Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

हो, यो चुनावमा एमाले पछि पर्यो

December 6th, 2009

कसैमा रहर, कही“ लहड र केही लहरले नेकपा (एमाले) र नेकपा (माओवादी)को निर्वाचन अघि आकलन गरिएको स्थान उल्टोपाल्टो हुनपुगेको छ । यो नतीजालाई कतिपय “विद्वान”हरुले माओवादी अध्यक्ष प्रचण्डको स्थितिलाई आकलन गर्न सक्ने अद्भुत क्षमता भन्दै वौद्धिक विश्लेषण छापा मार्फत पस्केका छन् । कतिले यसलाई एमालेको नीतिगत पराजय भनेका छन् भने कतिपयले एमालेको सांगठानिक सञ्जालमा आएको पहिरोको रुपमा समेत चित्रित गरेका छन् । यस्ता “वौद्धिक विश्लेषण” प्रति अरु त छोडी दिऊं स्वयं माओवादी नेतृत्व पनि उदेक मानिरहेको होला भन्ने मेरो अनुमान छ । 
तथापी आन्तरिक समस्या नहुंदो हो भने एमाले निर्वाचन परिणामा पछि पर्ने थिएन । तसर्थ, यसका बहुआयामिक कारणहरु मध्ये पहिलो कारण आन्तरिक नै हो । 
२०४८ सालको पहिलो संसदीय निर्वाचनदेखि २०५६ को संसदीय निर्वाचनसम्मका राष्ट्रिय र स्थानीय निर्वाचनको अनुभवको तुलनामा यो पटक एमालेको चुनावी अभियान संगठित रुपमा सञ्चालन हुन सकेन । राष्ट्रिय तहदेखि स्थानीय स्तरसम्मका चुनावी कार्यालयले केन्द्रको संयोजनकारी भूमिका निर्वाह गरेनन्, हरेक उम्मेदवार आ–आफै केन्द्र जस्ता हुन पुगे । परिणाम, चुनावी प्रचारको अन्तिम हप्तामा प्राप्त ‘एमाले ओरालो लाग्दैछ’ भन्ने सूचना समेत प्रभावकारी ढंगले विश्लेषण गर्न र तद्नुरुप पार्टी पंक्तिलाई दुरुस्त राख्न संभव भएन । एमाले जस्तो “कार्यकर्ता आधारित जनपार्टी” को लागि कमिटी भनेको जनता र पार्टी बीचको सेतु हो । यसको अप्रभावकारिताको अर्थ हो, पार्टीको जनतासंगको प्रत्यक्ष सम्पर्क टुट्नु † कार्यकर्ता पंक्ति संपूर्ण रुपमा परिचालित नहुनु † परिवर्तित निर्वाचन क्षेत्र अनुरुपको कमिटी दुरुस्त नहुनु र नयां मतदाताको पहिचान तथा हिसाब किताव सटिक नहुनु पनि आन्तरिक कमजोरीका प्रमुख पक्ष हुन् । 
एमालेले यो पटक प्रचार अभियानलाई शालिन र सकारात्मक कोणबाट अघि बढाउने नीति लियो, जुन समय सापेक्ष ठहरिएन । एमालेको “विरोध र प्रतिद्वन्द्वीताको सट्टा मैत्रीपूर्ण प्रतिस्पर्धा”को पक्षपोण गर्ने प्रचार सामग्रि र शैलीको विपक्षमा विशेष गरी माओवादीले नकारात्मक र लाञ्छना युक्त प्रचार अभियान ग¥यो । लोकप्रीय शक्तिको रुपमा उदयीमान एमालेका विरुद्ध माओवादी र का“ग्रेसका अतिरिक्त सातदलीय गठवन्धनका सबै दलका साथै नया“÷पुराना सबै दल खनिए । एमालेलाई थोरै ताछ्दा आप्mनो विजय निश्चित हुने ठानेरै होला वौद्धिक व्यक्तित्वको रुपमा चिनिएका का“ग्रेसका केही हस्तीहरुले समेत “का“ग्रेसलाई भोट नदिने भए माओवादीलाई भोट दिन” सार्वजनिक सभामा अभियान नै छेडे । 
