Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

ह्याप्पी वर्थ डे जिफन्ट ! ह्याप्पी िसल्भर जुब्लि डे जिफन्ट !

July 21st, 2014

तपाईहरु मध्ये धेरै साथीहरु एमालेको संगठित सदस्य हुनुहोला । केही कमरेडहरु भरखरै सम्पन्न एमाले महाधिवेशनको प्रतिनिधि समेत हुनुहोला । एमाले नेतृत्वको लागि सम्पन्न निर्वाचन र उम्मेदवारीलाई लिएर एकजना प्रतिनिधिले मलाई फलाम र सुनको एउटा घत लाग्दो कथा सुनाए–
“एकदिन सुन र फलामको भेट भएछ । सुनले फलामलाई सोधेछ– ए फलाम, आरनमा फलामको हथौडाले पिट्दा तँ किन चिच्याउँछस् हँ? मलाई पनि त सुनारले त्यसैगरी ठटाउँछ, म त तँ जस्तो कोकोहोला मच्चाउँदिन† फलामले भनेछ– तँलाई पनि मलाई फलामको हथौडाले ठटाए जस्तै सुन कै हथौडाले पिटेको भए थाहा पाउंथिस् आफ्नैले ठटाउँदा कत्तिको दुःख्छ भनेर!”

पाँचवर्ष अघि जिफन्टको २० औं स्थापना दिवस मनाउँदा मैले तत्कालिन अध्यक्ष क. मुकुन्द न्यौपानेले १० औं स्थापना दिवसमा व्यक्त गर्नु भएको भनाईलाई कोट गरेको थिएँ– “त्यो साउने झरीको दिन र तत्कालिन तानाशाही व्यवस्थाको कठोर दमनवीच विरालोको चालमा काठमाडौं लगनको गोप्य स्थानमा प्रतिक्रियावादी सत्ताको चोर आखाँलाई छल्दै हामी जम्मा भयौं र घोषणा ग¥यौं– ‘अब नेपालमा ट्रेड युनियनहरुको समन्वयकारी संयन्त्रको सूत्रपात भएको छ । वर्षौंदेखि खट्किरहेको अभाव पूर्ति गर्न हामीले जिफन्ट बनाएकाछौं ।’ मैले स्थापनाका समयको विवरण, बदलिंदो नेपाली समाज, २० वर्षमा हाम्रो संघर्षले ल्याएको परिवर्तन र स्वयं श्रमको संसारमा आएको फेरवदलको बारेमा चर्चा सङ्क्षिप्त चर्चा गरेको थिएं।

पाँच वर्षपछि आज, त्यो वेलाको हाम्रा भनाईमा तात्विक फेरवदल भएको छैन । त्यसैले पच्चिस वर्ष अघि जिफन्ट स्थापनाको समयको धेरै विषय म दोहर्याउन गई रहेको छैन । त्यतिखेर समयले कोल्टे फेरेको प्रसंग उठाएको थिएं । जिफन्ट स्थापनको केवल २० वर्ष मै असंभव जस्तो ठानिने गणतन्त्र संभव भयो । हामीले गर्वका साथ भनेका थियौं– रुपान्तरण संभव छ!

म आज पच्चिस वर्ष पहिले जिफन्ट स्थापनामा संलग्न दुई नेताहरु क. माधव न्यौपाने र क. नुरु वाङ्छु शेर्पालाई स्मरण गर्दछु । कमरेडहरु तपाईहरु हामी वीच हुनुहुन्न तर तपाईहरुको सपना बोकी हिड्ने हामी यो हलभरी मात्रै हैन देश– र विदेश भर फैलिएका छौं । म प्रकास नेपालीप्रति आभार व्यक्त गर्दछु, जसले पञ्चायती चर्को दमनको पर्वाह नगरी आप्mनो नीजि निवास जिफन्ट स्थापनाको लागि उपलव्ध गराउनु भयो । स्थानको व्यवस्थापन गर्ने क. बिनोद श्रेष्ठ– धन्यवाद† जिफन्ट स्थापनाको दिन उपस्थित क. ललित बस्नेत, हरिप्रसाद शर्मा, ज्योतीलाल बन, राजु सिलवाल, धन्यवाद† संस्थापक सदस्यको जिम्मेवारी बहन गर्ने क. चूडामणि जंगली र लोकनाथ पाण्डे– धन्यवाद† क. मुकुन्द न्यौपाने र क. प्रदीप नेपाल, जिफन्ट निर्माणको योजनाकार† जसले जिफन्ट गठन गर्ने राजनीतिक निर्णय लिए वापत उहाँहरु संगठित तत्कालिन भूमिगत पार्टीबाट एकप्रकारको कारबाही भोग्नु भयो । कमरेडहरु मुरी मुरी धन्यवाद, आज तपाईहरु सही साबित हुनुभयो, तपाईहरुमाथि औला उठाउनेहरु गलत† म हललाई एकपटक ताली सहित उहाँहरुको सम्मान गरी दिन आग्रह गर्दछु । धन्यवाद!

