रति हामी ओहो† भन्छौं≤ चालक, सह–चालकमाथि खनिन्छौं । लापर्वाही पो गरे की भनी श्रमिकहरुप्रति शंका गरि हाल्छौं । तर केही हजार रुपैयाँ जोगाउने लोभमा, पहाडी बाटोमा एउटै चालकबाट १४÷१५ घण्टासम्म यात्रुबाहक सवारी साधन चलाउन बाध्य पार्ने पापीहरुप्रति भने निरपेक्ष रहन्छौं ।
सगरमाथा आरोहणको क्रममा भएको दुर्घटनाको रेकर्ड गर्न थालिएको यो सालबाट ९२ वर्ष पुगेछ । सन् १९२२ देखि अहिलेसम्म, सगरमाथामामा ज्यान गुमाउने उच्च हिमाली क्षेत्रमा श्रम गर्ने नेपालीको संख्या १०४ पुगेछ । नेपाली टाइम्सको एउटा समाचारका अनुसार, सन् १९५० देखि २००९ सम्म हिम पहिरोमा परी ज्यान गुमाउने नेपालीको प्रतिशत ४६.४ र विदेशी २८.८ प्रतिशत रहेछ । सन् २००४ देखि अहिलेसम्म सगरमाथामा जीवन अर्पण गर्ने हाम्रा श्रमजीवीहरुको संख्या, २००३ देखि २००७ को इराक युद्धमा मर्ने अमेरिकी सेनाको भन्दा १२ गुणा बढी रहेछ ।
फेरी पनि हामी चुप छौं, हाम्रो समाज आश्चर्यजनक ढंगले मौन छ । हामीमा रहेको यही संवेदनाहीन चेतमाथि थोरै भएपनि घोचौं भन्ने उद्देश्यले हामी, अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी) मा आवद्ध नेपालका तिन ट्रेड युनियन महासंघहरु– आन्टुफ, एनटियुसी र जिफन्टको संयुक्त आयोजना तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अन्य सदस्य युनियनहरुको संलग्नतामा आजको यो कार्यक्रम आयोजना गरेका हौं ।
हामी यो वर्षको २८ अप्रिल विशेषत उच्च हिमाल क्षेत्रमा जोखिमपूर्ण पेशा अंगाल्न बाध्य श्रमजीवी मित्रहरुमा समर्पित गर्न चाहन्छौं । त्यसैले आज हामीहरुले अप्ठ्यारो पेशाका श्रमिकहरुको बारेमा छलफल गर्न चाहेका हौं
पर्वतारोहण, पदयात्रा र त्यससंग सम्बन्धित विषयको म जानकार होईन । त्यसैले यो विषयमा के हुनपर्ला वा नपर्ला, सायद म जान्दिन की?† आपा शेर्पाले एउटा अन्तरवार्तामा भन्नु भएको रहेछ– “शेर्पा क्लाइम्बर्सहरु संधैभरी जीवन र मृत्युको संघर्षमा हुन्छन् ।”
शेर्पा आरोहीहरु पर्वतारोहणमा जाने निर्णय गरेको तत् क्षण्बाटै जोखिममा हुन्छन् । उनीहरु वीमाको कागज गह्रौं मनले भर्छन्, अझ उनीहरु मध्येृ कति त जिउंदै फिर्ने हो की हैन भन्ने सोचेर भित्र–भित्रै रुन्छन् । उनीहरु यही समयबाटै आफ्नो जिन्दगी दाउमा लगाउंछन् ।
जलवायु परिवर्तनका कारणले पछिल्ला वर्षहरुमा अप्ठ्याराहरु बढेका छन् । पहिले पहिले पिरामिडको आकारमा हिंउ पहिरो आउंथ्यो, आरोहीहरुले त्यसलाई सजिलै देख्थे । अहिले हिउं ढिक्का ह्वात्तै खस्छ र त्यसले आकार प्रकार र गति पनि बदलि रहन्छ । क्रुभास् (हिमसुरुङ्) कुनै पनि बेला खुल्छ र बन्द हुन्छ, कहिले कहिले त पूरै क्लाइम्बिङ डोरी र भर्याङ्ग समेत पुरी दिन्छ ।
मैले हिजो दोर्जे खत्रीले हाम्रो महासंघको अर्काइभमा राखिदिनु भएको केही क्लाइम्बीङ्ग फुटेज हेरें । एकजना साथी क्याम्पबाट उकालो लाग्ने तरखरमा भारी मिलाउदै–उठाउँदै, गाउँदै हुनुहुन्थ्यो– “मलाई यो जिन्दगीले कहाँ पुर्यायो?…” आङ्ग जिरिङ्ग भयो । माथीतिर टल्किरहेको चिल्लो हिमाल† हेर्दा मनमोहक, छुँने हो भने साँच्चिकै खतरानक† हाम्रा श्रमिकहरु, कोही क्लाइन्ट आरोहीलाई खुवाँउदै– कोही उनीहरुको वेल्ट, डोरी दुरुस्त गर्दै देखिन्छन् । जोखिममा ‘पहिला को हाम्फाल्ने’ भन्ने तय गर्न गोलाप्रथाद्वारा भारी छान्ने खेल खेले जस्तो पनि देखिन्छन् । डोरी टाङ्दै, आफैं झुण्डिदै– अब चाँहि खतरा रहेन भन्ने ढुक्क भएपछि टोलीलाई गाईड गर्दै साथीहरु नाकै ठोक्ने ठाडो हिम–श्रृंखलातिर उकालो लागेको देखिन्छन् । हिड्दा–हिड्दा, ह्याक–ह्याक गर्दै साथीहरु थाक्छन् र त्यही हिउंको थुप्रोमा लम्पसार पर्छन् । हिमपहाडमा लमतन्न परेर पनि उनीहरु काम कै चिन्ता गर्छन्– ६,३०० मीटर, अब फेरी उकालो लाग्ने!