यो निर्वाचनमा वामतालमेलको विषयलाई “सैद्धान्तिक” मुद्दाको रुपमा प्रचारित गरियो । “सामाजिक रुपान्तरणको विषयमा का“ग्रेसको निष्ठाप्रति र लोकतन्त्रको मामिलामा माओवादीमाथि भर पर्न नसकिने” आम मान्यताको आधारमा एमालेले भने यो विषयलाई ‘यो वा त्यो कित्तामा जाने’ भन्दा दुबै “अति” लाई सही ठा“उमा ल्याउने विषयको रुपमा लियो । कसैलाई नचिडाउने र प्रमुख नेताको विरुद्ध एमाले प्रमुखले चुनावी सभामा समेत संलग्नता नजाउने नीति प्रतिस्पर्धीका विरुद्ध अफेन्सीभ त रहेन रहेन यसले थप द्विविधा सिर्जना गरिदियो । चुनावी नारा– “सही विचार, स्पष्ट दृष्टिकोण, सन्तुलित व्यवहारको लागि फेरी सूर्य… ” रहेता पनि आम रुपमा एमाले फेरी पनि “ढुलमुले” र “दोधारे” पार्टीको रुपमा डामियो । संविधानसभा– माओवादी एजेण्डा, माओवादी– कांग्रेस र एमालेको विकल्प जस्ता प्रचारवाजीको नीतिगत प्रतिवाद प्रभावकारी ढंगले हुनै सकेन । त्यसमाथि “वामपन्थीहरुको साझा फूलवारी” को पवित्र चाहनाले होस् वा माओवादीलाई “जंगल जानबाट रोक्ने” राजनीतिक दाउपेचको कारणले होस् वामवुद्धिजीवी र नागरिक समाजका केही “अगुवा”हरुको प्रचण्ड जिताउ केन्द्रीय अभियान पनि माओवादीको जय र एमालेको पराजयको एउटा कारण बन्न पुग्यो । 
यो पटकको निर्वाचनमा आम सञ्चार जगत समेत आश्चर्यजनक ढंगले माओवादीको पक्षमा उदार र एमालेको सन्दर्भमा कञ्जुस देखियो । एउटा अंग्रेजी दैनिकमा छापिएको मेडिया मोनिटरिङ प्रोग्रामको विवरणका अनुसार १ महीनामा विद्युतिय सञ्चार माध्यममा माओवादी पार्टीले ५८ घण्टा, यसको अध्यक्ष प्रचण्डले २२ घण्टा स्थान पाए । समाचार र आलेखमात्र होईन, कथित तटस्थताको नाममा रकम तिरेर गरिने विज्ञापनमा पनि का“ग्रेस र माओवादीका अर्डर नआएसम्म आलोटालो गर्ने सम्मका व्यवहार एमालेसंग गरियो । चुनावकै हारहारीमा माओवादी बनेका एक पत्रकारले आप्mनो स्तम्भमा एमालेको चुनावी विज्ञापनलाई “बासी माल विकाउन गरिएको विज्ञापन” रुपमा उछित्तो काटे । भलै त्यो टिप्पणीको भोलीपल्टबाट माओवादीका प्रचारकहरु अखवार र अन्य सञ्चार गृहमा एमालेकै शैलीमा, एमालेकै समय र स्थानमा “सबैलाई हे¥यौं पटकपटक, माओवादीलाई हेरौं यसपटक” सन्देश भएको विज्ञापन प्रसारणको लागि अनुनय गर्न पुगे । 
जेसुकै कारणले होस्, स्वयं निर्वाचन आयोग समेत माओवादीको मामिलामा सन्तुलित हुन सकेन । माओवादीद्वारा गरिएको आचारसंहिताको उल्लंघनमा मात्र होइन माओवादीको तर्फबाट गडवडी भएको स्थानमा निर्वाचन वदर गर्न समेत आयोग उदाशिन रह्यो । 
यी केही आन्तरिक कारणलाई छोडेर एमाले लगायत बा“की दलहरु माओवादीको “त्रासको छायामुनि सञ्जाल विस्तार गर्ने” नीतिको शिकार भए । निर्वाचन परिणामलाई माओवादीद्वारा प्रयोग गरिएको क्यालकुलेटिभ भाइलेन्स (हिसाव किताव मिलाएर गरिएको हिंसा) ले नराम्रो गरि प्रभावित गरिदियो । मान्नेलाई फकाउने, आनाकानी गर्नेलाई थर्काउने र नमान्नेलाई ठटाउने विधि यसमा प्रयोग गरियो । केही माओवादी कार्यकर्ताले काठमाडौंको २ नं क्षेत्रमा लगाएको नारा– “भोट फर झक्कु, नदिनेलाई चक्कु” र सिन्धुपाल्चोकमा लगाएको–“शीर जति झोलामा, गिंड जति खोलामा” यसप्रसंगका केही झा“की हुन् । 