कमरेडहरु,
म फेरी पाँच वर्ष पहिलेको समारोहलाई स्मरण गर्ने अनुमती चाहन्छु । त्यो वेला, परम्परागत हिसाबमा एउटा वर्गलाई सिध्याएर मात्र वर्गविहिन समाजको रामराज्य खडा हुने आसयमा ‘वर्ग संघर्ष’को चर्चा गर्ने हामीहरुले भनेका थियौं– वर्गीय शोषण र सामाजिक उत्पीडनका पीडाहरु आपसमा जेलिएर जटिल बनेको सामाजिक रुपान्तरणको विषय विभिन्न समूहको एकतामा मात्र संभव छ । यसो भनिरहँदा हामीले नेपाली क्रान्तिको मौलिक स्वरुपलाई स्मरण गरेका थियौं ।

पाँच वर्षपछि आज हामीहरु एउटा ठोस निस्कर्षमा पुग्यौं– सन् २००६ को शान्तिपूर्ण जनक्रान्तिको स्वरुप र नेतृत्व साँच्चि कै मौलिक प्रकृतिको छ । न युरोपको जस्तो, न त चीनको जस्तो† गरिखाने वर्ग र अर्काको कमाईमा बाँच्ने वर्गवीचको आपसी प्रतिष्पर्धा र सहकार्यमा सम्पन्न परिर्वतन† राजनीतिक तहमा युगान्तकारी, सामाजिक–साँस्कृतिक तहमा भने अधकल्चो । अधिकार प्राप्तीको हिसाबमा टुङ्गिए– टुङ्गिए जस्तो≤ उपलव्धि उपभोगको सन्र्दभमा भने अझै असन्तुलित– श्रमजीवी जनताको विपरित स्वार्थ बोकेको वर्गको हालीमुहाली कायमै रहेको !

त्यसैले आज म रजत वर्ष समारोह मनाई रहँदा समाजमा आएका परिवर्तनको फेहरिस्त राख्न गईरहेको छैन, पच्चिस हैन केबल पाँच वर्ष अघि हामीले देखेको सपना कसरी जड भएर ठिङ्ग उभियो र हामी परिवर्तनका पक्षपातीहरुलाई खिज्याई रह्यो त्यसको उदाहरण प्रस्तुत गर्ने अनुमती मात्र चाहन्छु ।

जिफन्टका पूर्व महासचिवद्वय क. विनोद र क. उमेश, आईएलओ गवर्निङ वडीका वर्तमान र पूर्व सदस्य क. विन्दा र दाई लक्ष्मण, मलाई अलिकति सहयोग गर्नसक्नुहुन्छ । यहाँहरुलाई म त्यो स्ट्याण्डको छेउमा आउन अनुरोध गर्दछु । म तपाईहरुलाई त्यो स्ट्याण्ड अनावरण गर्न आग्रह गर्दछु । धन्यवाद † त्यहाँ लेखिएको छ– नं ८७ अनुमोदन गरियोस् र लेखिएको छ– १०.१ः२०ः२०