मैले यसो भन्ने साथीको स्वर ठम्याएं, मान्छे चिने– दोर्जे खत्री† जिफन्ट आवद्ध युनियन युनिट्राभको उपाध्यक्ष ! नौ पटक सगरमाथा चढी सकेका आरोही ! “भारी भरी कस–कसको झण्डा हुन्छ, के–के हुन्छ बोकिन्छ र सगरमाथाको थाप्लोमा पुर्याइन्छ । हामी श्रमिक, हाम्रो झण्डा कसले सगरमाथामा लान्छ?” उहाँले यो प्रश्न सहित दिएको जवाफ संझिएं–“त्यसैले मैले युनियनको झण्डा सगरमाथामा लैजाने अनुमती चाहेको हुँ ! उहाँले अनुमती पाउनु भयो– जिफन्ट, यसका विभिन्न युनियन, आइटियुसी र ग्वोवल युनियन फेडेरेशनहरुको झण्डा सगरमथाको शीरमा टेकाउनु भयो ।
यसपटक सगरमाथातिर हिड्ने अघिल्लो दिन, कान्छी छोरीसंगै उहाँ मलाई भेट्न जिफन्टमा आउनुभयो । भन्दै हुनुहुन्थ्यो– “यो अन्तिम पटक हो कमरेड† म त मनाङ्ग जिल्लाको हिमलुङ्गमा मरेर बाँचेको मान्छे, फर्केपछि तपाईसंगै श्रमिकहरुको हितको लागि काम गर्ने ईच्छा छ!” मैले त ठानेको थिएँ– मृत्युलाई समेत जितेर आएको दोर्जे– फर्किनु होला । दुःखको कुरा क्लाइम्बिङ्ग पेशाका अव्वल दर्जाका दर्जनौं साथीहरु सहित उहाँ हामी सबैलाई छोडेर जानु भयो।
विचित्रको संयोग†सन् १९२२ को स्प्रिङमा ६८०० मीटरमा आएको हिम–ढिक्काबाट पहिलो पटक मारिने श्रमिक दोर्जे शेर्पा थिए । यसपटक ५८०० मीटरमा आएको हिम–पहिरोमा पर्ने हाम्रा ३ जना शेर्पा साथीहरुको नाम पनि दोर्जे हो
तीन दोर्जे मध्ये दोर्जे खत्री हामी बीच मात्र परिचित आरोही हैन, विश्व मै चर्चित व्यक्तित्व हुनुहुन्छ । अन्तरािष्ट्रय ट्रेड युनियन महासंघ (आइटियुसी) का महासचिव स्यारन बर्रोले मलाई नीजि नोट पठाउनु भएको छ–We share your sadness. He was a beautiful human being and while he died on his beloved mountain it is tragic that you have lost him. … Our thoughts are with you…!”
आइटियुसी एशिया प्रशान्त क्षेत्रका महासचिव नोरियुकी सुजुकीले हाम्रो दोर्जेलाई He is our hero and we will remember him and his courage भन्नु भएको छ । बेलायती युनियनका महासचिव ओ’ग्रेडीले भन्नुभएको छ– “We well remember his wonderful contribution!”
हाम्रा यी हिरोको अवसानमा तपाई परिवारका सदस्य मात्रै हैन, विश्व रोएको छ । यो दुर्घटनाले चिच्याइ–चिच्याई भनेको छः पिडा शहरमा र औद्योगिक जगतमा बस्नेको मात्र हैन, हाम्रो समाजले ३ महिनाको कमाईमा १२ महिना बाच्न विवस उच्च हिमाली क्षेत्रमा कार्यरतहरुको पनि सुन्नु पर्छ ।
हामी, मिङ्मा नुरु शेर्पा, दोर्जी शेर्पा, आङ् छिरी शेर्पा, नीमा शेर्पा, फुर्वा ओङ्ग्याल शेर्पा, लाक्पा तेन्जीङ शेर्पा, छिरिङ ओङ्गचु शेर्पा, दोर्जी खत्री शेर्पा, दोर्जे शेर्पा, फुर तेम्वा शेर्पा, पासाङ कर्मा शेर्पा, आशमान तमाङ र आङकाजी शेर्पा प्रति सम्पूर्ण नेपाली ट्रेड युनियन तथा श्रमिकहरुको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
हामी थोरै महसुस गर्न सक्छौं, तपाई परिवारका सदस्यहरुकालागि उहँहरुको महत्व कति छ†हिम पहिरोमा अझै वेपत्ता तीन जना साथीहरु–आशबहादुर गुरुङ, पेम्वा तेन्जी शेर्पा र तेञ्जिङ छोतार शेर्पाको परिवारको पिडाप्रति गहिरो सहानुभुति प्रकट गर्दछौं ।
विष्णु रिमाल
अध्यक्ष– जिफन्ट
(२८ अप्रिल २०१४ को आइटियुसी–न्याकको कार्यक्रममा दिएइएको मन्तव्य)