चैत २५ गतेको मितिमा “नेकपा (माओवादी) को निर्वाचन तयारी” को सर्कुलर भन्दै प्रहरी प्रशासनलाई चनाखो रहन जारी गरिएको एउटा सर्कुलर एमालेको प्रचार कार्यालयमा प्राप्त भयो । त्यो स“ाच्चिकै माओवादीद्वारा जारी गरिएको परिपत्र थियो वा आतंक फिजाउन अरु कसैबाट प्रायोजित पेपर बम, समयले बताउला । सत्य जे भएपनि चैत २७ गते अगावै विभिन्न दलका कार्यालय, निर्वाचन आयोग तथा स्वदेशी÷विदेशी पर्यवेक्षकको वीचमा समेत पुगेको त्यो सर्कुलर कार्यकर्ता पंक्तिमा आतंक फिजाउन काफी थियो ।
“पूर्वमा हल्ला पश्चिममा आक्रमण गरे झैं सहायक शक्तिले विरोधीसंग साइडमा गै हात हालाहाल, भनाभन गर्ने र मूख्य शक्तिले बुथ कव्जा गर्ने, पूरै शक्तिलाई अफेन्स डिफिेन्स मिलाई पूरै योजनाबद्ध सबै कव्जा गर्ने, विहानको समयमा व्यापक आप्mनो शक्तिलाई लाईन लगाई भोट हाल्न लगाउने र मनोवैज्ञानिक युद्ध गर्ने, विथोल्ने, विरोधीको मूख्य लडाकू फोर्स आउने बाटोमा बसेर विहानै मर्मत गर्ने, आपूm सामुहिक हिडेर सशक्त रुपले १ हप्ता अगाडी नै विरोधीको भौतिक कारवाही गरिसक्ने अनि अरुलाई मनोवैज्ञानिक चेतावनी दिने, विरोधिका एजेन्टलाई आक्रमण गर्ने, उसको भोटरको नाममा भोट हाल्ने ।” 
बुथ कव्जा गर्ने समूह बनाउन शक्तिको बा“डफा“ड गर्ने निर्देशन यस्तो थियो– 
“भित्रको कर्मचारीलाई आक्रमण गर्ने समूह ७ जना, कर्मचारीलाई अबरुद्ध गर्ने ३ जना, एजेन्टलाई अबरुद्ध गर्ने ७ जना, मतपत्र दिने २ जना, छाप हान्ने २ जना, अधिकृतको सिग्नेचर गर्ने २ जना, ढ्वाङमा खसाल्ने २ जना, समूह कमाण्डर १ जना गरी जम्मा २६ जना । बाहिरी प्रहरीलाई व्लक गर्ने समूह १० जना, लठी, ढुंगा, रड प्रहार गर्ने १० जना, खुकुरी, छुरा, चक्कु, खुंडा बोक्ने ५ जना, आगो र पानी बोक्ने समूह ४ जना, छोटो (सायद पेश्तोल?) बोक्ने समूह ३४ जना, खाली हात प्रतिरोध गर्ने समूह १० जना ।”
“चुनावमा जोसंग जे शक्ति थियो, उसले त्यसको भरपुर प्रयोग ग¥यो ।” माओवादीको प्रचण्ड मतको पक्षमा र अरु “लद्दु” दलको “हुत्तिहारापन”प्रति कटाक्ष गर्दे गाली शिरोमणि खगेन्द्र संग्रौलाले एक दैनिकमा लेखेका छन्– “माओवादीसंग … चातुर्यको शक्ति थियो, मुक्काको शक्ति थियो, र धुत्र्यांइको शक्ति थियो । उसले चुनावी अभियानमा रत्तिभर कञ्जुसी नगरिकन आप्mना यी यावत शक्तिहरुको प्रयोग ग¥यो ।” 
यसबाट पनि अन्दाज सकिन्छ, यो चुनावमा नेपाली जनता शान्तिको आसमा भयको सामु आत्मसमर्पण गर्न बाध्य पारिए । तसर्थ यो निर्वाचनको परिणाम केही छापामा गरिएको टिप्पणी जस्तो “उर्लदो जनलहरबाट हासिल गरेको विजयको मुकुट” नभएर, कतै थर्काउंदै, कसैलाई फकाउंदै, कतिजनालाई छकाउंदै  नेकपा (माओवादी) ले कव्जा गरेको पदक हो । 
दर्शकको आ“खाले देखेको नाङ्गो झेल समेत रेफ्रिले नजरअन्दाज गरिंदिदा खेलमा त्यसले बैधता पाउ“छ र झेली टिम विजयी घोषित हुन्छ । यो निर्वाचनमा पनि एमाले विरुद्ध खेल्ने टिमहरुको फाउलले पाएको बैधताले भावी निर्वाचनमा पनि निरन्तरता पायो भने “प्रजातन्त्र” को ठाउमा हामीले ल्याएको “लोकतन्त्र”को संस्कृति कस्तो होला? निर्वाचनपछि हामी एमालेहरुमा रहेको चिन्ता यत्ति मात्र हो ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.