सम्माननीय अध्यक्षज्यू,
पाँचवर्ष पहिले बीसौं स्थापना दिवस मनाईरह“दा सम्माननीय अध्यक्षज्यू नै हाम्रो प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यतिखेर हामीले संगठन स्वतन्त्रता र गरिखाने वर्गको सामाजिक सुरक्षाको संवैधानिक ग्यारेन्टीको लागि पहल गरिदिन ज्ञापन पत्र हस्तान्तरण गरेका थियौं । सम्माननीय अध्यक्षज्यूले दिनु भएको “व्यवस्थापिका–संसद र संविधानसभाबाट यथोचित सहयोग पाउने आस्वासनबाट” हामी उत्साहित भएका थियौं । अन्तरराष्ट्रिय श्रम संगठनको आधारभुत महासन्धी नं. ८७ अनुमोदनको हाम्रो आग्रह यसै ग्यारेन्टीसंग जोडिएको थियो ।

स्मरणको लागि हामी सम्माननीय अध्यक्षज्यूसंग आइएलओ–अक्ट्राभका तत्कालिन निर्देशक मित्र डान कुनियाको यहाँ कै कार्यकक्ष सिंहदरबारमा गरिको भेटघाटलाई यहाँ उल्लेख गर्न चाहन्छौं । त्यो भेट पनि महासन्धि नं. ८७ अनुमोदनसंगै सम्बन्धित थियो । आज हामी महासन्धि नं. ८७ नेपालले किन अनुमोदन गर्नु पर्ने भन्ने विषयमा उल्लेख गरिको पाँचवर्ष अघिको ज्ञापनपत्र सहित फेरी नं. ८७ अनुमोदनको लागि सम्माननीय अध्यक्षज्यूको तहबाट हुनसक्ने ‘हदैसम्म’को सहयोगको याचना गर्दछौं ।

यसैवर्ष संविधानसभाको पहिलो बैठकमा ट्रेड युनियन पृष्ठभूमिका हाम्रा सभासद सहित तीन मूख्यदलसंग आवद्ध नवनिर्वाचित माननीयहरुद्वारा एउटा संकल्प प्रस्तावमा छलफलको लागि अध्यक्षज्यूसंग अनुरोध गरिएको थियो । नेपाल सरकारले विगत ४ वर्षदेखि श्रमिकहरुको तलवमा लगाएको १ प्रतिशत सामाजिक सुरक्षा करबाट जम्मा भई त्यसै थुप्रिएको करोडौं हैन अरबौं रुपैयाँबाट सामाजिक वीमा कार्यक्रम लागू गर्न बजेट मार्फत गरिएको औपचारिक प्रतिवद्धता कार्यान्वयनको लागि आवस्यक पर्ने सामाजिक सुरक्षा कोष ऐन हालसम्म संसदमा नै प्रस्तुत भएन । सरकार–रोजगारदाता– र श्रमिक तीनै पक्षको सहमतीमा तयार भएको विधेययक समेत सिंहदरबारबाट वानेश्वरको सभाभवनसम्म नपुग्दा हामी चिन्तित थियौं र छौं । यही गाँठो फुकाउन हाम्रा माननीय सभासदले अध्यक्षज्यू कै जानकारीमा संकल्प प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । दुःखको कुरा हाम्रो पहल–अनुरोध र याचनाका बावजुद गएको संसदीय सत्रमा विधेयक त परै जाओस्, संकल्प प्रस्तावले समेत प्रवेश पाएन । आज सम्माननीय अध्यक्षज्यूको गरिमामय उपस्थितिलाई अवसरको रुपमा लिंदै यसै संसदीय अधिवेशनमा सामाजिक सुरक्षा कोष ऐन जारी गराउन यहाँको सहयोग नेपाली श्रमको संसारलाई मिलोस् भन्ने हामीले अपेक्षा गरेका छौं । हामी स्पष्ट छौं, श्रम अधिकारको मामिलामा सम्माननीय अध्यक्षज्यू हामीभन्दा बढी नै संवेदनशील हुनुहुन्छ ।

तसर्थ, यहाँको संवेदनशिलताको लाभ नेपाली श्रमजीवीवर्गको पक्षमा ढल्कियोस् भन्ने अपेक्षा सहित सिंगो नेपाली ट्रेड युनियन आन्दोलनको तर्फबाट यो स्मरण–पत्र हस्तान्तरण गर्न गईरहेका छौं ।

माननीय चूडामणि जंगली, विनोद श्रेष्ठ, आइटियुसी आवद्ध अन्य दुई महासंघका अध्यक्षज्यूहरु– क. शालिकराम र मित्र खिलानाथ जी, जेटियुसीसीमा आवद्ध अन्य युनियनका मित्रहरु, यहाँहरुलाई मञ्चको अग्र भागसम्म आउन म आग्रह गरौं?†धन्यवाद मित्रहरु† धन्यवाद सम्माननीय अध्यक्ष जू!

प्रगती इतिहासको मुर्दा समीक्षाबाट हुँदैन भन्ने म ठान्दछु । अग्रगतिकालागि समयको चुनौती सामना गर्ने कार्यदिशा र कार्ययोजना आवस्यक छ । म फेरी एकपटक हाम्रा अतिथिहरुलाई दुःख दिने अनुमती चाहन्छु ।

ब्रो सुजुकी, आओर रिजनल जनरल सेक्रेटरी, ब्रो क्रिस– युनी एप्रो सेक्रेटरी, डा. शरण, ब्रो देबराज, ब्रो नारायण, एण्ड क. देबोरा, मे आई आस्क यु टु कम बीट अहेड इन दिस स्टेड प्लिज? मे आई आस्क टु ओपेन द्याट स्ट्याण्ड प्लिज? थ्याङ्क यु ब्रदर्स, सिस्टर, माई डियर कमरेड– प्लिज हाएभ यो सीट!

अहिले विश्वको ट्रेड युनियन आन्दोलन अर्गनाईजिङ्ग एकेडेमी मार्फत युनियनीकरणको पक्षमा छ । यो स्ट्याण्डमा ४ विषयहरु समाविष्ट छ । पहिलो– जिफन्ट टुपी, दोस्रो जिफन्ट ट्रेड युनियन स्कूल, तेस्रो राष्ट्रिय श्रम स्रोत केन्द्र र चौथो जिफन्ट सोलिडारिटी फण्ड!

यो मेरो पुस्ताको तर्फबाट नयाँ पुस्तालाई कार्यक्रमिक उपहार हो । यो हलको जानकारीकोलागि साता÷दश दिनमा यहाँहरुले जिफन्टको कार्यालय भवन– मनमोहन मजदुर भवन विलकुल नयाँ अनुहारमा पाउनु हुनेछ । आजबाटै तपाईहरुले जिफन्टको वेवसाईट नयाँ रुपमा हेर्न पाउनु हुनेछ । जिफन्टको नीजि श्रम स्रोत केन्द्र दशैं अघि नै सञ्चालन गर्ने लक्ष सहित आम श्रमजीवी वर्गमा समर्पित गरिने छ । ट्रेड युनियन पोलिसि ईन्स्टिच्युट नयाँ रुपमा अघि आउने छ । क. उमेश हाम्रो निवर्तमान महासचिव, हाम्रा विज्ञ≤ उहाँको नेतृत्वमा जिफन्ट टुपीले नेपाली श्रमको संसारमा नीतिगत योगदान गर्नेछ ।

अबदेखि हाम्रा प्रत्येक नेता÷कार्यकर्ताको क्षमता अभिवद्धिका लागि नियमित ट्रेड युनियन स्कूलमा सञ्चालन हुनेछ । हाम्रो स्कूल हाललाई राष्ट्रिय श्रम प्रतिष्ठानको हाता भित्रबाट सञ्चालन हुनेछ । म क. देवोरा निकोलसलाई एकपटक उठ्न आग्रह गर्दछु । उहाँ हाम्रोे शिक्षकहरुको मेण्टर हुनुहुनेछ, उहाँको कन्सल्टेन्सीबाट हाम्रो आन्दोलन लाभान्वित हुनेछ । म उहाँहरुलाई तालिका साथ सम्मान गर्न आग्रह गर्दछु । हाम्रा २०० प्रतिष्ठानहरु जसले कम्तिमा २५ हजार लागानी गरी एउटा ऐक्यवद्धता कोष खडा गर्नु भएकोछ, जसमा उत्ति नै रकम जिफन्टले थपी १ करोडको कोष खडागरिएको घोषणा गर्दछु । यो हाम्रा जारी कोष र सहायताभन्दा बेग्लै हो, जसको सञ्चालन लगानीकर्ता युनियन र महासंघले संयुक्त रुपमा गर्नेछन् । हामीले यी सबै विषयलाई आडभरोसाको संयन्त्र भनेका छौं, जसको शीर्षमा संक्रमणकालिन संरचना जिफन्ट गवर्निङ्ग काउन्सील छ । हामीलाई विश्वास छ, २५ वर्षपछि अघि बढ्नका लागि जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशनले गरेको संवैधानिक र कार्यक्रमिक व्यवस्था, उचीत र पर्याप्त छ ।

कमरेडहरु,
एउटा प्रसंग चर्चा गर्ने अनुमति चाहन्छु । तपाईहरु मध्ये धेरै साथीहरु एमालेको संगठित सदस्य हुनुहोला । केही कमरेडहरु भरखरै सम्पन्न एमाले महाधिवेशनको प्रतिनिधि समेत हुनुहोला । एमाले नेतृत्वको लागि सम्पन्न निर्वाचन र उम्मेदवारीलाई लिएर एकजना प्रतिनिधिले मलाई फलाम र सुनको एउटा घत लाग्दो कथा सुनाए–

“एकदिन सुन र फलामको भेट भएछ । सुनले फलामलाई सोधेछ– ए फलाम, आरनमा फलामको हथौडाले पिट्दा तँ किन चिच्याउँछस् हँ? मलाई पनि त सुनारले त्यसैगरी ठटाउँछ, म त तँ जस्तो कोकोहोला मच्चाउँदिन† फलामले भनेछ– तँलाई पनि मलाई फलामको हथौडाले ठटाए जस्तै सुन कै हथौडाले पिटेको भए थाहा पाउंथिस् आफ्नैले ठटाउँदा कत्तिको दुःख्छ भनेर!”

हामी विश्वका श्रमिक हो एक होऊ भन्छौं । एउटालाई चोटलाग्दा अर्कालाई दुख्ने कुरा गर्छौं । यदी देशभित्रै हामी युनियनकर्मीहरु आपसमा काटकाट गर्दै एक हुन सकेनौं भने विश्वका श्रमिकहरुको एकताको नारा लगाउने नैतिक बल हामीमा रहला? यदी आफ्नै घर ठीकठाक रहेन भने देशभित्रको युनियन आन्दोलन एकतावद्ध गर्न कसरी सकिएला? जेटियुसीसी परिवारका सदस्य युनियनलाई ‘एक होऔं’ भन्ने नैतिक बल हामीमा कहाँ रहला? त्यसैले युनियन आन्दोलनको पहिलो शर्त हो– आन्तरिक एकता! हाउस सुड बी ईन प्रपर अडर ! त्यसपछि मात्रै हामी देशको युनियन आन्दोलनलाई एक ठाँऊमा ल्याउन सक्छौं । दक्षिण एशियाको सारटुकलाई गतिशिल पार्न सक्छौं । आइटियुसी एपीमा प्रभावकारी भुमिका खेल्न सक्छौं । र अन्ततः विश्वका श्रमिक हो एक होऊ भन्ने उद्घोष फूर्तिका साथ गर्न सक्छौं।

पाँच वर्षपछि ३० औं स्थापना दिवस मनाइ रर्हदा म निश्चित रुपमा आजको जस्तो भूमिकामा हुनेछैन । तर तपाई कमरेडहरु रहनु हुनेछ । त्यसैले आजको जिफन्टलाई प्रसंशा गर्ने, यसको प्रगतीलाई लोभलाग्दो आँखाले अनुसरण गर्न चाहने विश्वको युनियन आन्दोलनलाई उत्साहित गर्ने दायित्व समेत अब उपरान्त क्रमशः तपाईहरु कै काँधमा आउने छ ।

विनम्रता पूर्वक म एउटा प्रसंग उल्लेख गर्ने अनुमति चाहन्छु । पाँच वर्ष पहिले जिफन्ट स्थापना हुँदा हामीसंग कार्यालयको नाममा एउटा झोला र केही कागजी फाईल थियो । कोषको नाममा नीजि हिसाबमा जसोतसो जोहो गरिएको १२५० रुपैंया थियो । जो जो पेशेवर रुपमा काम गर्दै थियौ, बस्ने खाने कुनै ठेगान थिएन । श्रमजीवी वर्गको हितका खातिर उनीहरुमा हदैसम्मको पागलपन सवार थियो । भर–अभर परेमा हामी मातहतका कार्यकर्तालाई एकदिन श्रमगरी त्यसको ज्याला संगठनमा बुझाउन आग्रह गथ्र्यौं । त्यही मिहेनतको प्रतिफल हो– आज जिफन्टसंग आधुनिक कार्यालय सहितको संरचना र कम्तिमा १२ करोड सम्पत्ती होला ।

यहींनेर म हाम्रो देशको चर्चित व्यवसायी, कुनै समय मसंगै संविधानसभाका सदस्य रहेका बिनोद चौधरीको आत्मकथाको एउटा घत लाग्दो प्रसंग उल्लेख गर्ने अनुमति चाहन्छु ।

मुम्बईको गेट वे अफ ईण्डिया नजीक टाटा समूहले सञ्चालन गरेको एउटा प्रसिद्ध होटेल ताज छ– महँगो, संधै नेता÷अभिनेता र संभ्रान्तहरुको जमघट रहने । उनी एसएलसी गरेर त्यहाँ घुम्न जाँदा त्यो होटलमा पस्ने उनको औकात थिएन । आफूलाई गाइड गर्ने बावुका सहयोगीलाई– ‘चलो ना एकवार अन्दर चलके देखतें है’ भन्दै जिद्दी गर्दा उनले जवाफ पाए–“वो देख रहा हैन दरबान, वो तेरेको गलेमें हात रखके येसे बाहर भेज देंगे†” उनी तर्सिए ।

तिनै विनोद चौधरी एकदिन त्यही ताज होटेलको मालिक बने । मुम्बई जाँदा उनी एकरातको ३०–४० हजार भारु तिरेर गेट वे अफ ईण्डिया तिर पर्किएको सुइटमा बस्छन् । अतितलाई संझदै उनी सोच्छन्– आखिर के नै फेरिएको छ र? मेरो यात्रा दरबान उभिने गेटको छेऊबाट यो सुईटसम्म पुगेको न हो† त्यही सुईटमा बसेर उनी आफ्ना छोराहरुलाई संझदै लेख्छन्– “माई जर्नी अफ लाईफ हाएज ट्राभल फ्रम द्याट प्वाईण्ट टु दिस प्वाईण्ट । आएण्ड यु गाईज आर स्टार्टिङ्ग फ्रम हियर, नाउ आई एम गोईङ्ग टु सी, होएर यु गो?” ( मैले आफ्नो जीवनको यात्रा त्यो विन्दुबाट सुरु गरेर यो विन्दुसम्म ल्याई पुर्याएँ । तिमिहरु यहींबाट आफ्नो जिन्दगी सुरु गर्दैछौ । अब म हेर्छु, तिमीहरु यो यात्रालाई कहाँसम्म पुर्याउँछौ?!”)

कमरेडहरु† क. मुकुन्द लगायत जिफन्टका पहिलो पुस्ताका हामीहरु, पछिल्लो पुस्ताका तपाईहरुलाई के विनोद चौधरीले आफ्ना सन्तानहरुलाई सोधे जस्तै प्रश्न गर्न सक्छौं? मेरो यो विनम्र प्रश्न सहित हाम्रा बारेमा तयार पारिएको वृत्तचित्र “जिफन्टका पच्चिस वर्ष” अवलोकन गर्न आग्रह गर्दछु ।

विष्णु रिमाल
अध्यक्ष, राष्ट्रिय कमिटी
स्थापनाको रजत वर्ष समारोह
जुलाई २०, २०१४ (साउन ४, २०७१)
प्रज्ञा प्रतिष्ठानको हल

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.